काठमाडौं- एक महिनाअघि प्रक्रिया नपुगेको भन्दै स्थगित अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन बिहीबार सातदोबाटोस्थित मुख्यालयमा हुने भएको छ।एनओसीका २६ सदस्य संघमध्ये अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले विधानअनुसार आफूले समयमै साधारणसभाको जानकारी नपाएको भन्दै आवाज उठाएपछि साउन २१ को साधारणसभाले निर्वाचन स्थगित गर्दै एक महिनाभित्र नयाँ प्रक्रियामार्फत चुनावी साधारणसभा गर्ने निर्णय लिएको थियो।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक कमिटी अफ एसिया (ओसिए) का प्रतिनिधि हैदर फरमानको समेत उपस्थितिमा साधारणसभाले एक महिनाभित्र चारवर्षे कार्यकालका लागि निर्वाचन गर्ने सर्वसम्मत निर्णय गरेको थियो।
अघिल्लो महिना तय निर्वाचनमा अध्यक्ष पदमा वर्तमान महासचिव एवं नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठको मात्र उम्मेदवारी थियो। तर, यसपालि उनले वर्तमान उपाध्यक्ष एवं नेपाल हकी संघका अध्यक्ष उमेशलाल श्रेष्ठको चुनौती सामना गर्नुपर्ने भएको छ। खेलकुदभित्र नेकपा एमालेका नेता तथा कार्यकर्ताको आपसी खिचातानीका कारण एउटै दलका दुई व्यक्ति एनओसी अध्यक्षका प्रत्यासी बनेका हुन्। जीवनराम श्रेष्ठ एमालेका केन्द्रीय सदस्य एवं उपत्यका इन्चार्ज हुन् भने कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठका पुत्र उमेशलाल पनि एमाले निकट खेलअधिकारी हुन्।
एनओसीको विधानअनुसार दुवैले १० दिनअघि नै उम्मेदवारी दर्ता गरेको एनओसीले जानकारी गराएको छ। यसैगरी महासचिवमा पनि तीनजनाको उम्मेदवारी परेको छ। वर्तमान सहमहासचिव एवं बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा, कोषाध्यक्ष एवं साइक्लिङ संघका अध्यक्ष छिमी उर्केन गुरुङ र तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले महासचिवमा उम्मेदवारी दर्ता गराएका छन्। उपमहासचिवमा वर्तमान सदस्यद्वय टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य र बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ।
उपाध्यक्ष र कोषाध्यक्ष सर्वसम्मत हुने भएको छ। चार उपाध्यक्षका लागि वर्तमान सदस्य एवं लनटेनिस संघकी अध्यक्ष ज्योति राणा, वर्तमान सदस्य एवं कराते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखे, वर्तमान उपाध्यक्ष एवं एन्फाका महासचिव धिरेन्द्र प्रधान र नेपाल र्यााफ्िटङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजेन्द्र बान्तवाको मात्र उम्मेदवारी परेको छ। कोषाध्यक्षमा नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन टन्डन एक्लो उम्मेदवार हुन्।
९ सदस्य पदका लागि ११ जनाबीच प्रतिस्पर्धा हुन लागेको एनओसीले जानकारी गराएको छ। एथलेटिक्स संघका उपाध्यक्ष सञ्जिव तुलाधर, ब्याडमिन्टन संघका अध्यक्ष रमेश श्रेष्ठ, ट्रायथोलन संघका नीलेन्द्रराज श्रेष्ठ, ह्यान्डबलका तेजबहादुर गुरुङ, जुडोका दीपकहर्ष वज्राचार्य, फेन्सिङका सुनीलकुमार श्रेष्ठ, कबड्डीका विनोद प्रजापति, पौडीका अशोकरत्न वज्राचार्य, कुस्तीका समिममियाँ अन्सारी, उसुका आङदेन्डी शेर्पा, भलिबलका दानबहादुर गुरुङको उम्मेदवारी परेको छ। निर्वाचन समितिले उम्मेदवारी फिर्ताका लागि भदौ १४ सम्मका लागि दिएको समयसीमामा आर्चरीका दीपकराज गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएकाले ११ जनाबीच प्रतिस्पर्धा हुन लागेको हो।
