काठमाडौं— आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत कीर्तिपुर मैदानमा नेपाल र नामिबियाको खेल भइरहेको छ। टस जितेर आक्रमक ब्याटिङ गर्दै ठूलो स्कोरतर्फ लम्किरहेको नामिबियालाई नेपाली बलरहरुले रोकेका छन्।
कप्तान पारस खड्काले फुल स्पेलमा १० ओभर बलिङ गरेका छन्। उनले ३ ओभर मेडन राख्दै १ विकेट लिएर ३४ रन दिए। ७ ओभर बलिङ गरेका शक्ति गौचनले एक मेडन राख्दै १६ रन मात्र दिएका छन्। ७ ओभर नै बलिङ गरेका सन्दीप लामिछानेले २ मेडन राख्दै १ विकेट लिएर २४ रन दिएका छन्।
७ ओभर बलिङ गरेका अफ स्पिनर बसन्त रेग्मीले १ मेडन राख्दै २८ रन दिएर ३ विकेट हात पारेका छन्। यसैगरी सोमपाल कामीले ६ ओभर बलिङ गर्दै १ मेडन राखेर २ विकेट लिँदै २६ रन दिएका छन्।
पहिलो ओभरमा १५ रन बटुलेर आक्रमक ब्याटिङ गरेको नामिबियाको दोस्रो ओभरमा विकेट पतन भएको थियो। ८ बलमा १८ रन बनाएर विशाल स्कोरतर्फ लम्किरहेका स्टेफन ब्राडलाई दोस्रो ओभरको दोस्रो बलमा सोमपाल कामीले एलबीडब्लु धरापमा पारेका थिए। जेन ग्रीनको विकेट पनि सोमपालले नै हात पारे।
नेपालका लागि तेस्रो विकेट १६ ओभरको तेस्रो बलमा सन्दिप लामिछानेले लिए। पिकी वाइ फ्रेन्सलाई उनले २५ रनको अवस्थामा आउट पाखा लगाए।
गेरी स्नेम्यानलाई बसन्त रेग्मी एलबिडब्लु गरे। २१ औं ओभरको अन्तिम बलमा आउट हुनुअघि स्नेम्यानले २६ बलमा २३ रन बनाए। पाँचौं विकेट कप्तान पारस खड्काको पोल्टामा गयो। जेपी कोट्जे पारसको बलमा सन्दीप लामिछानेबाट क्याच भए। २५.१ ओभरमा नामिबियाको छैटौं विकेट बसन्त रेग्मीले लिए।
शरद भेषवाकरले १ मेडन अाेभर बलिङ गरे।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा उपस्थित भएका हजारौं दर्शकहरु नेपाली टोलीको हौसला बढाइरहेका छन्।