बंगलादेशसँग हार्दा इङ्ल्यान्ड बाहिरियो
नागरिक
२५ फागुन २०७१
•
७ मिनेट पाठ
बंगलादेशसँग हार्दा इङ्ल्यान्ड बाहिरियो
एडिलेड- बंगलादेशले एडिलेड ओभलमा सोमबार १५ रनको सनसनीपूर्ण जित हासिल गर्दै समूह 'ए' बाट आफू विश्वकप क्वार्टरफाइनल प्रवेश गर्दा इङ्ल्यान्डको प्रतियोगिता यात्रामा पूर्णविराम लगाएको छ। बंगलादेशलाई महत्वपूर्ण विजय दिलाउन सोमबार अन्त्यमा रुबेल हुसेन नायक बने।२ सय ७६ रनको लक्ष्य पछ्याएको इङल्यान्डलाई जितका लागि १२ बलमा १६ रन आवश्यक हुँदा हुसेनले लगातार दुई विकेट लिँदै बंगलादेशको सफलता कथा रचेका थिए। इङ्ल्यान्डलाई प्रतियोगितामा टिकाइरहन अत्यावश्यक जित दिलाउने जिम्मेवारीसाथ क्रिजमा रहेका स्टुवार्ट ब्रोड र जेम्स एन्डरसन दुवै हुसेनको सिकार हुने क्रममा बोल्ड भए। अन्तिम विकेटमा एन्डरसन क्लिन बोल्ड हुँदा इङ्ल्यान्ड ४८.३ ओभरमा २ सय ६० रनमा समेटियो।




यसअघि टस हारेर ब्याटिङमा निम्त्याइएको बंगलादेशले कमजोर सुरुआतका बाबजुद ७ विकेट क्षतिमा २ सय ७५ रनको योगफल तयार गरेको थियो। ८ रन बनाउँदा दुई विकेट गुमाइसके पनि मोहम्मद महमुदुल्लाह (१०३) ले विश्वकपमा शतक बनाउने पहिलो बंगाली खेलाडीमा कीर्तिमान बनाउँदा मुस्पि्ककर रहिम (८९) बाट राम्रो साथ पाएपछि बंगलादेश ठूलो योगफल बनाउन सफल भयो।

महमुदुल्लाह र रहिमले पाँचौं विकेटमा १ सय ४१ रनको साझेदारी गरेर ४–९९ को अवस्थाबाट बंगलादेशलाई उकासेका थिए। विश्वकपमा शतक बनाउने पहिलो बंगलादेशी खेलाडीको कीर्तिमान बनाउँदा महमुदुल्लाहले १ सय ३८ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे। यसैगरी रहिमले ७७ बलको व्यक्तिगत इनिङ्समा ८ चौका र १ छक्का प्रहार गरे। बंगलादेशका लागि सौम्य सरकारले ५२ बलमा ५ चौका र १ छककासहित ४० रन बनाए।

इङ्ल्यान्डबाट जेम्स एन्डरसन र क्रिस जोर्डनले २–२ विकेट लिए भने स्टुवार्ट ब्रोड र मोइन अलीले १–१ विकेटमा नाम लेखाए।

जारी प्रतियोगितामा टेस्ट खेल्ने विपक्षीविरुद्ध एउटै जित निकाल्न नसकेको इङ्ल्यान्डको सुरुआत औसत भए पनि टोलीले अपेक्षित लक्ष्य हासिल गर्न सकेन। जोस बट्लर (६५) र इयान बेल (६३) ले अर्धशतक पूरा गरे पनि अन्तिम समयमा हुसेनले दुई सनसनीपूर्ण विकेट लिएपछि इङ्ल्यान्ड विजयविमुख भयो। क्रिस ओक्स ४२ रनमा अविजित रहे। कप्तान इयान मोर्गान, जोर्डन र एन्डरसनले खाता खोल्नै भ्याएनन्।

बंगलादेशका लागि हुसेनले त्यसअघि पनि दुई विकेट लिइसकेका थिए। ओपनर इयान बेललाई मुस्पि्ककर रहिमको हातबाट क्याच गराएका हुसेनले मोर्गानको विकेटमा पनि नाम लेखाए। मोर्गानलाई उनले सकिब अल हसनबाट क्याचआउट गराए। ९.३ ओभर बलिङ गरेका हुसेनले ५३ रन खर्चिँदै ४ विकेट लिए भने मार्सरफ मोर्टाजा र तास्किन अहमदले २–२ ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाए।

जारी प्रतियोगितामा इङ्ल्यान्डले खेलेका ५ खेल मध्ये टेस्ट नखेल्ने स्कटल्यान्डलाई मात्र हराउन सकेको छ। बाँकी चार खेलमा टोली अस्ट्रेलिया, न्युजिल्यान्ड, श्रीलंका र बंगलादेशसँग पराजित भयो। न्युजिल्यान्ड र अस्ट्रेलियाले क्वार्टरफाइनलको टिकट काटिसकेको अवस्थामा बंगलादेश समूह ए बाट अन्तिम आठ पुग्ने तेस्रो टोली बनेको छ। साथमा बंगलादेशको जितसँगै श्रीलंकाको पनि क्वार्टरफाइनल यात्रा पक्का भयो। पराजित इङ्ल्यान्ड भने हारसँगै प्रतियोगिताबाट बाहिरिने पक्का भएको छ। समूहमा एक खेल जितेको अफगानिस्तान र एउटै खेल जित्न नसकेको स्क्टल्यान्ड यसअघि नै बाहिरिसकेका छन्।

इङ्ल्यान्डका कप्तान मोर्गानले विश्वकपको समूह चरणबाटै बाहिरिनुलाई अत्यन्तै निराशाजनक र अपत्यारिलो नतिजा भएको बताए। 'हामी यहाँ आएदेखि हरेक खेलमा संघर्ष गरिरहेका छौं। हामी कम्तीमा क्वार्टरफाइनल पुग्न चाहन्थ्यौं। त्यसपछि थप तीन खेलमा संघर्ष गर्ने हाम्रो योजना थियो। तर समूह चरणबाटै बाहिरिने क्रममा हाम्रो प्रदर्शन अत्यन्तै कमजोर रह्यो। यो पूरा इङ्लिस क्रिकेटका लागि निकै निराशाजनक छ,' मोर्गानले भने।

उता बंगलादेशका लागि म्यान अफ द म्याच लायक प्रदर्शन गरेका महमुदुल्लाहले टिमका सबै खेलाडीको सकारात्मक सोच र प्रदर्शनका कारण जित सम्भव भएको बताए। 'हामीले ब्याटिङमा धैर्यपूर्वक राम्रो गर्ने योजनाअनुरुप खेल्यौं। तथापि १५ देखि २० रन बढीको योगफल बनाउनुपर्थ्यो। तर हामीलाई सुरुमै विकेट लिन सके २ सय ७५ रनको योगफल रक्षा गर्न सक्छौं भन्ने विश्वास थियो,' महमुदुल्लाहले भने, 'आजको जित हाम्रा लागि विशेष रहयो। यसको खुसी मनाउन हामी कन्जुस्याइँ गर्दैनौं।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस