काठमाडौं – आयोजक त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटबलको फाइनल पुगेका छन्। उपाधिका लागि शुक्रबार प्रतिस्पर्धा हुनेछ।
सेमिफाइनलमा बुधबार पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई ३–१ ले र आर्मीले सुदूरपश्चिमलाई ५–१ ले हराएका थिए।
पुलिसको जितमा निरु थापाले दुई र रुपा मगरले एक गोल गरे। आर्मी हेडक्वार्टर मैदानमा एपिएफले अनु लामाको गोलबाट अग्रता लियो। उनले १८औं मिनेटमा डी बक्सलाइनबाट गोल गरिन्। सुरुआती अग्रता भने एपिएफले जोगाउन सकेन। ४५औं मिनेटमा निरुले रिबाउन्डमा गोल गर्दै खेल बराबरीमा ल्याइन्।
निर्मला सुनुवारको लामो प्रहार एपिएफकी गोलकिपर अञ्जिला तुम्बाफो (सुब्बा) को हातबाट फुत्कँदा त्यसमै अनुले खाली पोस्टमा गोल गर्न सफल भइन्। पहिलो हाफमा पुलिसका दुई अवसर खेर गयो। पुलिसकी कप्तान चन्द्रा भण्डारीले १०औं मिनेटमा एपिएफकी गोलकिपरसँग वान भर्सेस वानमा बल पोस्ट बाहिर हानिन्। १४औं मिनेटमा निरुले एक्लो प्रयासमा पोस्ट नजिकै गएर हानेको बल गोलकिपरले फुत्काए पनि रक्षकले क्लियर गरेका थिए।
पहिलो हाफ १–१ को बराबरी भएपछि ७७औं मिनेटमा रुपाको गोलबाट पुलिसले अग्रता लियो। अमृता चौधरीको लामो रिबाउन्डमा रुपाले गोल गरिन्। ८५औं मिनेटमा पुलिसको अर्को महत्त्वपूर्ण अवसर खेर गयो। सरिता राईले गोलकिपरसँग वान भर्सेस वानमा हानेका बल पोलमा लागेर फर्कियो। इन्जुरी समयमा निरुले पुलिसका लागि तेस्रो गोल गरिन्। उनले एक्लो प्रयासमा बल अगाडि बढाउँदै गोलकिपर बिट गरेर खाली पोस्टमा गोल हानिन्।
पुलिसका प्रशिक्षक सन्देश श्रेष्ठले एपिएफलाई हराएपछि टोलीको मनोबल बढेको बताए। उनले भने, ‘टोली नियमित प्रशिक्षणमा छ। विभागले महिला फुटबल उकास्न धेरै सहयोग गरिरहेको छ। फाइनलमा आर्मीलाई हराएर उपाधि जित्नेछांै।’
एपिएफविरुद्धको खेल टोलीका लागि फाइनलसरह भएकाले खेलाडीले त्यहीअनुरुप मेहनत गरेर खेलेको प्रशिक्षक श्रेष्ठले बताए।
एपिएफका प्रशिक्षक नरकुमार राईले वैकल्पिक खेलाडी नहुँदा टोली कमजोर भएको बताए। उनले भने, ‘हामी ग्राउन्ड बल बढी खेल्ने गर्छौं। मैदान भिजेकाले ग्राउन्ड बल खेल्न गाह्रो भयो। कप्तान जमुना गुरुङ र पहिलो रोजाइकी गोलकिपर चन्द्रादेवी दाहाल नहुँदा पनि अप्ठेरो भयो।’
महिला फुटबलमा सफल टोली एपिएफ पहिलोपल्ट पुलिससँग धनगढीमा पराजित भएको थियो। गत पुसमा प्रथम महिला राष्ट्रिय लिगमा चन्द्रा भण्डारीले गोल गरेपछि पुलिसले एपिएफलाई १–० ले हराउँदै उपाधि जितेको हो।
त्यस्तै बुधबारै आर्मीले तेस्रो मिनेटमै सुदूरपश्चिमविरुद्ध अग्रता लियो। दीपा अधिकारीले आर्मीलाई अग्रता दिलाइन्। कृष्णा खत्रीले ११ र ६९औं मिनेटमा दुई गोल गरिन्। कविता धिमालले १८औं र भुजङ्गा राईले ९०औं मिनेटमा १–१ गोल थपेका थिए। सुदूरपश्चिमकी मीना चौधरीले ७१औं मिनेटमा एक गोल फर्काइन्। अब सुदूरले तेस्रो स्थानका लागि बिहीबार एपिएफसँग खेल्नेछ।