२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अर्थतन्त्र बिस्तारै सुधार हुँदैछ: गभर्नर अधिकारी

फाइल।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन्।

बिहीबार नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाले आयोजना गरेको तेस्रो एकाउण्टेण्ट सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।

उनले नेपालको अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक हुँदै गएकाले आगामी दिनमा थप सुधार हुने दाबी गरे। ‘नेपालको अर्थतन्त्रको बाह्य सूचकमा सुधार आएको छ। वित्तीय क्षेत्र सबल र महँगी क्रमशः घट्दै गएको छ। यसले अर्थतन्त्र लयमा आउने संकेत गरेको छ।’ उनले भने।

गभर्नर अधिकारीले सरकारले लिएको नीतिगत निर्णयको कारण बाह्य सूचकमा सुधार हुँदै गएको दाबी गरे।

कोरोना महामारीको संकट र रुस युक्रेन युद्धकाबीच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने अवस्था रहेको उनको भनाइ थियो। उनलेअन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको पनि सुनाए।

‘उच्च बिन्दुमा रहेको महँगी क्रमशः घट्ने क्रममा रहेको छ। सन् २०२३ मा ६.८ प्रतिशत रहेको मूल्य वृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान छ।’ उनले भने।

प्रकाशित: ६ वैशाख २०८१ १८:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App