झापा- सर्वाधिक पुरस्कार राशिको रमपम झापा गोल्डकप फुटबलमा शुक्रबार नेपाल पुलिस क्लबले भारतीय आर्मीको गोर्खा ब्वाइज क्लबलाई ३–१ ले पराजित गर्दै क्वार्टरफाइनल सुरक्षित गरेको छ। पुलिसले क्वार्टरफाइनलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।
प्रतिस्पर्धात्मक खेलको ३१ औं मिनेटमा पुलिसका सुमन लामाले वान भर्सेज वानमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। पहिलो हाफमा पुलिस एक गोलले अगाडि रहेकोमा दोस्रो हाफको ७८ औं मिनेटमा रविन श्रेष्ठले गोल थप्दै अग्रता दोब्बर बनाए। उनले नीरकुमार राईको पासमा दर्शनीय गोल गरेका थिए।
गोर्खाका लागि खेलको ८२ औं मिनेटमा विरेक थापाले गरेको गोल टोलीका लागि सान्त्वना बन्यो। उनले विपक्षी खेलाडीले ब्याक पासमा गोल गरेका थिए।
पुलिसका दिनेश गुरुङलाई फाउल गरेपछि गोर्खाका सुनील गुरुङले फिफा रेफ्री लव खत्रीबाट रातो कार्ड सामना गर्नुपरेको थियो। १० खेलाडीमा सीमित भएपछि दबाबमा परेको गोर्खा ब्वाइजले थुप्रै प्रहार गरे पनि त्यो सफल हुन सकेन।
इन्जुरी समयमा पुलिसका हेम तामाङले गोल गर्दै नतिजा ३–१ को स्थिथिमा पुर्यायए। खेल अवधिभर गोर्खाले राम्रो मुभ बनाए पनि फिनिसिङ कमजोर देखिएको थियो। खेलको म्यान अफ द म्याच पुलिसका सुमन लामा भए। उनले साउदी अरेबियामा रहेका झापाली फुटबल फ्यान क्लबद्वारा प्रायोजित ५ हजार नगद पाए।
गोर्खा ब्वाइजका प्रशिक्षक गंगा गिरीले नयाँ ठाउँ र पर्याप्त प्रशिक्षणको अभावका कारण टिमले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए। उनले झापा गोल्डकपमा प्रवेश पाउनु नै ठूलो कुरा भएको बताउँदै आगामी दिनमा सुधार गर्ने मौका मिलेको बताए।
पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले नेपाली फुटबल टिममा पुलिस मध्यमस्तरको भएको बताए। उनले खेलमा पहिलो रोजाइका खेलाडी नखेलाइएको बताउँदै जित हासिल गर्न संघर्ष गर्नुपरेको बताए।
झापाको डोमालाल रंगशाला स्लो ग्राउन्ड रहेकाले खेलाडीले खुलेर खेल्न नसकेको उनको प्रतिक्रिया थियो।
श्रेष्ठले शुक्रबारको प्रदर्शनले उपाधि जित्न नसकिने बताउँदै आगामी खेलमा रणनीति परिवर्तन गरिने बताए।
झापा कपमा शनिबार
झापाविरुद्ध कास्की–११