एनओसी निर्वाचनका लागि अन्तर्राष्ट्रिय प्रतिनिधिका रूपमा आइओसी र ओसिएका तर्फबाट वाहिद बिहीबारै बिहान काठमाडौं आइपुग्ने महासचिव एवं अध्यक्षका प्रत्यासी श्रेष्ठले नागरिकलाई जानकारी गराए।
अघिल्लो महिना अदालतको अन्तरिम आदेश, सरकारको निर्देशन र प्रहरी हस्तक्षेपपछि साधारणसभा सुरु भए पनि प्रक्रिया नपुगेको भन्दै निर्वाचन स्थगित गरिएको थियो। पूर्वनिर्धारित कार्यक्रमअनुसार एनओसी पदाधिकारी, कर्मचारी तथा राष्ट्रिय संघका प्रतिनिधिहरू विहान ८ बजे साधारणसभाका लागि पुग्दा एनओसी भवन सुरक्षाकर्मीले कब्जामा लिइसकेका थिए। एकाबिहानैदेखि उपस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीले करिब दुई घन्टा कसैलाई पनि एनअेासी हातामा छिर्न दिएका थिएनन्।
त्यसअघि पुनरावेदन अदालत पाटनले नेपाल कुस्ती संघ, कराते महासंघ र र्याकटिफ्ङ एन्ड क्यानोइङ संघको निवेदनका आधारमा निवेदकहरू सामेल नगराई निर्वाचन नगर्न एनओसीलाई आदेश दिएको थियो। तर, अदालतमा निवेदन गर्ने तीनै आफ्नो प्रतिनिधि नभएका कारण एनओसी नेतृत्वले निर्वाचन गर्ने निर्णय गरेको थियो। सँगै एनओसीको सदस्य रहेका फुटबल र भलिबलले पनि निर्वाचन अवैधानिक भएको भन्दै विरोध गरेका थिए। एन्फाले प्रक्रिया नपुगेको तर्क गरेको थियो भने भलिबलका अध्यक्ष दानबहादुर तामाङले आफ्नो जानकारीबिना निवर्तमान अध्यक्ष एवं एनओसीका उपाध्यक्ष गंगाबहादुर थापालाई प्रतिनिधिका रूपमा चयन गरेकाले मनोमानी गरेको भन्दै विरोध जनाएका थिए।
२०६३ मा पुनरावेदन अदालतको अन्तरिम आदेशका बाबजुद गरिएको निर्वाचनबाट चयन भएको ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको वर्तमान एनओसीलाई सर्वोच्च अदालतले २०६७ असोज १८ मा अवैधानिक ठहर गरेको थियो। अन्तर्राष्ट्रिय प्रतिनिधिद्वय मिचेल फिलाउ र हैदर फरमानकै उपस्थितिमा अदालतको अन्तरिम आदेशलाई चुनौती दिँदै एनओसी निर्वाचन भएको थियो। पछि निर्वाचन अवैधानिक भएको भन्दै कमल चित्रकार र प्रसन्नमान श्रेष्ठले एक वर्षपछि सर्वोच्चमा दायर गरेको रिटमा अदालतले प्रधान नेतृत्वलाई अवैधानिक ठहर गर्दै रुक्म शम्शेर राणा अध्यक्ष तथा प्रधान महासचिव रहेको पुरानै कमिटी ब्युँताएको थियो।
अदालतले ब्युँताएको राणा अध्यक्ष रहेको कमिटी र प्रधान अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त कमिटीबीच दुई महिनाअघि मिलेर जाने सहमति भएको थियो।
बिहीबार हुने भनिएको निर्वाचनमा जस्तो परिणाम आए पनि एनओसीमा नयाँ सदस्यको बहुमत हुने निश्चित भएको छ। अध्यक्षमा वर्तमान उपाध्यक्ष तथा महासचिवबीच प्रतिस्पर्धा हुन लागेकाले जो जिते पनि एक बाहिरिने छन्। यसैगरी वर्तमान उपाध्यक्षमध्ये सीताराम मास्के र गंगाबहादुर थापाको उम्मेदवारी परेको छैन। महासचिवका तीन उम्मेदवारमध्ये दुई शेर्पा र गुरुङ वर्तमान कार्यसमितिका पदाधिकारी हुन्। सहायक महासचिवमा उम्मेदवारी दिने दुवै वर्तमान सदस्य हुन्।
सदस्यमध्ये सुनीलराज कर्णिकार, गीता राणा, लक्ष्मण श्रेष्ठ, रामजीबहादुर श्रेष्ठको नयाँ निर्वाचनमा कुनै उम्मेदवारी छैन। आर्चरी संघका तत्कालीन अध्यक्ष लक्ष्मण श्रेष्ठको निधन भइसकेको छ भने राजकर्णिकार अमेरिका पलायन भएका छन्। सदस्यका लागि उम्मेदवारी दिने सबै ११ जना एनओसी कार्यसमितिमा नयाँ हुनेछन्।