२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

युवतीको मृत्युपछि प्रदेश अस्पताल तनावग्रस्त, ३ दिन बित्दा पनि शव उठेन

कर्णाली प्रदेश अस्पताल तिन दिनदेखि तनावग्रस्त बनेको छ। पाठेघर सफा गराउन पुगेकी एकजना यूवतीको ज्यान गएपछि शुक्रवारदेखि सुर्खेतस्थित प्रदेश अस्पताल तनावग्रस्त बनेको हो।

दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको पाठेघर सफा गर्ने क्रममा मृत्यु भएपछि आफन्तहरू आन्दोलित भएका छन्। पेट दुःख्न थालेपछि उपचारका लागि उनी सुर्खेत आएकी थिईन्। ४ महिनाअघि प्रसूति गराउँदा पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकहरूले जानकारी दिएपछि सफा गर्नका लागि अस्पताल पुगेकी थिईन्।

अप्रेसन गरेर सफा गर्दैगर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको भीमाका जेठाजु हर्क बहादुर बलामीले बताए। ‘उपचार गराउन जादाँ बुहारी सकुसल थिइन्।’ जेठाजु बलामीले भने, ‘केही बेरमै शंकास्पद रुपमा मृत्यु घोषणा गरियो।’

हिँडेर आफैँ अस्पताल उपचारका लागि भर्ना भएकी भीमाको उपचारमा हेल्चक्राई गरेर मारेको आरोप आफन्तहरूले लगाएका छन्। उनीहरूले उपचारमा संग्लनहरूमाथि कारबाहीको माग गर्दै अस्पतालदेखि वीरेन्द्रनगरका मुख्यमुख्य चौकमा पुगेर आन्दोलन गरिरहेका छन्। आफ्ना मागहरू सम्वोधन नभएसम्म शव नबुझ्ने भन्दै आफन्तहरू प्रर्दशनमा छन्।

अस्पतालले पीडित परिवारसँग वार्ता गरिरहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए। अस्पतालसँग आफन्तले जाँचबुझ समिति गठन र मृतकको बच्चाको भविष्यको रेखदेख मुख्य माग राखेका छन्। तर, अस्पतालसँग वार्ता भएपनि माग पुरा गर्न अस्पताल पछि हटेको छ। उपचारका क्रममा फोक्सोमा समस्याका कारण मृत्यु भएको प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले बताए।

प्रकाशित: २ वैशाख २०८१ १०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App