अरूले पनि पर्खेर बसेकी छिन् सोचेकै थिइनँ, भोग्नुपर्ला आज यस्तो दिन सोचेकै थिइनँ।
जसलाई सडकबाट उठाएर दिलमा सजाएँ, उसैले भन्ला आज चरित्रहीन सोचेकै थिइनँ।
यो दुनियाँमा कसैको भलो सोच्नु बेकार छ, सत्य बाटोमा हिंड्ने मान्छेको जहिल्यै हार छ।
इमान्दारितापूर्वक राम्रो काम गरे पनि के गर्नु, यहाँ राम्रो काम गर्नेको खुट्टा तान्ने बजार छ।