झापा- अमित तामाङले फ्रिकिकबाटगरेको गोलमा दाबेदार मनाङ मर्स्याङ्दीमाथि विजय प्राप्त गर्दै त्रिभुवन आर्मी क्लब रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ। बिहीबार दोस्रो सेमिफाइनलमा आर्मीले लक्ष्मी हुन्डाई मनाङलाई १–० ले स्तब्ध पार्दै आफूलाई उपाधि नजिक पुर्याोएको हो।अब आर्मीले शनिबार हुने फाइनलमा आयोजक झापा ११ सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। विजेताले ६ लाख रुपैयाँ जित्नेछ भने उपविजेता टोलीको भागमा ३ लाख रुपैयाँ पर्नेछ।
पुलिससँगअघिल्लो खेलमा दोहोरो पहेँलो कार्ड पाएका स्टार खेलाडी भरत खवास बेगरै मैदान ओर्लिएको आर्मीका लागि ११ औं मिनेटमै अमितले गोल गरे। मनाङका अफ्रिकी रक्षक सिसोकोले पेनाल्टी बक्स नजिकै ह्यान्ड गरेपछि आर्मीले फ्रिकिक अवसर पाएको हो।
फ्रिकिकको अवसर विभागीय टोली आर्मीका लागि मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको फाइनल पुग्ने अवसर साबित भयो। आर्मीका अमितले मनाङका हेमन गुरुङ, विशाल राई र विश्वास श्रेष्ठको पर्खालछिचोल्दै प्रहार गरेको बल जालीको सम्पर्कमा पुग्दाअनुभवी गोलरक्षक किरण चेम्जोङ हेरेको हेर्यैर भए।
आर्मीका प्रशिक्षक चुनबहादुर थापाले अमितको निर्णायक गोलको उच्च प्रशंसा गर्दै आयोजक झापासँगको फाइनलमा टोली उच्च मनोबलसहित मैदान उत्रिने बताए। 'फाइनलमा हामीसँग स्टार खेलाडी भरत (खवास) पनि साथमा हुनेछ,' उनले भने 'त्यसैले हामी बलियो आत्मविश्वाससहित मैदान ओर्लन्छौं।'
आर्मीविरुद्धको खेलमा मनाङ भने अभागी साबित भयो। खेलको अधिकांश समय विपक्षीविरुद्ध दबाब सिर्जना गरेको मनाङले तीन निश्चित गोलअवसर सदुपयोग गर्न सकेन। खेलको १९ औं मिनेटमा प्राप्त कर्नरमा कप्तान अनिल गुरुङको शक्तिशाली हेडर पोस्टबारमा लागेर फर्कियो। आर्मीका गोलरक्षक विकेश कुथु लडिसकेका बेला अनिलको हेड बारमा लागेको हो।
त्यस्तै ३९ औं मिनेटमा मनाङका अफ्रिकी फरवार्ड अफिज ओलावालेले एक्लै अघि बढाएको बल आर्मीका लागि खतरा हुनसक्थ्यो। तर, अन्तिम समयमा दीपक गुरुङले बल बाहिर पठाएर गोलको खतरा टारेका थिए। दोस्रो हाफमा मनाङले आर्मीलाई पूरै दबाबमा राख्यो। तर टोलीका धेरै प्रहार खेर गए। प्रतियोगिताकोदोस्रो उच्चगोलकर्ता रहेका ओलावालेकै अर्को प्रहार पनि पोस्टबारमा लागेर फर्कियो। अनिल गुरुङले दिएको पासनियन्त्रणमा लिएर अघि बढेका उनले आर्मी रक्षापंक्तिका अधिकांश खेलाडीलाई बिट गराइसकेका थिए। उनले पोस्टमा प्रहार गरेको बल बारमा लागेर फर्कियो। अन्तिम १५ मिनेट बल आर्मीको पेनाल्टी क्षेत्र नजिकै व्यस्त रहे पनि गोल भने हुन सकेन।
आर्मीको तुलनामा मनाङको पोस्ट आक्रमण बढी र सटिक थियो। तर, गोलरक्षक विकेशले अनिल गुरुङ, विशाल राई, सुजल श्रेष्ठ लगायतको प्रहार पनि जोगाए। विपक्षी पोस्टमा धेरै आक्रमण गर्न नसकेको आर्मीले भने मध्यभागमा बल बढी होल्ड गराएको थियो। आर्मीका विश्व अधिकारी म्यान अफ दी म्याच भए।
बिहीबारको खेलमा रेफ्री नवीन्द्र महर्जनका केही विवादास्पद निर्णयका कारण मैदानमा पटक–पटक तनाब सिर्जना भएको थियो। खासगरी मनाङका प्रशिक्षक, खेलाडीले उनको निर्णयविरुद्ध पटक–पटक अपिल गरेका थिए।
खेलपछि प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले रेफ्रीको गलत निर्णका कारण टिमले हार बेहोर्नुपरेको प्रतिक्रिया दिए। 'रेफ्री महर्जन मनाङविरुद्ध लागेको यो पहिलो घटना होइन,' उनले आरोप लगाउँदै भने, 'यो सिजनमा तीनवटा म्याच खेलाएका उनले हामीलाई तीनवटै म्याचमा हराएका छन्। यो आमदर्शकले पनि महसुस गरे।'
मनाङले आर्मीका खेलाडीले आफूविरुद्ध डरलाग्दो ट्याकल गर्दा पनि रेफ्रीले कुनै प्रतिक्रिया नदिएको भन्दै महर्जनलाई परिवर्तन गर्न माग गरेको थियो।
त्यसबाहेक खेल अवधिमा सानो टक्करमा पनि मैदानमा लडेर समय गुजार्ने आर्मीका खेलाडीलाई कुनै एक्सन नलिएको भन्दै मनाङले आपत्ति जनायो। 'विभागीय टोली आर्मीको आजको खेल लज्जास्पद रह्यो', गुरुङले भने, 'हरेक पटक लडिदिने अनि समय गुजार्ने उनीहरूको शैली विभागीय टोली भन्नलायक थिएन। लाजमर्दो खेल खेले।'
लोप्साङले इन्जुरी समयमा पनि रेफ्रीले पक्षपात गरेको आरोप लगाए। 'आर्मीका खेलाडीले जतिबेला पनि घाइते भएको अभिनय गरेर २५ मिनेट बिताए,' उनले भने, 'तर, समयचाहिँ जम्मा ५ मिनेट थपियो।'
झापा गोल्डकप फाइनल
आर्मीविरुद्ध झापा (शनिबार)