क्राइसर्च-विश्वकपको उद्घाटन खेलमा घरेलु टोली न्युजिल्यान्डले श्रीलंकालाई ९८ रनले हराएको छ। ३ सय ३२ रनको लक्ष्य पच्छ्याएको श्रीलंका ४६.१ ओभरमा २३३ रनमा अलआउट भयो। यस अघि पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३१ रनको बलियो योगफल खडा गरेको थियो।
न्यूजिल्याण्डका लागि ब्रेन्डन म्याकुलम ६६, केन विलिम्सन र कोरे एण्डरसनले ४६ बलमा ७५ रन जोडे भने मार्टिन गुप्तिलले ४९ रन बनाएका थिए। श्रीलकाका ब्याटस्म्यान सस्तैमा पभेलियन फर्किएपछि हार्न पुगेको हो। श्रीलंकाका लागि सबैभन्दा बढी लहिरु थिरिमानेले सर्वाधिक ६५ रन जोडेका थिए।
न्युजिल्यान्डका ५ बलरले समान दुई दुई विकेट लिएका थिए।