काठमाडौं- भारतीय नाकाबन्दीका कारण नेपाली नागरिक इन्धनको चरम संकटमा गुजि्रइरहेका बेला नेपालको एकदिने भ्रमणमा आएका विश्व फुटबलका चर्चित सुपरस्टार डेविड बेकह्यामले शुक्रबार भक्तपुरमा केहीबेर सफा टेम्पो चलाए।
राष्ट्रसंघीय बालकोष, युनिसेफ र बिबिसीले संयुक्त रूपमा बनाउन लागेको डकुमेन्ट्री सेभेनको सुटिङका लागि नेपाल आएका उनले सल्लाघारीदेखि भक्तपुर दरबार स्क्वायरसम्म सफा टेम्पो चलाउने अनुभव लिए। बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका इङ्ल्यान्ड राष्ट्रिय टोलीका पूर्वकप्तानलाई सयौंको संख्यामा उपस्थित नेपाली समर्थकले स्वागत गरेका थिए। तर, आयोजकले उनलाई कडा सुरक्षा व्यवस्थाबीच सोझै भक्तपुरका लागि हरियो नम्बर प्लेटको टोयोटा हायास भ्यानमा राखेर लगेका कारण बेकह्याम र समर्थकबीच कुनै अन्तरक्रिया हुन पाएन।
सुरक्षाकर्मीका चार मोटरको कारगेटबीच उनलाई बोकेको हायास सल्लाघारीमा पुगेर रोकियो। त्यहाँ पहिल्यै उनको प्रतीक्षामा एउटा खाली सफा टेम्पो थियो। हायासबाट ओर्लिएपछि बेकह्याम सोझै सफा टेम्पोतिर लागे। नेपालमा इन्धनको संकट चलिरहेका बेला बेकह्यामलाई वातावरणमैत्री सवारी चलाउन लगाएर जनचेतना फैलाउन खोजिएको बताइएको छ। चालक सिटतिरको ढोका खोले र आफैले चलाएर टेम्पोलाई भक्तपुर दरबार स्क्वायर नजिकैको श्री पद्म मावि पुगे। कडा सुरक्षा व्यवस्थाबीच पद्म मावि पुगेका उनलाई स्कुलमा स–साना विद्यार्थीले अबिर तथा नेपाली टोपी लगाएर स्वागत गरे। विद्यालयमा पुगेपछि उनले केहीबेर विद्यार्थीसँग टेबलटेनिस खेल्नुका साथै सामान्य छलफल पनि गरे।
पद्म माविपछि पाँचतले (न्यातापोल) मन्दिरअगाडि फुटबल खेल्ने उनको कार्यक्रम थियो। तर, बेकह्याम त्यहाँ पुग्नुअघि नै स्कुलदेखि पाटन दरबार क्षेत्रका सबै चोक र गल्ली हजारौं समर्थकको भिडले खचाखच भइसकेको थियो। जसका कारण म्यानचेस्टर युनाइटेड, रियाल मड्रिड, एसी मिलान, पेरिस सेन्ट जर्मेन (पिएसजी), लस एन्जल्स ग्यालेक्सीजस्ता महारथी टोलीका पूर्व सुपरस्टारलाई दरबार स्क्वायर पुर्याौउन स्कुलको पछिल्लो ढोका प्रयोग गर्नुपरेको थियो।
दरवार स्क्वायरमा पुगिसकेपछि पनि समर्थकको बाक्लो भिडका कारण उनी धेरैबेर हायासबाट ओर्लिएनन्। सुरक्षाकर्मीले भिड व्यवस्थापन गरेर खेल्ने ठाउँ खालि गरिसकेपछि करिब १० मिनेट मोटरमै रहेका बेकह्याम समर्थकलाई हात हल्लाउँदै ओर्लिए। बेकह्यामसँग खेल्नका लागि पद्म माविकै विद्यार्थी तयार थिए। सात सात खेलाडीको दुई समूह बनाएर झन्डै १० मिनेटको खेल सञ्चालन गरिँदा बेकह्याम एक टिमका खेलाडी थिए। तर, मैदानमा उनी आफ्नो प्रिय ७ नम्बर जर्सीमा थिएनन्। त्यसो त उनले २३ नम्बर पनि लगाएका थिएनन्। ३२ नम्बरको जर्सी पनि उनको शरीरमा थिएन। कालो टिसर्ट र क्रिम कलरको पाइन्टमै उनले बालबालिकासँग फुटबल खेले। खेलमा बेकह्यामले एक गोल पनि गरे। मैदानमा फ्रि–किक, कर्नर र क्रसका लागि बेकह्याम माहिर मानिन्छन्। तर, शुक्रबार उनी त्यसैमा चुके। पाएको एउटा फ्रि–किकमा बेकह्यामले गोल गरेनन्।
इङ्ल्यान्डको राष्ट्रिय टोली तथा करिअरको उत्कर्षमा रहँदा खेलेको क्लब म्यानचेस्टर युनाइटेडमा बेकह्यामले ७ नम्बर जर्सी लगाउने गरेका थिए। २००४ मा रियाल मड्रिड जाँदा ७ नम्बर जर्सी उनका लागि उपलब्ध थिएन। ७ नम्बर नपाएपछि बास्केटबलका सुपरस्टार माइकल जोर्डनप्रति समर्पित गर्दै रियालमा उनले २३ नम्बर जर्सी लगाए। लस एन्जल्स ग्यालेक्सीमा त्यही नम्बरले निरन्तरता पायो। तर, एसी मिलान तथा पिएसजीबाट खेल्दा भने बेकह्यामले ३२ नम्बर जर्सी लगाए। राष्ट्रिय टोलीबाट खासै सफलता पाउन नसके पनि क्लब फुटबलमा भने बेकह्याम निकै सफल खेलाडी हुन्।
सेभेनको सुटिङका लागि उनले सात देशको भ्रमण गर्ने कार्यक्रमअनुसार नेपाल दोस्रो गन्तव्य बनेको हो। यसअघि उनले पपुवा न्युगिनीमा यस्तै भ्रमण गरेका थिए। यसपछि उनले अर्न्टाटिका, अर्जेन्टिना, जिबौटी र अमेरिका भ्रमण गरेपछि ओल्ड ट्राफोर्डमा अन्तिम उपकारी खेल खेल्नेछन्।