काठमाडौं- टोपबहादुर विष्टले राष्ट्रिय लिगमा डेब्यु गोल गर्दा शुक्रबार सशस्त्र प्रहरीको एपिएफ क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई ३–० ले हराउँदै उपाधि दौडमा कायम राखेको छ।
एपिएफको जितमा टोपबहादुरले दुई गोल गरे भने भेट्रान खेलाडी गणेश लावतीले अर्को गोल थपेका थिए। पहिलो रोजाइका अधिकांस खेलाडी घाइते हुँदा लिगमा कमजोर प्रदर्शन गरिरहेको महारथी पुलिसले सातौं हार बेहोरेको छ।
एपिएफ ११औं खेलमा छैटौं जित निकाल्दै २० अंकसहित चौथो स्थानमा उक्लिएको छ। दुई खेल बढी खेल्दै २४ अंकसाथ झापा शीर्ष स्थानमा छ। दोस्रो स्थानको थ्री स्टारसँग १२ खेलबाट २३ अंकछ। १२ खेलबाटै आर्मी२१ अंक बटुल्दै तेस्रो स्थानमा छ। योस्थितिमा एफिएफले बाँकी सबै खेल जित्दा उपाधि हत्याउने सम्भावना कायमै रहन्छ। पाँचौं स्थानको मनाङ मर्स्याङ्दीले ११ खेलबाट १९ अंक बनाएको छ।
लगातार तेस्रो हार बेहोर्दा पुलिस उपाधि होडबाट बाहिरिसकेको छ। पुलिसको खेलले अन्य टोलीको उपाधि दौडलाई भने असर पार्नेछ। पुलिसले मनाङ, मोरङ र आर्मीसँग खेल्न बाँकी छ। पुलिसका चोटबाट मैदान बाहिरका खेलाडी टोलीमा फर्कने क्रममा रहेको हुँदा उपाधि दाबेदार मानिएको आर्मीको यात्रा कठिन हुनसक्छ।
'घाइते हाम्रा खेलाडी विस्तारै चोटमुक्त हँुदैछन्। सबै खेलाडी फर्किएपछि हामी जस्तो नतिजा पनि निकाल्न सक्छौं,' पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने, 'जति पछि भयो, त्यति हाम्रा खेलाडी चोटमुक्त हुँदै जानेछन्। त्यसैले अन्तिममा खेल्ने आर्मीले दुर्भाग्य भोग्नु पर्न सक्छ।'
सबै क्षेत्रमा कमजोर देखिएको पुलिसमाथि एपिएफ सुरुबाटै हाबी बन्दा १० औं मिनेटमा टोपबहादुरले टोलीलाई अग्रता दिलाए। ओभरल्यापमा आएका एपिएफ रक्षक टोपबहादुरले हेमन गुरुङको पासमा गरेको प्रहार विपक्षी गोलकिपर रोशन खड्कालाई कुनै मौका नदिई गोलमा परिणत भयो। दोस्रो हाफको दोस्रो मिनेटमै उनले अग्रता दोब्बर पार्दा गणेश लावतीले नवीन लामाको पासमा हेडबाट अर्को गोल थपेका थिए। मोरङविरुद्ध ह्याटि्रक पूरा गरेका लावतीको लिगमा यो पाँचौं गोल हो।
'जितबाट म खुसी छु, खेलाडीले राम्रो प्रदर्शन गरे,' एपिएफका प्रशिक्षक कृष्ण थापाले भने, 'हाम्रो उपाधि होड कायमै छ। अब हुने मनाङविरुद्धको खेलमा राम्रो नतिजा निकाल्यौं भने लिगले नयाँ मोड लिनसक्छ।'
आर्मीविरुद्धको खेलमा घाइते एपिएफका फरवार्ड रञ्जन केसी अझै दुई खेलसम्म फर्कने सम्भावना नरहेको थापाले बताए। यस्तो अवस्थामा अर्का फरवार्ड अञ्जन विष्ट यु–१९ एफिसी च्याम्पियनसिप छनोटका लागि इरान जाँदा एपिएफको अग्रपंक्ति केही कमजोर बनेको छ। यद्यपि प्रशिक्षक थापाराम्रो नतिजा निकाल्नेमा आशावादी देखिन्छन्।
खेलाडीको चोटबाट गु्रजिरहेका पुलिसका प्रशिक्षक श्रेष्ठले टोलीले शुक्रबार सबैभन्दा खराब प्रदर्शन गरेको बताए। 'दोस्रो रोजाइका खेलाडीलाई निरन्तर खेलाउँदा पूर्ण क्षमतामा प्रदर्शन गर्न सकेनन्,' श्रेष्ठले भने, 'आज हाम्रो सबैभन्दा खराब प्रदर्शन रह्यो। बेन्चमा पनि खेलाडी कमीले परिवर्तन गर्दा उनीहरूको पोजिसनमै समस्या आउँछ। मुख्य खेलाडीबिना पनि टोलीले गरेको प्रदर्शनमा म सन्तुष्ट छु। तर, नतिजा भने निराशजनक रह्यो।'
राष्ट्रिय लिगमा शनिबार कुनै खेल हुनेछैन भने आइतबार एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मीविरुद्ध मोरङ र थ्री स्टारविरुद्ध लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ।