६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

चापागाउँ ढोलाहिटी क्षेत्रको सडक अस्तव्यस्त

ललितपुर उपमहानगरपालिका–२६, चापागाउँ दोबाटो, ढोलाहिटी र ठेचो हुँदै जोडिएको दक्षिण ललितपुर कान्ति लोकपथको सडक अस्तव्यस्त बनेको छ।  

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवाससम्मको बाटो व्यवस्थित रहे पनि त्यसभन्दा माथि दक्षिण ललितपुरतर्फको सडकको अवस्था अस्तव्यस्त बनेको हो।केही वर्षअघिदेखि विस्तार गर्न सुरु भएको सातदोबाटो–हेटौडा सडक सम्पन्न नहुँदा पानी परेको बेला पोखरी जम्ने र घाम लागेको बेला धुलो उड्ने समस्या छ।  

समयमा काम नभएको भन्दै स्थानीयले पटक पटक बाटो बन्द गरेर विरोध जनाएका छन्।  स्थानीयका अनुसार विरोधपछि केही समय काममा सुधार आउने र त्यसपछि फेरि काम नहुने हुँदै आएको छ। दाहाल निवाससम्मको बाटो फराकिलो र कालोपत्रे भए पनि त्यसभन्दा सय मिटर माथिदेखि जताजतै अलपत्र परेकोे स्थानीयबासी राजिव श्रेष्ठ बताउँछन्। सडकको अवस्था राम्रो नहुँदा यो क्षेत्रमा दिनहुँजसो दुर्घटना हुने गरेको उनले जानकारी दिए। ‘केही साता अघि ढोलाहिटीमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको थियो’– श्रेष्ठले भने।  

स्थानीयवासीले सडकका बारेमा सरकारी निकायमा गुनासो र उजुरी गर्दै आएका छन् तर कतैबाट सुनुवाई भएको छैन। ‘हाम्रा गुनासा न वडाले सुन्छ नत सडक विभागले नै’, श्रेष्ठले भने– ‘वडा कार्यालयमा गएर समस्या भन्दा हाम्रो काम होइन सडक विभागको हो भन्छन्, विभागलाई भन्दा वडाबाट प्रस्ताव आएको छैन भन्छन्।’

सडक विस्तार सुरु भएपछि स्थानीय तहमा नेतृत्व परिवर्तन भए पनि सडको अवस्था सुधार नभएकोमा स्थानीयको गुनासो छ। जहाँ एम्बुलेन्स, स्कुल बस लगायत सर्वसाधारण हिँड्ने बाटो (दक्षिणी ललितपुरसँग जोडिएको मुख्य सडक)को अवस्था अझ नाजुक रहेको भनाइ स्थानीयको छ। उनीहरू भन्छन्– हरेक वर्ष बनाइन्छ तर न कहिले बाटो राम्रो भो न त सर्वसाधारणले सुविधा पाए।  

पाँच वर्ष पहिले विस्तार सुरु भएको ढोलाहिटी–लेले सडकको प्याङगाउँ–चापागाउँ चौकीसम्मको खण्डमा मात्रै अहिले ढलान गर्न लागिएको हो। विगतमा कालोपत्रे गरिएको केही समयमै उक्किएको अरूतिरको सडकमा भने पुनः कालोे पत्रे गरिन लागेको

प्रकाशित: २६ श्रावण २०७९ ०५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App