आर्मी र पुलिस सेमिफाइनलमा
१० फागुन २०७२
•
३ मिनेट पाठ
आर्मी र पुलिस सेमिफाइनलमा
काठमाडौं- आयोजक त्रिभुवन आर्मी क्लब 'ए' र नेपाल पुलिस क्लब प्रथम प्रधान सेनापती कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन। आर्मीले लगातार तीन र पुलिसले दुई खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन्।आर्मीको 'ए' टोलीले सोमबार दुई जित हासिल गर्यो । विजयी यात्रालाई निरन्तरता दिने क्रममा आर्मीले मध्यपश्चिम र सुदूर पश्चिमलाई हरायो। आर्मीले तीन खेलबाट ९ अंक जोडेको छ। समुह 'बी'मा रहेको आर्मीले समुह चरणको अन्तिम खेलमा बुधबार मध्यमाञ्चलसँग खेल्नेछ।




सोमबार लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा आर्मीले मध्यपश्चिमाञ्चललाई २५–११, २५–११, २५–१० ले हरायो। अर्को खेलमा आर्मीले सुदूरपश्चिमलाई २५–१९, २५–८, २५–१५ ले हरायो। यसैगरी समुह 'ए' रहेको पुलिस पनि एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। समुह चरणमा पुलिसले अघिल्लो खेलमा पश्चिमाञ्चललाई हराएको थियो। सोमबार पुलिसले जित हात पार्न चार सेट खेल्नु परेको थियो। राष्ट्रिय टोलीको कप्तान समेत रहेका इम राना मगरको टोली पुलिसले आर्मीको 'बी' टोलीलाई २१–२५, २५–१६, २५–२३, २५–२० ले पराजित गर्यो्। लगातार दुई खेल जितेको पुलिसले ६ अंक जोडेको छ।

यसैगरी सोमबारका अन्य खेलमा एपीएफले मध्यामञ्चललाई २६–२८, २५–१६, २५–२३, २५–१४ ले हरायो। समुह 'बी' मा रहेको एपिएफले २ खेलबाट ३ अंक बटुलेको छ। आइतबार एपीएफलाई आर्मीको 'ए' ले हराएको थियो।

अर्को खेलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २७–२५, २५–१३, २५–१५ ले हरायो। प्रतियोगिता अन्तर्गत मंगलबार पुलिस र पुर्वाञ्चल, मध्यामञ्चल र सूदूरपश्चिमाञ्चलले खेल्नेछन। एपीएफ र मध्यपश्चिमले दिनको तेस्रो खेलमा प्रतिस्पर्धा गर्नेछन। पश्चिमाञ्चलले आर्मी 'बी'को सामना गर्नेछ। शुक्रबार सम्पन्न हुने प्रतियोगिता पुरस्कार राशीको दृष्टीले घरेलु भलिबलमा सबभन्दा ठूलो हो। प्रतियोगिताको विजेता टोलीले ३ लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन। प्रतियोगिताको उत्कृष्ट खेलाडीले पल्सर मोटरसाइकल पाउने आयोजक नेपाली सेनाले घोषणा गरेको छ। प्रतियोगितामा तीन विभाग (सेना, पुलिस र सशस्त्र) का ४ टोलीसहित सबै पाँच विकास क्षेत्रका एक/एक गरी ९ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।
अर्को समाचार
आर्मी र पुलिस सेमिफाइनलमा
२८ साउन २०७३
•
३ मिनेट पाठ
आर्मी र पुलिस सेमिफाइनलमा
चितवन- दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब नारायणगढमा जारी नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। बिहीबार क्वार्टरफाइनल खेल जित्दै आर्मी र पुलिस अन्तिम ८ मा पुगेका हुन्। पहिलो खेलमा पुलिसले चितवनको एभरेस्ट क्लबलाई ३–० ले पराजित गर्दा आर्मीले पनि वीरगन्ज युथ एकेडेमीमाथि ३–० कै नतिजा निकालेको थियो।




आर्मीले सेमिफाइनलमा साउन २९ मा न्युरोड टिम (एनआरटी) सँग खेल्नेछ। पुलिसले भने सेमिफाइनलप्रतिद्वन्द्वी पाइसकेको छैन। शुक्रबार हुने अन्तिम क्वार्टरफाइनल विजेतासँग पुलिसको भेट हुनेछ।

शुक्रबार सशस्त्र प्रहरीको एपिएफ क्लबले काठमाडौंको ब्वाइज युनियन क्लबसँग खेल्नेछ।

बिहीबार घरेलु टोली एभरेस्टलाई हराउने क्रममा पुलिसका सुमन लामा नायक बने। म्यान अफ दी म्याच उनले खेलमादुई गोल गरे। जुमानु राईको कप्तानीमा रहेको पुलिसबाट सुमनले पहिलो हाफको २९ औं र दोस्रो हाफको ३६ औं मिनेटमा गोल गरेका थिए। दोस्रो हाफको १९ औं मिनेटमा पुलिसका लागि रवि पासवानले एक गोल थपे। पहिलो हाफमा पुलिसलाई चुनौती दिएको एभरेस्ट दोस्रो हाफमा कमजोर देखियो।

म्यान अफ दी म्याच सुमनलाई प्रहरी नायब महानिरीक्षक रणबहादुर चन्दले ट्रफी प्रदान गरे।

त्यस्तैआर्मीले वीरगन्जविरुद्ध सहज जित निकाल्यो। पहिलो हाफमा कडा टक्कर दिएपनि वीरगन्जले दोस्रो हाफमा खेल देखाउन सकेन। पहिलो हाफ गोल गर्न नसकेको आर्मीले तीनै गोल दोस्रो हाफमा गरेको हो। मध्यान्तरपछि पाँचौं मिनेटमा आर्मीका कप्तान भरत खवासलेस्टार स्ट्राइकर नवयुग श्रेष्ठको पासमा गोल गरेका थिए।  त्यसको चार मिनेटपछि नै आर्मीका दीपक गुरुङले गोल थप्दै आर्मीको अग्रता दोब्बर पारे। वीरगन्जविरुद्ध पूरै हाबी भएको आर्मीबाटतेस्रो गोल दीप लामाले ३२ औं मिनेटमा गरेका थिए। खेलमा म्यान अफ दी म्याच आर्मीका भरत खवास भए। उनलाई दी फेमस दल गण भरतपुरका गणपति सुरेन्द्र सापकोटाले ट्रफी प्रदान गरे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस