झापा- रेडबुल राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लबको अपराजित यात्रा झापा आइपुगेर टुटेको छ।
घरेलु टोली रमपम झापा–११ ले शुक्रबार ९ खेलसम्म अपराजित आर्मीलाई २–१ ले पराजित गरेको छ। झापाले आर्मीसँगको पुरानो पीडा मात्रै बिर्सेन, लिगतालिकाको शीर्ष स्थानमा पुनरामगन गरेको छ।
काठमाडौंमा भएको पहिलो चरणको खेलमा आर्मीले झापालाई १–० ले हराएको थियो। पछिल्लो ४ खेलमा झापाको यो पहिलो जित हो।
अघिल्लो दिन बिहीबार बुद्ध एयर मोरङलाई हराउँदै रुस्लान थ्री स्टार क्लब शीर्ष स्थानमा उक्लेको थियो। जसका कारण झापा दोस्रो स्थानमा झरेको थियो। तर, दोस्रो स्थानमा झरेको २४ घन्टा नबित्दै झापा पुनः शीर्षमा पुग्न सफल भएको छ। आर्मी र झापाको खेल बिहीबारकै लागि तय थियो। नियमित लिग भइरहेको डोमालाल राजवंशी रंगशालाको मैदान वर्षाका कारण हिलाम्ये हुँदा खेल स्थगित गरिएको थियो। त्यही खेल शुक्रबार सुरुङ्गाको मैदानमा भएको हो।
१२ खेलमा ६ जित तथा ३ बराबरी र त्यति नै हार बेहोरेको झापाको २१ अंक पुगेको छ। २ खेल कम खेलेका थ्री स्टार (१९) दोस्रो र आर्मी (१७) तेस्रो स्थानमा छन्।
पहिलो मिनेटमा प्राप्त पेनाल्टी सदुपयोग गर्दै अग्रता लिएको झापाले आर्मीलाई खेलमा फर्कने अवसर नै दिएन। पेनाल्टीमा कर्ण लिम्बुले गोल गरेका हुन्।
आर्मीका गोलकिपर विकेश कुथुले पेनाल्टी बक्समा कर्णलाई लडाएपछि झापाले पेनाल्टी पाएको थियो। सुरुआती गोलबाट हौसिएको झापाले आर्मीको पोस्टमा आक्रमण जारी राख्यो । फलस्वरुप टोली १२ औं मिनेटमा अर्को गोल थप्न सफल भयो। गणेश खड्काले गोल गरे। दिनेश कार्कीको कर्नर प्रहारलाई म्यान अफ दी म्याच कर्णले मिलाइदिएपछि गणेश गोल गर्न सफल भए।
झापाका प्रशिक्षक भगिरथ आले पहिलो हाफकै अग्रतालाई जितको आधार मान्छन्। 'मैले हरेक पटक पहिलो हाफमै गोल निकाल्न खेलाडीलाई सुझाव दिइरहन्छु। अग्रता लिन सके दबाब विपक्षीमा पर्छ। आर्मी जस्तो बलियो टोलीसँग मध्यान्तरअघि २–० को अग्रता लिएपछि नतिजा निक्लियो,' उनले भने, 'पछिल्ला तीन खेलमा हामीले त्यति राम्रो प्रदर्शन गर्न सकेका थिएनौं। तर, आज सबैले मिहिनेत गरेर खेल्दा नतिजा पनि निस्कियो।'
२–० ले पछि परेको आर्मीले खेलमा फर्कन कडा मिहिनेत गर्दा पनि सफल हुन सकेन। खेलभर आर्मीका सातवटा प्रहार झापाका गोलकिपर दिनेश थापामगरले बिफल पारे। खेलको अन्तिम समयमा आर्मीका जितेन्द्र कार्कीले फर्काएको एक गोल सान्त्वनामा मात्र सीमित रह्यो।
आर्मीका प्रशिक्षक मेघराज केसीले सुरुआतमै दुई गोल खाएपछि टोलीमाथि दबाब परेको बताए। 'यो मैदानमा हामीले पहिलोपल्ट खेलेका हौं। पहिलो मिनेटमै पेनाल्टीमा गोल खायौं। सेट नहुँदै अर्को गोल खाएपछि टोली दबाबमा आयो,' उनले भने, 'मौका पाउँदा पनि गोल हुन सकेन। दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्यौं । ५०/५० कै अवस्था रह्यो। अन्तिममा गोल फर्कायौं। त्यति बेला ढिला भइसकेको थियो।'
शुक्रबारको नतिजाले लिगको उपाधि दौड थप खुला भएको केसीले बताए। 'हामीले जितेको भए सम्भवतः झापा उपाधि दौडबाट बाहिरिन सक्थ्यौं,' उनले भने, 'हाम्रो हारपछि चार टोलीबीच प्रतिस्पर्धा हुने देखिन्छ।'
झापाले घरेलु मैदानमा आइतबार नेपाल पुलिससँग खेल्नेछ। आर्मीले सोमबार राजधानीमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीको सामना गर्नेछ।