झापा अन्तिम चारमा
२० चैत्र २०७२
•
४ मिनेट पाठ
झापा अन्तिम चारमा
झापा- बिर्तामोडको डोमालाल रंगशालामा जारी रमपम झापा गोल्डकप फुटबलमा शनिबार कास्कीलाई पराजित गर्दै घरेलु टोलीझापा सेमिफाइनल पुगेको गरेको छ। शनिबार पहिलो क्वार्टरफाइनलमा रमपम झापाले कास्कीलाई ३–२ ले हराएको हो।झापाको जितमागणेश खड्का, दिलेन लोक्ताम र कर्ण लिम्बुले गोल गरेका थिए। प्रतिस्पर्धात्मक खेलमा झापाले सुरुआती अग्रता लियो। यद्यपि उत्कृष्ट खेल पस्केको कास्कीले दुईपटक नतिजा बराबरीमा ल्याएको थियो। तर, रक्षापंक्तिकोगल्तीमा कास्कीदुवैपटक बराबरी जोगाउन असफल बन्दा घरेलु दर्शकको बलियो साथ पाएको झापाले बाजी मारेको थियो।

खेलको १० औं मिनेटमै गणेश खड्काले सुरुआती गोल गरे। खेलमा म्यान अफ दी म्याच बनेका उनले गोल गर्दा विशाल राईको पास उपयोग गरे। विपक्षी पोस्टमा उत्पन्न असमझदारीका बेला उनको सटिक प्रहार सिधै पोस्टमा छिर्योर। तर, झापाले अग्रता लामो समय जोगाउन सकेन।१९ औं मिनेटमा कास्कीकाराकेश गुरुङले प्रहार गरेको बल झापाका डिफेन्डर रविथापामगरको खुट्टामा लागेर गोलमा परिणत भयो।

बराबरीपछि खेल थप रोचक बन्यो। २४ औं मिनेटमा गणेश खड्काले प्रहार गरेको बल कास्कीका गोलकिपर तेन्जिङ नामग्यालले फर्काएपछि रिबाउन्डमा झापाका मिडफिल्डर दिलेनले गोल गरे।

मध्यान्तरसम्म झापा २–१ले अगाडि थियो। दोस्रो हाफमा कास्की लयमा फर्कियो। टोलीका लागि ५१ औं मिनेटमा कप्तान उत्तम गुरुङले गोल गर्दै खेलफेरि बराबरीमा ल्याए। पहिलो हाफभन्दा दोस्रो हाफमा झापाले दबाबसामना गर्नुपरेको थियो। पोखराका आधादर्जनभन्दा बढी प्रहार झापाका गोलरक्षक किशोर गिरीले बचाए।

हजारौं दर्शकबीच दबाबमा देखिएको झापाले केही मुभ बनाएपनि फिनिसिङ कमजोर रह्यो। खेलको अन्त्यतिर झापाका चर्चित स्ट्राइकर कर्णले निर्णायक गोल गरे। ८७ औं मिनेटमा गोल गरेका कर्णको जारी प्रतियोगितामा छैटौं व्यक्तिगत गोल हो। यसअघि उद्घाटन खेलमा उनले महाराष्ट्र टोलीविरुद्ध ५ गोल गरेका थिए। झापाका संजोग राईले डी–बक्स भित्रबाट गरेको प्रहार पोस्टमा लागेर फर्कंदा अनमार्क कर्णले सजिलै गोलमा परिणत गरे।

जितपछि झापाका प्रशिक्षक भगिरथ आलेले झापाको जित खेलाडीको कडा मिहिनेतका कारण सम्भव भएको बताए।

कास्कीका टिम म्यानेजर हिटलर गुरुङले झापालाई भाग्यले साथ दिएको बताए। उनले आफ्टो टोलीमा यु–१९ खेलाडीबाहुल्य रहेकाले अनुभव कम हुँदा अपेक्षित प्रदर्शन गर्न नसकेको बताए। यद्यपि पहिलो हाफमा भन्दादोस्रो हाफमा झापालाई दबाबमाराख्न सफल भएको उनको प्रतिक्रिया थियो।

अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा कास्कीले खेल गुमाउनुपरेको थियो।

