अष्ट्रेलिया– विश्वकप क्रिकेटमा बिहीबार श्रीलंकाले बंगलादेशविरुद्ध ९२ रनको विजयी हात पारेको छ। टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरको खेलमा एक विकेटको क्षतिमा ३३२ रन बनायो। जवाफी ब्याटिङ गरेको बंगलादेशले सबै विकेट गुमाएर २ सय ४० रनमात्र बनाउनसक्यो।बंगलादेशका लागि सविर रहमानले सर्वाधिक ५३ रन बनाए। त्यस्तै शकिब अलि हसैनले ४६ र मुस्फिकर रहिमले ३६ रन बनाए। खेलमा मालिङ्गाले ३ विकेट लिए। रस लकमल र तिलकरत्ने दिलसानले दुई दुई विकेट लिए।
यसअघि लकरत्ने दिलसानले १४६ बल खेल्दै १६१ रन बनाएका थिए। योसँगै उनी सचिन तेन्दुलकर, सनथ जयसूर्या र माहिला जयवर्ध्दनेपछि ४०० भन्दा बढी एक दिवसीय खेल्ने चौथो खेलाडी बनेका छन्।
कुमार शांगाकारले ७६ बलमा १०५ बनाएपछि श्रीलंका ३ सय बढीको योगफल बनाउन सफल भएको हो। लहिरु थिरमान्ने अर्ध सतक बनाए लगत्तै ५२ रनमा आउट भए।
श्रीलंका बंगलादेशसँग चार पटक हारेको छ। चारै पटक बंगलादेशले लक्ष्य पछ्याउँदा श्रीलंका पराजित भएको थियो। यो खेलमा पनि बंगलादेशले लक्ष्य पछ्याइरहेको छ तर ३३३ रनको लक्ष्य बंगाली खेलाडीको लागि त्यति सहज देखिँदैन।