३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ओमोडा बन्यो युरोपमा नै उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी

अग्रणी विद्युतीय सवारी निर्माता ओमोडा युरोपमा नै गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको छ।

अटोमोटिभ उद्योगमा वातावरणमैत्री रूपान्तरणको लहरको बिचमा, ओमोडाले आफ्नो विश्वव्यापी विस्तारलाई फराकिलो बनाउँदै आफ्नो अत्याधुनिक सक्षमता प्रदर्शन गरेको छ भने विश्वव्यापी धेरै नेताहरूलाई विद्युतीय भविष्यतर्फ अघि बढ्न आकर्षित र विश्वस्त गरेको छ।

गत १९ अप्रिल २०२४ मा, स्पेनमा आयोजित उद्घाटन समारोहमा, स्पेनका राष्ट्रपति श्री ‘पेड्रो सान्चेज पेरेज–कास्टेजन’को प्रत्यक्ष उपस्थिति सहित अन्य युरोपेली प्रभावशाली नेताहरूको उपस्थितिमा ओमोडाको पहिलो युरोपेली फ्याक्ट्री प्लान (योजना) सार्वजनिक गरिएको थियो।

यसअघि फेब्रुअरी २०२४ मा स्पेनको म्याड्रिडमा आयोजित समारोहमा ओमोडाको पहिलो ‘अल–इलेक्ट्रिक क्रस ओभर एसयुभि ओमोडा इफाइभ को स्पेनिस बजारमा सार्वजनिक गरिएसँगै ओमोडा युरोपको बजारमा प्रवेश गर्ने ‘चेरी ग्रुप’को पहिलो ब्रान्ड बनेको थियो।

नेपालमा गत फेब्रुअरीमा सार्वजनिक गरिएदेखि ओमोडा ई फाइभले अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजी, दक्ष र इन्टिलिजेन्ट पर्फमेन्स र फ्युचरिस्टिक डिजाइन स्टाइलका लागि विश्व र नेपाली बजारबाट उच्च प्रशंसा पाइरहेको छ।

एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडको बारेमास् एसपिजि अटोमोबाइल्स प्राली नेपालमा ओमोडा एन्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक हो ।

प्रकाशित: १६ वैशाख २०८१ १७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App