६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

एभरेष्ट बैंकले मायादेवी गाउँपालिका १ पकडी कपिलवस्तु तौलिहवामा शाखा कार्यालय मातहत रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ।

काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं.१ का प्रदेशसभा सदस्य माननीय मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लवप्रसाद कुइँकेलले संयुक्त रूपमा गरेका छन्।

यसै क्रममा बैंकका प्रादेशिक प्रबन्धक कुइँकेलले पकडी र सो आसपासका बासिन्दालाई सरल र गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिने बताए।

सर्वसाधारणले सो एक्स्टेन्सन काउन्टरबाट सुरुवाती तीन महिनाको लागि साधारण बचत खाता सय रूपैयाँ, चल्ती खाता २५ सय रूपैयाँ, तलबी बचत खाता शून्य मौज्दात जस्ता सेवाहरू ल्याएको छ।

प्रकाशित: १९ वैशाख २०८१ ११:०८ बुधबार

एभरेष्ट बैंक मायादेवी गाउँपालिका १ पकडी माननीय मधुसुदन सरन चौधरी प्रबन्धक लवप्रसाद कुइँकेल