आमा ! कहाँ छ्यौ भन क्यै मसँग
तिमीबिना छन् सब तुच्छ रङ्ग।
चाहे चढाऊँ जति जे छ सारा,
हुँदैन कैल्यै सरि दुग्धभारा।।
जन्मै थिएँ शिष्य तिम्रो सदा म
शिक्षा दियौ त्यै छु खुसी यसैमा
आमा तिमी नै सबमा ठुली छ्यौ,
सधैँ सधैँसाथ दिने तिमी थ्यौ।
पारेर न्यानो र फेरेर नाना
हुर्काउने काम गरेर धामा
दियौ मलाई जति जे छ साथ
छोडी गयौ आज भएँ अनाथ।।
केले तिरूँ खै गुन त्यो हजार
सम्झन्छु मैले रूप बार बार
हाँस्दै सिकायौ दुख त्यो लुकाई ,
आमा तिमी थ्यौ दुखकी दबाइ।।
मिल्ने भएमा बरु फेरि आऊ,
रुँदो सधैँको मन यो बुझाऊ।
औँसी र पुर्ने तिथि हुन् बहाना,
देवी तिमी हौ सब थोक आमा।।
कविताका लेखक हरिप्रसाद गौतम हुन्।
प्रकाशित: २६ वैशाख २०८१ १६:५६ बुधबार