२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

२७ सयले ओरालियाे सुनकाे मूल्य

सुनको मूल्य आज फेरि घटेको छ। अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज मंगलबार थप २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँमा झरेको हो।

यस्तै आज तेजाबी सुनको मूल्य पनि आज तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैबीच,चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले घट्दै १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: ११ वैशाख २०८१ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App