काठमाडौं- नेपाली क्रिकेटको भद्रगोल व्यवस्थापनका कारण अर्को महिना कीर्तिपुरमा हुने तय भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल संयुक्त अरब इमिरेट्स (युएई) सरेको छ। माघमा नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल शीर्ष दुईमा पर्न नसके पनि आइसिसीले नेपाल र केन्यालाई डिभिजन १ हैसियतमा विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने मौका दिएको थियो।
नेपालले च्याम्पियनसिपका लागि पपुवा न्युगिनी (पिएनजी) लाई नोभेम्बर अन्त्यमा निम्त्याउने तय भएको थियो। दुई खेल २८ र ३० तारिखमा कीर्तिपुरमा गर्न दुवै टोलीको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) सँग सहमति भएको थियो। तर, सोमबार आइसिसीले सुरक्षाको कारण देखाउँदै दुवै खेल युएईको दुबईमा सार्ने निर्णय गरेको नेपाल क्रिकेट संघ (क्यान) का महासचिव उत्तम कर्माचार्यले नागरिकलाई जानकारी गराए।
डिभिजन २ मा नेपाल चौथो हुँदै हैसियत जोगाउनमात्र सफल भएको थियो। ६ टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोली डिभिजन १ मा बढुवा हुने, तेस्रो र चौथो हुने टोली डिभिजन २ मा यथावत रहने तथा पुछारका दुई टोली रेलिगेसनमा पर्ने प्रावधान थियो। तर, डिभिजन १ मा उक्लन नसके पनि नेपालले बढुवा हुने दुवै टोली नेदरल्यान्ड्स र नामिबियालाई हराएका कारण भावनात्मक रूपमा नेपाल डिभिजन १ को हकदारको रूपमा प्रस्तुत भएको थियो।
नेपाली क्रिकेटको क्षमता र सम्भावनासँग राम्ररी परिचित आइसिसीले प्रोत्साहनस्वरुप नेपाललाई डिभिजन १ हैसियतको प्रतियोगिता खेल्न दिने निर्णय गरेको थियो।
आइसिसीले मौका दिए पनि आवश्यक तयारीमा चुक्दा नेपाल पिएनजीलाई घरेलु मैदानमा निम्त्याउने अवसरबाट वञ्चित भएको क्यानका एक पदाधिकारी बताउँछन्। 'आइसिसीका ग्लोबल डेभलपमेन्ट प्रमुख टिम एन्डरसनले अप्रिलमै हामीलाई व्यवस्थापनमा सुधार ल्याउन, पूर्वाधार निर्माणमा तीब्रता दिन, प्रशासन चुस्त राख्न लगायतका सुझाव दिएका थिए। तर, हामीले त्यसमा वास्तै गरेनौं। आइसिसीले बारम्बार गाइडलाइन पठाउँदा पनि हामी कानमा तेल हारेर बसेपछि अन्तमा उनीहरूले खेल नै दुबईमा सार्ने निर्णय गरे,' ती पदाधिकारीले भने, 'क्यानमाथि अदालतमा मुद्दा छ। कर्मचारीतन्त्रलाई हामीले बलियो बनाएका छैनौं। सिइओ र फाइनान्स म्यानेजरको स्थायित्व छैन। त्यसमाथि भौतिक पूर्वाधारलगायतका तयारीमा पनि कमजोरी देखेपछि उनीहरूले हामीलाई विश्वास गरेनन्। एन्डरसनले हामीलाई ग्लोबल यु–१९ छनोट लगायतका अरु प्रतियोगिता पनि दिने आश्वासन दिएका थिए। तर, हामी उनीहरूको गाइडलाइनअनुसार चल्न नसक्दा च्याम्पियनसिपको खेल पनि गुमायौं।'
महासचिव कर्माचार्य भने आइसिसीले आफूहरूलाई नपत्याएको स्वीकार्न तयार छैनन्। 'उनीहरूले प्रस्ट रुपमा सुरक्षाको कारण नेपालमा खेल गर्न नसकिने भनेका छन्। देशको वर्तमान राजनीतिक अवस्थाबारेका समाचार थाहा पाएर होला, उनीहरूले यस्तो निर्णय गरेको,' कर्माचार्यले नागरिकसँग भने, 'उनीहरूको गाइडलाइनअनुसार हामीले तयारी गरिरहेका थियौं। हाम्रो तयारीबारे पनि उनीहरू जानकार थिए।'
नेपालले स्कटल्यान्डसँग उसकै मैदानमा जुलाई २९ मा खेल्दै विश्व क्रिकेट लिग च्याम्पियनसिपको सुरुआत गरेको थियो। ऐरमा सम्पन्न पहिलो खेलमा नेपालले ३ रनको हार भोगेको थियो। स्कटल्यान्डविरुद्धको दोस्रो लेग पनि लगत्तै दुई दिनपछि सोही मैदानमा हुँदा नेपाल ९ विकेटले पराजित भयो। आठ टोली सहभागी प्रतियोगितामा सबैले एक–अर्कासँग होम एन्ड अवे पद्धतिमा दुई/दुई खेल खेल्नुपर्नेछ। तर, नेपालले भने स्कटल्यान्डविरुद्धका दुवै खेल अवे मैदानमा खेलिसकेको छ भने पिएनजीविरुद्ध पनि तटस्थ मैदानमा खेल्नुपर्ने भएको छ।