१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अनमोल भन्छन्: अरुको जस्तो मेरो १० वटा फिल्महरु पाइपलाइनमा छैनन्

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता अनमोल केसीले आफ्ना लागि ‘फर्की फर्की’ नयाँ किसिमको र चुनौतिपूर्ण रहेको बताए। उनले आफ्ना लभ स्टोरी चलचित्रहरु दर्शकहरुले बढी रुचाएकाले यस चलचित्र पनि रुचाउने अपेक्षा व्यक्त गरे।

उनले अन्य कलाकारहरुले भनेको जस्तो आफूसँग पाइपलाइनमा १० वटा फिल्महरु नरहेको बताए। उनले कुनै नयाँ फिल्म खेल्ने योजना नबनाएको बताउँदै चलचित्र ‘फर्की फर्की’को नतिजापछि मात्रै अर्का फिल्मबारे सोच्ने बताए। उनले यो फिल्मपछि कुन फिल्म आउँछ भन्नेबारेमा आफू पनि अनविज्ञ रहेको बताए।

उनले भने, ‘मेरा लागि यो प्रोजेक्ट नयाँ किसिमको र चुनौतिपूर्ण थियो। मेरो अडियन्सले लभ स्टोरी रुचाउनुभएको छ। त्यसलाई नै मैले अहिले पस्किएको छु। यो ट्रेलरमा स्टोरी खुलाएका छैनौँ। दोस्रोमा धेरै खुल्नेछ। अरु एक्टरहरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु पनि छैन। प्लान पनि त्यस्तो केही गरेका छै। यो फिल्मपछि मेरो कुन फिल्म आउँछ, म आफैँलाई थाहा छैन। यसको रिजल्ट जे हुन्छ, त्यही अनुसार म मेरो अर्को फिल्म डिसाइड गर्छु।’

प्रकाशित: ६ वैशाख २०८१ १६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App