झापालेसेमिफाइनलमा एपिएफ क्लब र रुस्लान थ्री स्टार क्लबबीचको विजेतासँग चैत २४ मा प्रतिस्पर्धा गर्नेछ। एपिएफ र थ्रीस्टारको खेल चैत २२ मा हुनेछ।

झापा गोल्डकपमा आइतबार
नेपाल पुलिसविरुद्ध त्रिभुवन आर्मी
अर्को समाचार
मनाङ अन्तिम चारमा
२१ माघ २०७३
•
४ मिनेट पाठ
मनाङ अन्तिम चारमा
झापा- नेपालका स्टार खेलाडीहरुको बाहुल्य रहेको लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लब रमपम झापा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। न्यूरोड टिम (एनआरटी) माथि ४–० को फराकिलो जित हासिल गर्दै मनाङले मनाङले अन्तिम चारमा स्थान बनाएको हो।

शनिबार पोखरामा आहा–रारा गोल्डकपको उपाधि जितेको मनाङले डोमालाल रंशालामा जारी प्रतियोगिताको सेमिफाइनलमा साबिक विजेता त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। मनाङको जितसँगै सेमिफाइनल समिकरण पूरा हुँदा अन्तिम चारको अर्को खेलमा आयोजक रमपम झापा ११ र हिमालयन शेर्पा क्लबले एक–अर्काको सामना गर्नेछन्।

राष्ट्रिय टोलीका ६ खेलाडी सहित मैदान उत्रिएको मनाङले सुरुदेखि नै खेल पकडमा राखेको थियो। एनआरटीले रक्षात्मक प्रदर्शन गर्न खोजे पनि मनाङको  आक्रामक अग्रपंक्तिलाई रोक्न सकेन। मनाङले २५ औं मिनेटमा निराजन मल्लको गोलबाट अग्रता लियो। निराजनले अफ्रिकी खेलाडी ओलावालेको पासमा गोल गरेका थिए। लगत्तै दुई मिनेटपछि ओलावालेकै पासमा सुशील लामाले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे। मध्यान्तर हुन ११ मिनेट बाँकी रहँदा निराजनले व्यक्तिगत दोस्रो गोल गर्दे मनाङलाई थप सहज अवस्थामा पुर्‍याए। सुशीलले पेनाल्टी बक्सभित्र मिलाएको पासमा निराजनले गोल गरेपछि पहिलो हाफमा मनाङ ३–० ले अघि बढेको थियो।

दोस्रो हाफमा पनि मनाङको गति रोकिएन। ५९औं मिनेटमा ओलावालेले गोल गर्दै ४–० को जित पक्का गरे। विशाल राईको पासमा ओलावालेले गोल गरेका हुन्।

यसअघि २०औं मिनेटमा मनाङका सुजल श्रेष्ठको फ्रि–किक पोस्ट माथिबाट बाहिरिएको थियो। ३०औं मिनेटमा एनआरटीका प्रविण गुरुङको कडा प्रहारले पोस्टको दिशा दिन सकेन। त्यसको एक मिनेटपछि मनाङका ओलावालेको प्रहार एनआरटीका गोलकिपर सन्देश गुरुङले बचाए।

जीतपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले विपक्षी टीमको फिनिसिङ कमजोर हुँदा सहज रुपमा नतिजा निकाल्न सफल भएको प्रतिक्रिया दिए। फराकिलो जितका बावजुद टोलीको प्रदर्शनमा सन्तुष्ट हुन नसकेका उनले सेमिफाइनलमा रणनीति परिवर्तन गरिने जनाउ दिए। बिहीबार मैदान उत्रिन नसकेका भरपर्दा स्ट्राइकर अनिल गुरुङ पनि अर्काे खेलमा उपस्थित हुने जानकारी उनले दिए।

एनआरटीका प्रशिक्षक श्याम मालीले नयाँ टिम भएका कारण जित निकाल्न नसकिएको बताए। उनले छोटो समयको तयारीका कारण मनाङ जस्तो शसक्त टिमसँग हार बेहोर्नुपरेको धारणा राखे। 

मनाङका रोहित चन्द म्यान अफ दी म्याच घोषित भए। उनलाई नगद ७ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो।

शुक्रबार हुने पहिलो सेमिफाइनलमा आयोजक झापा ११ र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन्। शनिबार हुने अर्को सेमिफाइनलमा मनाङले विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस