झापा- फ्यान्स क्लब बिआरसी भुटानले काँकडभिट्टा गोल्डकप फुटबलको फाइनलमा बिर्तामोड युनाइटेडसँगको भेट निश्चित गरेको छ। बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा दार्जिलिङ–११ लाई ३–० ले हराउँदै बिआरसीले फाइनल तय गरेको हो।यसअघि नै राष्ट्रिय लिग फुटबलको चौथो टोली झापा–११ को सेट नै मैदानमा ओरालेको बिर्तामोड युनाइटेड क्लब फाइनलमा पुगिसकेको छ। कर्ण लिम्बुको दुई गोल मद्धतमा बिर्तामोडले बुधबार चर्च ब्वाइज युनाइटेडलाई २–० ले पराजित गरेको थियो।
शनिबार हुने फाइनलमा दुवैको ध्यान १ लाख १ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी जित्नेमा हुनेछ। उपविजेताले ५१ हजार पाउनेछ।
बिहीबार बिआरसीले दार्जिलिङविरुद्ध एकतर्फी जित निकाल्यो। नेपालका विभिन्न क्लबबाट खेल्दै आएका चार नाइजेरियन खेलाडीलाई पहिलो रोजाइमा उतारेको बिआरसीको निर्णय उनीहरूले सही साबित गरिदिए। सेगुन, भिक्टोर र ओलावालेले १–१ गोल गरेका थिए। सेगुनले ३० औं मिनेटमा गोल गरे। १८ यार्ड नजिकै प्राप्त फ्रिकिकमार्फत गोल गरेर खाता खोलेका थिए। उनले प्रहारले सिधै जाली चुम्दा दार्जिलिङका गोलरक्षक जोसेफ शेर्पा हेरेको हेर्यै भए। दार्जिलिङले गोलका केही निश्चित अवसर खेर फाल्दा बिआरसीले त्यसको फाइदा उठायो। ३४ औं मिनेटमा दार्जिलिङका लाक्पा तामाङले विपक्षी गोलरक्षक विनय श्रेष्ठ बिट भइसकेको अवस्थामा प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो। लगत्तै उनैको क्रसलाई अर्पण राईले हेडबाट प्रहार गर्दा गोलरक्षक विनयले बचाए।
दिनेश कार्कीको कप्तानीमा विष्णु सुनुवार, रुपेश केसी, सुवास लामा, राज पौडेल, वर्तमान राई जस्ता खेलाडी लिएर उत्रिएको बिआरसीले दार्जिलिङलाई सुरुदेखि नै दबाबमा राखेको थियो।
लगातार पोस्ट आक्रमणमा जुटेको बिआरसीका लागि सेगुनले ४१ औं मिनेटमा वान भर्सेज वानको अवसर खेर फाले। तर, अधिकांश समय विपक्षी पोस्ट नजिकै बल होल्ड गरेको बिआरसीलाई पर्याप्त गोल सम्भव भयो। ४९ औं मिनेटमा ओलावालेले रिबाउन्ड भएको बल हेड गर्दा गोल भयो। त्यसको १० मिनेटपछि मध्यभागबाट सेगुनले दिएको पास नियन्त्रणमा लिँदै अर्का नाइजेरियन खेलाडी भिक्टोरले तेस्रो गोल गरेका थिए। दुई रक्षक र गोलकिपरबीचैबाट भिक्टोरको प्रहार गोलमा परिणत भएको थियो। म्यान अफ द म्याच बिआरसीका कप्तान दिनेश कार्की भए।