‘इसिटिएस’मा व्यापारीकै ‘हचपच’

नेपाली ‘कन्टेनर’मा ‘इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम’ (इसिटिएस) लागू हुनुलाई तेस्रो मुलुकसँगको नेपालको व्यापार नयाँ युगमा प्रवेश गरेको अथ्र्याइएका बेला सरोकारवाला व्यापारीमध्ये कतिपयले यसलाई पचाउन गाह्रो मानेका छन्। ‘इसिटिएस’मार्फत प्रत्यक्ष ‘ट्रान्ससिपमेन्ट’ सम्बन्धी वीरगन्जमा मंगलबार आयोजित अन्तरक्रियामा व्यापारीले यस्तो ‘हचपच’ देखाए।