ज्याला माया मारेर खेलाडीको स्वागतमा
०५ फागुन २०७२
•
७ मिनेट पाठ
ज्याला माया मारेर खेलाडीको स्वागतमा
झापा— 'यहाँ के भयो हौ ? केको भीड हो यो ?,' चलाउँदै गरेको रिक्सा रोकेर उनले भीडतिर प्रश्न तेस्र्याए । 'दाइ, फुटबलमा भारतलाई हराउने टोली अहिले एकछिनमा यहाँ आइपुग्छ । उनीहरूलाई नै स्वागत गर्न बसेका हुन् सबै,' भीडबाट आएको उत्तर थियो यो । 'होइन होला हौ,' उनले पत्याएनन् । नजिकै उभिएका १ जना सशस्त्र प्रहरीलाई उनले सोधे, 'सर, त्यो अस्ति इन्डियालाई हराउने खेलाडी आउँदैछ रे हो ?'प्रहरीले पनि स्वीकृतिसूचक टाउको हल्लाएपछि उनको अनुहारको भाषा नै अलग भयो । 'ओ हो, त्यसो भए बसिन्छ यतै' भन्दै उनले रिक्सा एकछेउमा थन्क्याए । नजिकै उभिएका १ जना विद्यार्थीसँग अलिकति फुल मागेर त्यही लाइनमा उनी लामबद्ध बने, जहाँ लगभग १ घण्टादेखि सयौं सर्वसाधारण साग विजेता फुबटल टोलीलाई पर्खिरहेका थिए । काँकडभिट्टा–पानीट्यांकी रुटमा दिनहुँ रिक्सा ओहोरदोहोर गरेर गुजारा चलाउने मेचीनगर–११ का ५६ वर्षीय सुकदेव राजवंशीले बुधबार दिनभर काम छाडे । 'हामीलाई पारि जान पनि नदेर कस्तो दुःख दे'को थ्यो, हाम्रा खेलाडीले चखाइदिए,' लाइनमा बसेका उनी स्वादिलो शैलीमा भन्दैथिए, 'उनीहरूलाई यहीं भेट्न अरूबेला कहिले पाउनु ? बरु, १ दिन काम छाडिन्छ ।'




बुधबार यसरी ज्याला माया मारेर आफ्ना प्रिय युवा खेलाडीको स्वागतमा आउने मजदुर धेरै थिए । त्यसमा पनि रिक्सा मजदुर जो भारतको पानीट्यांकी नाकामा लगभग दिनहुँजसो भारतीय सुरक्षाकर्मी र स्थानीय गुण्डाको अपमान भोग्न बाध्य हुन्छन् । अझ नाकाबन्दी अवधिमा त उनीहरूले भोगेको सास्ती झन् ठूलो थियो । ठूला राजनीतिक मुद्दासँग विरलै मात्रै परिचित हुने यी निरक्षर मजदुर फुटबलको जितलाई नाकाबन्दीको जवाफ ठानेर दाँजिरहेका थिए । सायद उनीहरूभित्रको राष्ट्रियता यहाँ जागृत भइरहेको थियो । त्यसैले वृद्ध रिक्सा चालक पनि तन्नेरीसँग लय मिलाउँदै थिए, 'यो जित कसको ? नेपालको, कसले हा¥यो ? भारतले ।'

हात–हातमा पुष्पगुच्छा बोकेका हजारौं सर्वसाधारणले झन्डै ३ घण्टा लामो प्रतीक्षापछि आफ्ना खेलाडीलाई मेचीको पुलमा न्यानो स्वागत गरे । कोही अबिर बोकेका, कसैले खादा लिएकाहरूको भीड छलेर प्रहरी खेलाडी चढेको गाडी अघि बढाउने योजनामा थियो । उनीहरूले रोके र खेलाडीलाई बाहिर आउन भने । प्रशिक्षक राजु शाक्य बाहिर निस्कनासाथ उनलाई एउटा हुलले उचाल्यो र नारा लगायो, 'राजु तिमी अघि बढ, नेपाल तिम्रो साथ छ ।'

१२औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबल विजेता टोली स्वदेश आइपुग्नासाथ काँकडभिट्टामा उत्सवको माहोल सुरु भयो । जितको नारा घन्कियो । प्रत्येक खेलाडीलाई उचाल्दै सर्वसाधारणले अंगालो मारे । खादा लगाइदिए । धेरै युवा खेलाडीलाई उपस्थित अधिकांशले म्वाइँ नै खाइदिए । यो सबै दृश्य हेरिरहेका पाकाहरू यस्तो उत्सवको माहोल सहरमा कहिल्यै नदेखेको बताइरहेका थिए । 'आन्दोलन भयो, गणतन्त्र, प्रजातन्त्र आयो तर यस्तो माहोल कहिल्यै देखिएको थिएन,' मेचीनगर–१० का ७५ वर्षीय देवीप्रसाद उप्रेतीले भने, 'यी खेलाडीलाई आज सबैले आशिर्वाद दिइरहेका छन् । मैले पनि दिएँ ।' पाका, बालबालिका, युवा, राजनीतिज्ञ, विभिन्न पेशाकर्मी, मजदुर सबैले फुटबल खेलाडीलाई भव्य स्वागत गरे नाकामा ।

साग च्याम्पियन बन्न सफल नेपाली युथ–२३ फुटबल टिम गुवाहाटीबाट बाघडुग्रा विमानस्थल हुर्दै पूर्वी काँकडभिट्टा नाका भएर घर फर्किएको हो । हात–हातमा नेपाली राष्ट्रिय झण्डा बोकेकाहरूले न्यानो स्वागत दिँदा खेलाडी टोली पनि पुलकित थियो । 'काठमाडौंमा जितेर जाँदा यस्तो उत्सव देखिन्थ्यो,' टोलीका प्रशिक्षक शाक्यले भने, 'आज झापामा पाएको यो न्यानो माया हाम्रा लागि थप ऊर्जा बन्नेछ ।'

नेपाली फुटबलमा नवयुग सुरु भएको प्रतिक्रिया दिएका शाक्यले थपे, 'यो सुरुआत हो । हामीले अझै धेरै गर्नु छ ।'

मेचीपुलबाट मेची भन्सार परिसरसम्म दाँया–बाँया किनारमा सर्वसाधारण बसेका थिए । टोली गाडीबाट ओर्लिएलगत्तै गडगडावट ताली र हिपहिप हुर्रे, यो जीत कसको नेपालको' जस्ता नाराले स्वागत गरेका थिए । दिउँसो २ बजे काँकरभिट्टाको मेचीपुलमा आइपुगेको टोलीलाई नेपाल–भारत जोड्ने मेचीपुलको नेपाली भू–भागबाट हिँडाएर र बोकेर अबिर यात्रासहित काँकरभिट्टासम्म ल्याइएको थियो। फाइनलमा गोल गर्ने प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठलाई बोकेर–उचालेर स्वागत गरेका थिए। टोलीलाई इँटाभट्टा, धुलाबारी, चारआली, विर्तामोड, गरामनी हुँदै दिउँसो ३:५४ को बुद्घएयरमार्फत टोली राजधानी प्रस्थान गरेको थियो।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस