सेनाका खेलाडी राजेन्द्र भण्डारी त्यस्ता खेलाडी हुन्, जसले वैकुण्ठ मानन्धरपछि नेपाली एथलेटिक्समा अर्को क्षमतावान खेलाडीका रुपमा आफूलाई प्रमाणित गरे। यद्यपि उनको खेल जीवन उतारचढावपूर्ण रह्यो। भारतमा सन् २०१३ मा १२ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना हुने भनिए पनि त्यो समयमा हुन सकेन।आयोजना अनिश्चित भएपछि दुई वर्षअघि नै उनले सक्रिय खेलजीवनबाट अलग हुने निर्णय लिए। उनको विश्रामलाई धेरैले नेपाली एथलेटिक्समा एउटा सनसनीपूर्ण युगको अन्त्यका रूपमा पनि लिए। थुप्रै विवाद, त्योभन्दा बढी सफलता र अझ बढी संघर्षको कथामा उनको खेल जीवनले पूर्णविराम लिएको थियो। विवाद र सफलताका उनका शृखंला सागसँगै बढी सम्बन्धित छन्।
राजेन्द्र कीर्तिमानी म्याराथन धावक मानन्धरपछिका सफल एथलेटिक्स खेलाडी हुन्। एसियन अलस्टार च्याम्पियनसिपमा प्रथम भएका उनले सागमा ३ स्वर्ण र दुई रजत पदक जितेका छन्। तर, सन् २००६ मा श्रीलंकामा भएको दसौं सागमा ५ हजार मिटर दौड र ३ हजार मिटर स्टेपल चेजमा जितेको स्वर्ण पदक डोपिङमा असफल भएपछि खोसिएको थियो। डोपिङका कारण उनलाई अन्तर्राष्ट्रिय एमेच्योर एथलेटिक्स संघ (आइएएएफ) ले दुई वर्षको प्रतिबन्ध लगायो। 'मैले जानेर प्रतिबन्धित औषधि प्रयोग गरेको थिइनँ। तर, डोपिङमा असफल भएपछि प्रतिबन्ध लाग्नु स्वाभाविक थियो,' उनले स्विकारे, 'नेपालमा डोपिङको त्यो पहिलो घटना थियो। त्यसले मलाई अभियुक्तका रूपमा उभ्याउने प्रयास भयो। बाटोमा हिँड्नसमेत गाह्रो भयो। नखेलेकै भए हुन्थ्यो भन्नेसम्म अवस्था आयो।'
मध्यम दुरीमा स्थापित राजेन्द्र प्रतिबन्धको दुई वर्षपछि फर्कंदा लामो दूरीका धावक भएर प्रस्तुत भए। 'प्रतिबन्धकै समयमा मलाई विभागले शान्तिसेना पठायो। त्यहाँ मैले लगातार प्रशिक्षण गरंे,' नेपाली सेनाको कर्मचारी हुनुको फाइदा उनलाई पर्याप्त भयो, 'प्रतिबन्ध सकिएपछि म ट्र्याकमा फर्किन हतारिएको थिएँ। तर, मध्यम दूरीका प्रतियोगिता नहुने र म्याराथन नियमित हुने भएकाले हतारमा मैले विधा नै फेरेँ।'
काठमाडौं अन्तर्राष्ट्रिय म्याराथनमार्फत पुनरागमन जनाउँदा पहिलोपटक नै स्वर्ण जितेपछि राजेन्द्रको मनोबल अकासियो। 'त्यो जितेपछि म्याराथन पनि सकिन्छ भन्ने विश्वास बढ्यो र यसैलाई निरन्तरता दिए,' उनले सम्भि्कए।
पछिल्लोपल्ट सन् २०१० मा बंगलादेशमा सम्पन्न ११औं सागको म्याराथनमै प्रतिस्पर्धा गरेर स्वर्ण जिते पनि आयोजकको कमजोरीका कारण उनको विधा परिवर्तन भएको थियो। आयोजकले रुट नाप्ने क्रममा गरेको गल्तीका कारण राजेन्द्रको स्वर्ण म्याराथनबाट रोड रेसमा परिवर्तन गरिएको थियो। तर, उनले त्यही स्वर्ण पदक जितेर डोपिङको दाग पखालेका थिए। जसका कारण उनलाई त्यो पदक निकै आत्मीय लाग्छ।
'दसौं सागपछिका दिन मेरा लागि निकै पीडादायक रहे। तर, म फर्कनेमा दृढ थिएँ। सेना र परिवारको साथले फेरि जित्नेमा विश्वस्त थिएँ,' उनले स्मरण गरे, 'अन्तत म सफल भएँ। आयोजकको कमजोरीले म्याराथनमा कीर्तिमान बनाउनबाट चुकंे।' म्याराथन (४२.१९२ किलोमिटर) भनिए पनि आयोजकका गल्तीका कारण प्रतिस्पर्धीले पूरा दौडन पाएनन्। पछि त्यसलाई रोड रेसको मान्यता दिँदै पदक वितरण गरिएको थियो। 'त्यतिबेला मेरा लागि पदक महत्वपूर्ण थिएन। म दाग पखाल्न सफल भएकोमा बढी खुसी थिएँ। डोपिङमा असफल भएपछि त्यो दुई वर्ष म रगतको आँसुमा डुबेको थिएँ,' उनले सम्भि्कए, 'कम्तीमा त्यो बोझबाट मुक्त भएकोमा बढी आनन्द लाग्यो।'
२०५१ सालमा सेनामा भर्ती भएपछि राजेन्द्रको खेलजीवन सुरु भएको थियो। सेनाको आन्तरिक प्रतिस्पर्धाबाट चुनिँदै उनले पहिलोपल्ट २०५४ को चौथो राष्ट्रिय खेलकुदमा भाग लिए। १९९९ मा स्वदेशमा भएको आठौं साफको ३ हजार मिटर स्टेपल चेजमा उनी चौथो भए। त्यो उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। पहिलो प्रयासमा असफल भए पनि उनले हिम्मत हारेनन्। २००४ मा पाकिस्तानमा सम्पन्न नवौं साफमा ५ हजार मिटर र ३ हजार मिटर स्टेपल चेज दुवैमा रजत पदक जिते। त्यही वर्ष एथेन्स ओलम्पिक खेलेका उनी सिंगापुरको एसियन अलस्टार च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल भएका थिए।