६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

आर्थिक समृद्धिका लागि साउदीसँग साझेदारी

मुलुकको आर्थिक समृद्धिका लागि साउदी अरेबियासँग साझेदारी गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्। साउदी अरेबिया भिजन २०३० अन्तर्गत साझेदारी र सहकार्य गरेर नेपाललाई आर्थिक समृद्धितर्फ अघि बढाउने अभियान सुुरु भएको छ।

साउदी अरेबिया भिजन २०३० मार्फत नेपालमा साउदी अरबको तेलमा रहेको निर्भरता घटाउने, नेपालको अर्थतन्त्रमा विविधता ल्याउने र शिक्षा, स्वास्थ्य जस्ता सार्वजनिक सेवा क्षेत्रको विकास गर्न सघाउने रणनीतिक रूपरेखा बारेमा छलफल भएको थियो।

यो भिजनअन्तर्गत नेपाल र साउदी अरेबियाबीच उच्चस्तरीय भ्रमण आयोजना गरी दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने लक्ष्य राखिएको छ।

भिजन २०३० ले सन् २०३० सम्ममा नेपालको पर्यटन वृद्धि गरी विश्व मानचित्रमा चिनाउने, सेवा क्षेत्र, वातावरण संरक्षण, गुणस्तरीय रोजगारीको अवसर, विकास क्षेत्रमा सहयोग र आर्थिक रूपमा अब्बल बनाउने ध्येय पनि लिइएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेलले नेपाली कामदारहरूले साउदी अरेबियामा राम्रो सेवा सुविधा पाएका छन्। अझै त्यो भन्दा गुणस्तरीय काम र ठूला ठूला पोस्ट तथा माथिल्लो स्तरहरूमा पनि सहजै जान पाउनुपर्ने पोखरेलले बताएका छन्।

साथै नेपाल र साउदीको श्रम सम्झौता राम्रो होस् भन्ने सोच भएको उनले जानकारी दिए। नेपाली आप्रवासी कामदार साउदी अरेबियामा आएपछि जनताबीचको सम्बन्ध विस्तारै बढ्दै गएको पोखरेलको अनुभव छ। पोखरेलले भने, ‘विश्वमा सबै भन्दा बढी कामदारको माग भएको देश साउदीमा नेपालबाट सबै भन्दा धेरै गएका छन्।’

वैदेशिक रोजगार विभागका अनुसार साउदी अरेबियामा जारी विकास कार्यहरू र साउदी सरकारद्वारा गरिएको नयाँ दृष्टिकोणका कारण रोजगारको सम्भावना बढ्दै गएको जानकारी छ।

संघका पूर्व अध्यक्ष प्रेम कटुवालले नेपाली युवावर्ग साउदी गए तापनि अझै श्रमिकहरू खुसी नभएको बताए। साउदी अरबमा भण्डै पाँच लाख नेपालीहरूले काम गरिरहेको उनले बताए। त्यसमध्ये हजारौंले श्रम गरे बापत भने अनुसारको सेवा सुविधा प्राप्त गर्न नसकेको कटुवाल बताउँछन्। 

प्रकाशित: २८ मंसिर २०७९ ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App