यहाँ राम्रो काम गर्नेको खुट्टा तान्ने बजार छ!
०१ फागुन २०८१
•
२ मिनेट पाठ
यहाँ राम्रो काम गर्नेको खुट्टा तान्ने बजार छ!
१) मुक्तक




छेपारो जस्तै रङ बदल्ने मान्छे देखियो,

अनेक बहाना बनाई छल्ने मान्छे देखियो

यहाँ पराईको त कुरै छोड्नुस महोदय

आफन्तहरूमध्ये एक जल्ने मान्छे देखियो।

२) मुक्तक

यो दुनियाँमा कसैको भलो सोच्नु बेकार छ

सत्य बाटोमा हिंड्ने मान्छेको जहिल्यै हार छ

इमानदारीपूर्वक राम्रो काम गरे पनि के गर्नु

यहाँ राम्रो काम गर्नेको खुट्टा तान्ने बजार छ।

३) मुक्तक

थोरै डर थोरै लाजसरम मान्नुपर्छ जिन्दगीमा

के सही के गलत छुट्याउन जान्नुपर्छ जिन्दगीमा

पन्छी जस्तै स्वतन्त्र उड्न नखोज्नु कहिले पनि

कुनै दिन आफैंलाई लात हान्नुपर्छ जिन्दगीमा।

४) मुक्तक

एक अर्काबीच मनमुटाव भएपछि आँखा तर्छन्

दुनियाँसामु बेइज्जत गर्ने खालका भ्रमहरू छर्छन्

जिन्दगी नै घर न घाटको बनाइदिंदाखेरि यहाँ

कतिपय मान्छेहरूले मृत्युको बाटो रोज्ने गर्छन्।

५) मुक्तक

गलत काम गरेकै छैन भने पछुताउनु जरुरत छैन

उच्च शिर पारेर हिंडिरहनुस् झुकाउनु जरुरत छैन

जनताहरूले सदैव साथ दिन्छन् राम्रो मान्छेहरूलाई

अन्यायको विरुद्ध लडिरहनुस् डराउनु जरुरत छैन।

६) मुक्तक

आफू जोगिन अरूमाथि झुटा लाञ्छना लाउँछन्

बदनाम हुने डरले सत्यतथ्य कुराहरू लुकाउँछन्

हत्तपत्त आफ्नो गल्ती स्विकार्दैनन् कसैले पनि

बरू यहाँ सोझासाझा मान्छेहरूलाई फसाउँछन्।

७) मुक्तक

अनेक रूपमा छल्छन् बेलाबेलामा आएर मलाई

किन यस्तो परीक्षा लिन्छौ भगवान् सताएर मलाई

अब त त्यस्ता मान्छेहरूसँग विन्ती भेट नगराइदेउ

घर न घाटको बनाउँछ यहाँ मनमुटु दुखाएर मलाई।

८) मुक्तक

बेलाबेला दानवरूपी मान्छेहरू भेटाएँ जिन्दगीमा

कतिपय मनमुटुमै डढेलो लगाउन आए जिन्दगीमा

मेरो पछाडि यसरी हात धोई लाग्ने मेरा शत्रुहरूलाई

बेलैमा एकएक गरेर चिन्ने मौका पाएँ जिन्दगीमा।

९) मुक्तक

भ्रम छरेर मान्छेहरूका मनमुटु नै पगालिदेलान्

स्वार्थपूर्तिका लागि जस्तोसुकै कदम चालिदेलान्

आँखा चिम्लेर कसैको पनि भर गरेर बस्नु हुन्न यहाँ

बेइज्जती मान्छेले छिनभरमै इज्जत फालिदेलान्।

१०) मुक्तक

दुनियाँसामु खुलेआम अनुहार देखाउन गाह्रो पर्ला

मनमस्तिष्कको कालो बादल हटाउन गाह्रो पर्ला

आफ्नो सम्बन्ध सकेसम्म मजबुत बनाई राख्नुस्

विश्वासको जग ढल्यो भने फेरि उठाउन गाह्रो पर्ला।

प्रवेजराज राई
अर्को समाचार
‘लघुकथा समाज नेपाल’ काे नयाँ कार्यसमितिमा तुलसीहरि कोइराला
०४ साउन २०८२
•
१ मिनेट पाठ
‘लघुकथा समाज नेपाल’ काे नयाँ कार्यसमितिमा तुलसीहरि कोइराला
लघुकथाकार तुलसीहरि कोइरालाको अध्यक्षतामा लघुकथा समाज, नेपालकाे नयाँ कार्यसमिति गठन भएकाे छ।




लघुकथा समाज, नेपालको १९औं साधारणसभाले लघुकथाकार तुलसीहरि कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हाे। साधारणसभाले उपाध्यक्ष शुष्मा चित्रकार, महासचिव सुमन सौरभ, सचिव श्रीबाबु कार्की र कोषाध्यक्षमा छविरमण सिलवाल चयन गरेको छ।

यसैगरी सदस्यहरूमा राजेश खनाल, सिन्धु गौतम, तारा केसी र मधु पाठक चयन भएका छन्।

लघुकथा समाज नेपालका महासचिव सुमन सौरभले संगठनात्मक र कोषाध्यक्ष छविरमण सिलवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा समाजका सल्लाहकार तथा नाट्यकर्मी अशेष मल्लले लघुकथाकाे विधागत उन्नयनमा लघुकथा समाज महत्त्वपूर्ण भूमिका रहेकाे बताए।

सल्लाहकार प्राडा लक्ष्मणप्रसाद गौतमले सक्रियताकाे साथ नयाँ कार्यसमितिले इतिहास निर्माणमा जुट्नुपर्ने बताए।

समाजका संस्थापक अध्यक्ष एवं सल्लाहकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले लघुकथामा अन्याेल छाइरहेकाे बेला संस्थाकाे गठन गरेकाे संस्मरण सुनाए। उनले नयाँ कार्यसमितिले समाजलाई अझै उचाइमा पुर्‍याउने पनि विश्वास व्यक्त गरे।

निवर्तमान अध्यक्ष गोपाल अश्कको अध्यक्षता र श्रीबाबु कार्कीको सञ्चालनमा भएको कार्यक्रममा गोपाल अश्क, राधेश्याम लेकाली, मधु पाठक, मोहन चापागाईं लगायतले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

साहित्यकार प्रदीप सापकोटाकाे संयाेजकत्वमा गठित निर्वाचन समितिले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिएका थिए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस