न्युजिल्यान्ड- जारी विश्वकपमा इङ्ल्यान्ड श्रीलंकासँग पराजित भएको छ। लहिरु थिरिमाने र कुमार संगकाराको शतकमा श्रीलंका ९ विकेटले विजयी भएको हो। वेस्टप्याक रंगशालामा टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय ९ रन बनायो। जवाफी ब्याटिङ थालेको श्रीलंका एक विकेटको क्षतिमा १६ बल अगावै लक्ष्य भेट्टायो।
श्रीलंकाका लागि लहिरु चिरिमानेले १ सय ४३ बलमा दुई छक्का र १३ चौकासहित अविजित १ सय ३९ रन बनाए। कुमार संगकाराले ८६ बलमा दुई छक्का र ११ चौकासहित १ सय १७ रन बनाए। त्यस्तै तिलकरत्ने दिलसान ४४ रन बनाएर पेभेलिलयन फर्किएका थिए।
यसअघि इङल्यान्डका लागि जए रुटले शतक प्रहार गरेका थिए। उनले १ सय ८ बलमा दुई छक्का र १४ चौकासहित १ सय २१ रन बनाएका थिए।