खोटाङ– ओखलढुंगाको थाक्ले–८ सोक्माटारस्थित दुधकोसी किनारमा आयोजना गरिएको व्याकुल माइला गोल्डकपको उपाधी हिलेपाली फुटबल क्लब इमाडोल ललितपुरले जितेकाे छ।

मंगलबार सम्पन्न प्रतियोगीतामा फूलबारी युवा क्ल्व जाक्मा थाक्लेलाई शून्यका बिरुद्ध ३ गोल अन्तरले पराजित गर्दै हिलेपाली फुटबल क्लबले ५० हजार राशीको पहिलो उपाधि हात पारेको हो । खेलमा फूलबारी युवा क्ल्व दोश्रो स्थान प्राप्त गरेको छ ।
कार्तिक–९ गतेदेखि सुरु गरिएको प्रतियोगीतामा त्रिबेणी सामुदायीक बचत तथा ऋण सहकारी संस्था रत्नावती–३ सिन्धुलीले तेश्रो स्थान प्राप्त गरेको छ । प्रतिद्धन्द्धीकारुपमा रहेको सप्तरंगी प्रभात युवा परिवार उँबु फकुल खेल नखेली बाहिरिएपछि त्रिबेणी युवा समुहले 'वाक ओभर' पाएर तेश्रो स्थान हाँसिल गरेको व्याकुल माईला गोल्ड कप मूल आयोजक समितिका कोषाध्यक्ष नबिनकुमार राईले बताए । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने समुहले क्रमशः ५०, ३० र २० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् । अनुशासित टिमको उपाधि उदयपुर खेलकुद समुह मानेभञ्ज्याङ–७ ओखलढुंगाले पाएको छ । राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा उनकै जन्मथलोमा २०६८ सालदेखि हरेक वर्ष व्याकुल माईला गोल्ड कप सञ्चालन हुँदै आएको छ ।
प्रतियोगीतामा हिलेपानी फुटबल क्लबका स्ट्राइकर राजु राईले बेस्ट स्ट्राइकर, हिलेपानी फुटबल क्लवकै अभिशेष बरालले उत्कृष्ट किपर, सोही क्लवका शुसान्त श्रेष्ठले सर्वाधिक गोलकर्ता, नयाँ नेपाल सरोकार समाजका भूमीराज राईले उत्कृष्ट मिडफिल्डर, नयाँ नेपाल सरोकार समाजकै बादल राईले उत्कृष्ट खेलाडी र फुलबारी युवा क्ल्वका बिमल राईले उत्कृष्ट डिफेन्डरको उपाधि हात पारेका छन् ।
बिजयी टिम र खेलाडीलाई ओखलढुंगाका स्थानीय बिकास अधिकारी सत्रुघ्नप्रसाद पुडाशैनीले पुरस्कार बितरण गरे । 'खेलकुदको माध्यमबाट विकासको अभियान' भन्ने नारा सहित सञ्चालन गरिएको प्रतियोगीता हिलेपानी फटबल क्लब थाक्लेको आयोजनामा भएको हो । गोल्डकप सभाषद रामहरि खतिवडा र राष्ट्रिय गानका सर्जक व्याकुल माईलाले संयुक्तरुपमा उदघाटन गरेका थिए ।