प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि १३८ रनको फराकिलो जित दर्ता गरेको छ।
नारायणी क्रिकेट मैदानमा सम्पन्न खेलमा ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै आर्मीले सानदार जित निकालेको हो।
टस जितेर पहिलो ब्याटिङ रोजेको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाउँदै २६८ रनको बलियो योगफल तयार पारेको थियो।
आर्मीको विशाल स्कोरमा अर्जुन साउदले सानदार शतकीय इनिङ खेले। उनले टोलीका लागि सर्वाधिक १२१ रनको योगदान दिएका छन्।
त्यसैगरी, बसिर अहमदले ४५, सन्तोष कार्कीले २९, नरेन साउदले २० र शाहब आलमले १७ रन जोडेका छन् भने कप्तान विनोद भण्डारी ९ रनमै आउट भए।
आर्मीलाई रोक्ने क्रममा कर्णालीका दिनेश अधिकारीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। त्यस्तै, प्रकाश जैशीले ३ तथा राज शाह, दीपेन्द्र रावत र विपिन शर्माले समान १-१ विकेट हात पारे।
आर्मीले प्रस्तुत गरेको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णालीको ब्याटिङ लाइनअप धराशायी बन्यो। कर्णाली ४२ दशमलव २ ओभरमा सबै विकेट गुमाएर मात्र १३० रनमा समेटिएको हो।
कर्णालीका लागि विपिन शाहीले सर्वाधिक ४० रन बनाएका छन् भने अर्जुन घर्तीले ३२, दीपेन्द्र रावतले २५ र सुनील धमलाले ११ रन जोडे। यी चार खेलाडीबाहेक कर्णालीका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
कर्णालीको इनिङ ध्वस्त पार्न आर्मीका बसिर अहमद र शाहब आलमले घातक बलिङ गर्दै समान ३-३ विकेट लिए। त्यसैगरी, आकाश चन्दले २ तथा नरेन साउद र दुर्गेश गुप्ताले १-१ विकेट लिएर टोलीको शानदार जित सुनिश्चित गरे।