६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। शनिबार काठमाडौंमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले कम्पनीले अभिकर्ताहरूको कामको उच्च सम्मान गर्दै काम गर्न ऊर्जा प्रदान गरिरहेको बताए।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले आफ्नो पेशामा निष्ठापूर्वक काम गर्दा कहीं कतै बाधा आए कम्पनीले सधैं सहजीकरण गर्ने बताए।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक एवं नेसनल सेल्स हेड सोनबहादुर मगरले जीवन जिउनका लागि मात्र नभएर जीवन जित्नका लागि पनि भएको बताए।

उनले आफ्नो पेशामा सफलता प्राप्त गर्न निरन्तर र परिणाममुखी कार्य गर्न प्रोत्साहन गर्ने बताए। कम्पनीका ब्रान्ड एम्बासडर तथा कलाकार मनोज गजुरेलले सहभागीहरूमाझ रोचक ढंगले उत्प्रेरणामूलक प्रस्तुति राखेका थिए।

काठमाडौं उपत्यकामा रहेका सात सयभन्दा बढी अभिकर्ताहरूको सहभागिता रहेको थियो।

प्रकाशित: २४ वैशाख २०८१ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App