२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

एमबीबीएसमा अधिकतम ३५ र बीडीएसमा १८ लाख शुल्क तोक्न सिफारिस

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले एमबीबीएस तहको अधिकतम मूल्य ३५ लाख तोक्न सिफारिस गरेको छ।

प्रतिवेदनमा ३५ लाख बाहेक अन्य शुल्क जस्तै परीक्षा, काउन्सिल, भर्ना, पुस्तकालय, प्रयोगशाला आदिमा लिन नपाइने उल्लेख छ।

यस्तै बीडीएस कार्यक्रमको स्नातक तहको अधिकतम १८ लाखभन्दा बढी लिन नपाइने समेत प्रतिवेदनमा उल्लेख छ। यसमा समेत अन्य थप शुल्क लिइन नपाइने गरी सिफारिस भएको छ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ। 

प्रकाशित: २८ चैत्र २०८० १७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App