काठमाडौं- भारतमा हुने साफ च्याम्पियनसिप फुटबलको तयारीस्वरुप बिहीबार हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल नेपाली राष्ट्रिय फुटबल टोलीका लागि फलदायी हुने प्रशिक्षक प्याट्रिक ओजेम्सको विश्वास छ ।'प्रतियोगिताको एक हप्ताअघि हुने यस मैत्रीपूर्ण खेलले टोलीलाई फाइदा पुग्नेछ,' ओजेम्सले बुधबार बंगलादेशमा भएको पत्रकार सम्मेलनमा भनेका छन्, 'हामीले यसबीच अभ्यास खेलबाहेक उच्चस्तरीय खेल खेलेका थिएनौं । तर, ढिलो भए पनि यो खेल खेल्न गइरहेका छौं, त्यसमा म खुसी छु । यसले नेपाली टोलीलाई फाइदा पु¥याउने छ ।'
नेपाली टोलीका पूर्वकप्तान सागर थापासहित उपकप्तान सन्दीप राई, रितेश थापा र पूर्व राष्ट्रिय खेलाडी अन्जन केसी र विकाससिंह क्षेत्रीलाई खेलमिलेमतोको आरोपमा एसियाली फुटबल संघ (एएफसी) ले आजीवन प्रतिबन्ध लगाएपछि नेपाली फुटबल टोली पहिलोपल्ट अन्तर्राष्ट्रिय खेलमा उत्रँदैछ । नेपालले एकसाथ प्रशिक्षक र कप्तान नयाँ पाएको छ ।
६ वर्षपछि नयाँ कप्तान अनिल गुरुङलाई पाएको नेपाली टोलीले नयाँ प्रशिक्षक ओजेम्सको प्रशिक्षणमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । सोमबार अनिलको कप्तानीमा २० सदस्यीय टोली घोषणा गरेका ओजेम्सले कम अनुभवी र नयाँ खेलाडीको बाहुल्य भए पनि बंगलादेशसँग हुने खेलमा टोलीको प्रदर्शन राम्रो हुनेमा विश्वास व्यक्त गरे ।
'टोलीमा कम अनुभवी खेलाडीको बाहुल्य भए पनि उनीहरू प्रतिभाशाली छन् । १२ जनाले एउटामात्र अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यद्यपि दुई महिनामात्र तयारी गर्न पाए पनि हाम्रो प्रदर्शन राम्रो हुनेमा विश्वस्त छु,' मैदान बाहिर भइरहेका घटनाक्रमले टोलीमा खासै प्रभाव नपारेको बताउँदै ओजेम्सले भने, 'हाम्रो सम्पूर्ण ध्यान मैदानभित्र हुने टोलीको प्रदर्शनमा केन्द्रित छ । मैदान बाहिरका घटनाक्रमका बाबजुत मेरा खेलाडी उच्च मनोबल लिएर खेल्न तयार छन् ।'
नेपालको बंगलोदशसँग विगतको नतिजा त्यति राम्रो छैन । यसअघि भएका १६ मध्ये ६ खेलमात्र नेपालको पक्षमा आएको छ । एक बराबरी खेलेको नेपालले बाँकी खेल गुमाएको छ ।
साफ च्याम्पियनसिप तयारीका लागि नेपालले ढिलोमात्र बंगलादेशसँग मैत्री खेल खेल्ने निश्चित गरेको थियो । ढिलो मैत्रीपूर्ण खेलबारे निर्णय भएकाले आफूले बंगलादेश टोलीको राम्रो अध्ययन गर्न नपाएको प्रशिक्षक ओजेम्सले बताए ।
'मैले दक्षिण एसियाली फुटबलबारे थाहा पाएको केही महिनामात्र भएको छ । म समूह 'ए' का प्रतिद्वन्द्वी टोली भारत र श्रीलंकाको अध्ययनमा व्यस्त थिएँ,' उनले थपे, 'केही दिनअघि मैले यस मैत्रीपूर्ण खेलबारे थाहा पाएकाले मसँग विपक्षी टोलीबारे थोरै मात्र जानकारी छ ।'
कप्तान अनिल गुरुङले साफअघि हुने मैत्रीपूर्ण खेलले नेपाल र बंगलादेश दुवै टोलीलाई फाइदा पुग्ने बताए ।
'प्रतियोगिताअघि हुने यो मैत्रीपूर्ण खेलले दुवै टोलीको तयारीमा सहयोग पुग्नेछ र हाम्रा लागि कमजोरी सुधार्ने राम्रो अवसर पनि हो,' सिनियर खेलाडीको प्रतिबन्ध र कम अनुभवी टोलीबारे खेलअघि स्थानीय सञ्चारकर्मीको जवाफ दिनेक्रममा अनिलले भने, 'सागर थापा उत्कृष्ट हुनुका साथै अनुभवी खेलाडी हुन् । उनको अभाव रहे पनि हामी सम्पूर्ण घटना बिर्साउने गरी प्रदर्शन गर्नेछौं ।'
साफ च्याम्पियनसिप प्रतियोगिताको सबै संकरणमा भाग लिएको नेपालले ग्राहम रोबर्ट र ज्याक स्टेफानोस्कीको प्रशिक्षणमा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । नयाँ प्रशिक्षक ओजेम्सले पनि भारतमा पुस ८ बाट हुने प्रतियोगितामा टोलीले राम्रो प्रदर्शन गर्नुका साथै नतिजा पनि निकाल्ने विश्वास व्यक्त गरेका छन् ।
'श्रीलंकाविरुद्धको खेल हाम्रो लागि महत्वपूर्ण हुनेछ । सुरुआती खेलबाटै राम्रो गर्नेमा हामी ध्यान केन्द्रित गर्नेछौं र आशा छ अबको साता दिनमै बंगलादेशसँग पुनः खेल्नेछौं ।'
साफ प्रतियोगितामा नेपाल आयोजक भारत र श्रीलंकासम्मिलित समूह 'ए' मा छ । समूह 'बी' मा साबिक विजेता अफगानिस्तान, बंगलादेश, भुटान र माल्दिभ्स छन् ।
पाकिस्तानले अन्तिममा आफ्नो नाम फिर्ता लिएपछि नेपालको समूहमा तीन टोलीमात्र भएको हो ।
मैत्रीपूर्ण खेलपछि तीन दिन ढाकामै बन्द प्रशिक्षणमा रहेर नेपाली टोली पुस ६ मा आयोजनास्थल प्रस्थान गर्नेछ ।