आमाका आँखामा आँसु देखेपछि मन थाम्न सकिनँ
०६ फागुन २०७२
•
८ मिनेट पाठ
आमाका आँखामा आँसु देखेपछि मन थाम्न सकिनँ
काठमाडाैं—बुधबार अपारन्ह ३ः५४ बजे बुद्ध एयरको फ्लाइट नम्बर यु४ ९५४ काे रूपमा एउटा जहाज भद्रपुरबाट काठमाडौंका लागि उड्यो। दक्षिण एशियाली खेलकूद (साग) मा भारतलाई हराएर स्वदेश फर्किएको फुटबलको राष्ट्रिय टोली त्यही उडानबाट काठमाडौं आइरहेको थियो। टोलीको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सयौं शुभेच्छुक राष्ट्रिय झन्डा बोकेर तैनाथ थिए। त्यही भिडमा रातो स्वेटर लगाएकी एक महिला ट्याक्सी पार्किङ क्षेत्रमा फुटबल टोलीलाई कुरिरहेकी थिइन्।एक जना सज्जन जस्ता देखिने पुरुषले तिनै महिलातर्फ देखाउँदै सुरक्षाकर्मीलाई अनुराध गरे, 'कृपया उहाँलाई स्वागत गर्न भित्रै जान दिनुहोस्।' कलाकार, विशिष्ट व्यक्तित्व एवं फुटबल समर्थकको भिड भइसकेको अवस्थामा प्रहरीले शिवकुमारी लामालाई अघि बढ्न दिएन।

'उहाँ फुटबल राष्ट्रिय टोली सदस्य विक्रम लामाकी आमा हुनुहुन्छ', फेरि ती व्यक्तिले प्रहरी समक्ष उनको परिचय गराइदिए। त्यसपछि बल्ल सानो फ्रेमको चस्मा लगाएकी शिवकुमारी आन्तरिक टर्मिनलको मुख्य ढोका तर्फ जान पाइन्।

लोकप्रिय खेल फुटबलमा नेपालको विजय, त्यसमाथि नाकाबन्दी गर्ने भारतविरुद्धको जितका कारण नेपालमा राष्ट्रिय टोलीको सम्मान निकै चुलिएको थियो। विमानस्थलमा जम्मा भएको भिडले त्यही सम्मान र नेपाली फुटबलप्रतिको भरोसा प्रतिविम्बित गर्दै थियो। करिब साढे ४ बजे बुद्ध एयरको फ्लाइट नम्बर यु४ ९५४ जहाज काठमाडौं विमानस्थलमा अवतरण गर्यो।

अन्य खेलाडी जस्तै राष्ट्रिय टोलीका मिड फिल्डर विक्रम लामाको गलामा पनि विशिष्ट महानुभाव र फुटबलका शुभेच्छुकहरुले खादा पहिराइदिए। आन्तरिक टर्मिनलको 'फिनिसिङ' नभइसकेको बाटो हुँदै टोली आइरहेको थियो। त्यही बीचमा राष्ट्रिय टोलीका मिड फिल्डर विक्रम लामा अप्रत्यासित रूपमा टक्क अडिए। त्यहाँ एउटा नसोचेको घटना भयो।
football2
'मैले कल्पना पनि गरेको थिइनँ स्वागत गर्न आमा विमानस्थलमै आइपुग्नु होला भनेर', नागरिकन्युजसँग कुरा गर्दै विक्रमले भने, 'म भिडमा हराइरहेको थिएँ उहाँले च्याप्पै समात्नु भयो।' राष्ट्रकाे शिर उचो पारेर फर्किएको छोरो भेट्नासाथ आमा शिवकुमारी खुशीले भावविभोर बनिन्। आँखामा आँसु छचल्किए। 'आमा एकदम खुशी भएर आउनुभएको रहेछ, भावुक भएर आउनु भएको रहेछ', उनले सुनाए, 'नेपालको खेल अघि मैले फेसबुक स्ट्याटस लेखेको थिएँ। मेरो उच्च प्रदर्शन आमा प्ररेरित हुनेछ— नेपाल आमा र मेरी आफ्नै आमा।'

एक्कासि तिनै आमाको आँखामा आँसु देखेपछि विक्रमलाई ठूलो झट्का लागे जस्तो भयो। मन ढक्क फुल्यो, शरीर तरङ्गित बन्यो। 'आमालाई त्यो अवस्थामा देखेपछि मैले आफूलाई रोक्नै सकिनँ। जन्मदिने आमाको त्यो खुशीमा म सानो केटाकेटी जस्तै हुन पुगेछु।' आमाछोरा बीचको त्यो आत्मीय मिलन देख्ने सुरक्षाकर्मी तथा अन्य अवाक देखिए।

