झापा-२३ वर्षपछि दक्षिण एशियाली फुटबलको उपाधि जित्न सफल यु–२३ टोली बुधबार घर फर्कदैँछ। सिलोङबाट नेपाली फुटबल टोली १२ बजे झापाको काँकडभिट्टा आइपुग्दैछ।साग फुटबलको फाइनलमा सोमबार चिरप्रतिद्धन्द्धी भारतमाथि २–१ को रवाफिलो जीत रचेको टोलीलाई झापामा भव्य स्वागत तथा अभिनन्दनको तयारी भइरहेको छ। जिल्ला खेलकुद विकास समितिको नेतृत्वमा यस्तो तयारी थालिएको अध्यक्ष शंकर थापाले जानकारी दिए।
दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय उपाधिको खडेरी मेटाउन सफल टोलीलाई जिल्लाका विभिन्न ठाउँमा सम्मानको कार्यक्रम पनि छ। 'टोली १२ बजे काँकडभिट्टा आइपुग्नेछ', अध्यक्ष थापाले भने 'त्यसपछि धुलाबारी, विर्तामोड हुँदै चन्द्रगढी विमानस्थलसम्म विजय र्याली आयोजना गरिनेछ ।' टोली अपरान्ह २ः५५ को विमानबाट राजधानीका लागि प्रस्थान गर्नेछ।
सोमबार सिलोङमा सम्पन्न साग फुटबलको फाइनलमा नेपालले १–० ले पछि परेको अवस्था उल्ट्याउँदै भारतमाथि २–१ को जीत हात पारेको थियो। नेपालका लागि प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले गोल गरेका थिए। विराज महर्जनको कप्तानीमा रहेको टोलीका प्रशिक्षक राजुकाजी शाक्य हुन्।