६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनको मूल्य दुई सय रुपैयाँले बढ्यो

 स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो। आइतबारको तुलनामा तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै,आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भैरहेको छ। हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ७५० रुपैयाँ रहेको थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो।  यससँगै आज चाँदीको मूल्य प्रतितोला १६६० रुपैयाँमा कारोबार भैइरहेको छ। हिजो १६ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

प्रकाशित: २४ वैशाख २०८१ ११:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App