काभ्रेबाट च्यासल, पाटन सरेको लामा परिवारका कान्छा छोरा विक्रमले भारतसँगको विजयपछि आमालाई फोन गरेर खुशी साटेका रहेछन्। नेपालको प्रत्येक खेलपछि भारतबाट उनले आमालाई फोन गरेका रहेछन्। 'फिलिङ्स भन्ने कुरा त मान्छेमा आउँदो रहेछ', अहिले उनलाई लाग्छ, 'फोन गरेर खुशी साट्नु एउटा कुरा भयो तर विमानस्थलमा आमालाई त्यसरी भेट्दा म अरु कोही थिइनँ। आमाको सानो बच्चा मात्र बाँकी रहन पुगेँछु।'
football
हुन त विक्रम आफ्नो पहिलो फुटबल प्रेरक पनि आमालाई नै मान्छन्। 'म त्यतिबेला च्यासलकै श्रमशान्ति उच्चमाविमा दुई कक्षामा पढ्थेँ। औपचारिक रुपमा त्यहाँ पढाई हुन्थ्यो म चाहिँ फुटबल खेल्ने साथी बनाउन स्कूल जान्थेँ', उनले २०५३ सालतिरको कुरा सम्झिए। च्यासल मैदानमा झुम्राको बल बनाएर फुटबल खेल्ने फुच्चे केटाहरुबीच तीक्ष्ण स्वभावका विक्रम आक्रमणक खेलाडी मानिन्थे। फुटबल खेल्दा कहिले जित हुन्थ्यो, कहिले हार। कहिले उनी टाउको फुटाएर घर फर्किन्थे। कहिलै हात फ्याक्चर हुन्थ्यो, कहिले खुट्टा मर्किन्थ्यो। तर त्यसबीचमा पनि एउटा कुरा भने सधैँ समान चलिरहन्थ्योे– आमाको स्नेह। 'आमाले कहिलै पनि मलाई यो नगर भन्नुभएन। मेरो दुखाईमा उहाँको सधैँ साथ रह्यो, सधैँ मेरो घाउमा मल्हम लगाइदिनुहुन्थ्यो', उनले सम्झिए, 'उहाँले सधैँ फुटबल खेल्न हौसला दिइरहनुभयो, कहिले घाउमा मल्हम लगाइदिएर त कहिले नयाँ फुटबल किनिदिएर।'

आमा प्ररेरित विक्रमको फुटबललाई च्यासल क्लबले व्यवसायिक दिशा दियो। त्यतिबेला ठूलो दाइ र आमाले बाहिर काम गरेको पैसाले लामा परिवारको आर्थिक भार धानिँदै आएको थियो। 'त्यो बेला म व्यवसायिक फुटबलतर्फ भर्खर पाइला टेक्दै थिएँ', उनले संघर्षका दिन सम्झिए, 'मेरो संघर्षका प्रत्येक खुड्किलामा आमाको साथ छ। त्यसलाई मैले मेरो ठूलो सम्पत्तिको रुपमा जगेर्ना गर्दै आएको छु।' विक्रमको फुटबल करिअर २०६४ सालदेखि ए डिभिजन क्लबमा उक्लियो। कुनै बेला जाउलाखेल युथ क्लबका खेलाडी उनी पाँच वर्षयता थ्री स्टार टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका छन्।

सागमा भारतलाई हराएर स्वर्ण पदक जित्दा उनको भूमिका उपकप्तानको रुपमा थियो। यो विजयलाई विक्रमले नेपाली फुटबलको ऐतिहासिक क्षणको रुपमा लिएका छन्। 'खेल्नुको अर्थ हार र जित अवश्य हो। नेपाली फुटबलमाथि संकट मडारिएको र सारा नेपाली निरास भएको अवस्थामा स्वर्ण पदकका लागि जित हासिल गर्दा छुट्टै महत्व हुने रहेछ, साँच्चै गर्व लाग्दो रहेछ', उनी भन्छन्, 'देशका लागि वास्तविक रुपमा खेल्नु र ठूलो ठानिएको प्रतिद्वन्द्वीलाई हराएर स्वर्ण जित्दाको क्षणबारे कसरी सुनाउने, कसरी व्यक्त गर्ने मसँग शब्द नै छैन।'

तस्विरहरू: दिनेश गाेले
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस