फरक शैलीमा भारतविरुद्ध उत्रँदै
१३ भदौ २०७२
•
११ मिनेट पाठ
फरक शैलीमा भारतविरुद्ध उत्रँदै
पुने- सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा युवा टोलीले भारतलाई हराइरहँदा राष्ट्रिय फुटबल टोलीका खेलाडीको आँखा टेलिभिजनमा एकोहोरिएको थियो। यु–१९ साफ च्याम्पियनसिपको फाइनलमा युवाहरु हरेक बलमा भिडिरहँदा पुनेबाट राष्ट्रिय खेलाडीहरू चिच्याइरहेका थिए, आवाज सातदोबाटो नै पुर्याउँला जसरी

भारतसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि नेपाली राष्ट्रिय टोली पुनेमा छ। नेपालसामु आफूमाथि हाबी हुँदै आएको भारतसँग सोमबार पुनेस्थित बालेवाडी रंगशालामा खेल्दा फागुनमा गुहाटीमा भोगेको हारको बदला लिने लक्ष्य हुनेछ। त्यसमा युवा टोलीको जितबाट बेग्लै प्रेरणा मिलेको राष्ट्रिय टोलीका उपकप्तान सन्दिप राई बताउँछन्।

'हामीलाई एउटा उपाधि आवश्यक थियो। त्यसमाथि भारतलाई हराएर भाइहरूले जितेको साफ च्याम्पियनसिपको उपाधि अझ विशेष छ। सातदोबाटोको त्यो जितलाई हामी पुनेमा पनि निरन्तरता दिन चाहन्छौं,' सन्दिप भन्छन्, 'नेपाली फुटबल जितको बाटोमा छ। युवा टोलीले उपाधि जितेर जितको लय बसाएको छ। हामीलाई यहाँ पनि भारतसँग खेल्दा त्यो जितले प्रेरित गर्नेछ।'

अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेकोमा नेपाली फुटबल लामो समयदेखि आलोचित थियो। युवा टोलीले घरेलु मैदानमा चिरप्रतिद्वन्द्वी भारतलाई हराएर आलोचकको स्वर धेरै हदसम्म मत्थर पारेको छ।

उमेर समूहमा भारतमाथि रवाफ जमाएको टोलीका कप्तान विमल घर्तीमगरसहित अञ्जन विष्ट, विश्वास श्रेष्ठ र अनन्त तामाङ मैत्रीपूर्ण खेलका लागि आइतबार बेलुकी पुने आइपुगेका छन्। 'भाइहरूको विजेता मेन्टालिटीले हाम्रो मनोबल उच्च पार्नेछ,' सन्दिपको विश्वास छ।

भारतविरुद्ध नेपालको विगत सुखद छैन। अहिलेसम्म १७ खेलमध्ये ३ जित र २ मा बराबरी खेलेको नेपालले १२ खेलमा नतिजा सुम्पिसकेको छ। दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपमा पाएको २–१ को जित भारतमाथि नेपालको पछिल्लो जित हो। त्यसो त दुई देशबीचको फुटबल स्तरमा पनि ठूलो अन्तर छ। विश्व फुटबलमा कुनै बेला प्रभाव जमाएका सुपर स्टार खेलाडीहरूलाई समेत आबद्ध गरेर भारतले सुरु गरेको इन्डियन सुपर लिग (आइएसएल) एक वर्षमै स्थापित भइसकेको छ। आइ लिग सुरु भएको त दशक पुगिसक्यो। नेपाल भने राष्ट्रिय लिगलाई ट्र्याकमा ल्याउनै संघर्ष गरिरहेको छ। भारतमा एकजना खेलाडीको पारिश्रमिक नेपालमा लिग च्याम्पियनको बजेटभन्दा बढी हुन्छ।

भारतका प्रत्येक सहरमा खेल्नका लागि सुविधासम्पन्न रंगशाला छन्। नेपालमा अन्तर्राष्ट्रिय खेल गर्नका लागि एउटा सुहाउँदो रंगशाला छैन। तर मैदानमा ११ विरुद्ध ११ हुँदा समग्रतामा दुई देशबीच भेटिने अन्तर पाइँदैन।

सन्दिपको विचारमा नेपाली खेलाडीले भारतसँग खेल्दा मैदानमा देखाउने जोशका कारण खेल सधैं बराबरीको टक्कर हुने गरेको हो। 'उनीहरूले हामीभन्दा धेरै सुविधा भोग गरिरहेका छन्। हामीभन्दा धेरै कमाउँछन्। त्यसले नेपाली खेलाडीमा बेग्लै इख पलाउँछ। हामी पनि तिमीहरूभन्दा कम छैनौं भनेर मैदानमा उनीहरूलाई देखाउन मनलाग्छ। त्यही जोशले खेल्ने हो। अहिले त भाइहरूको जितले जोश अझै बढेको छ,' उनले भने।

भारतले नेपालमाथिको जितलाई निरन्तरता दिने योजनासाथ पूरा शक्ति लिएर पुनेको मैदान उत्रने तयारी गरिरहेको छ। इरानसँग सेप्टेम्बर ८ मा विश्वकप छनोट खेल्ने तयारीमा रहेकाले भारतले यो मैत्री खेललाई अभ्यासका रूपमा लिएको छ। फिफा वरीयताक्रममा प्रभाव पार्ने भएकाले नेपाललाई पनि यो मैत्री खेल महत्वपूर्ण छ।

नेपाली टोलीका कप्तान सागर थापा विनाशकारी भुइँचालोले संरचना ध्वस्त पार्नाका बाबजुद तयारी राम्रो भएकाले जितमा आशावादी छन्। पछिल्ला ७ खेलमा गोल गर्न नसकेको स्मरण गर्दै सागर भन्छन्, 'मैत्रीपूर्ण खेलका लागि भए पनि हामीले धेरै राम्रो तयारी गरेका छौं। राष्ट्रिय टोलीले गोल नगरेको धेरै भइसक्यो। घरमा भारतलाई साफ च्याम्पियनसिपमा हराएयता नेपालले कुनै खेलमा गोल गर्न सकेको छैन। नेपालले गोल गरेको र विजय पाएको त्यही खेल पछिल्लो हो। त्यसैले फरवार्ड लाइन दबाबमा छ। तर, नयाँ प्रतिभावान खेलाडीहरू टिममा आइरहेकाले आश गर्ने ठाउँ पर्याप्त छ।'

डिसेम्बरमा भारतमै हुने साफ च्याम्पियनसिपको तयारीका लागि पनि मैत्रीपूर्ण खेल जित्नैपर्ने सागरले बताए।

भारतसँग पछिल्ला हारको बदला लिने लक्ष्यमा सोमबार नेपाली टोलीका लागि मुख्य खेलाडीको चोटचाहिँ बाधक बन्नसक्छ। उपकप्तान सन्दिप स्वयं पिठ्ँयुको समस्याका कारण मैदान उत्रन नसक्ने सम्भावना छ। यसैगरी दायाँ घुँडाको चोटका कारण मुख्य स्टाइकर भरत खवासको उपस्थिति पनि अन्योलमै छ। गोलको खडेरी चिर्नुपर्ने चुनौतीपूर्ण समयमा राष्ट्रिय टोलीमा स्थान बनाएका युवा फरवार्डद्वय विमल र अञ्जन पनि यु–१९ साफ च्याम्पियनसिपको फाइनलमा लागेको चोटका कारण पूरा फिट छैनन्। युवा टोलीका खेलाडीहरू त्यसै पनि साफ च्याम्पियनसिपका चार कठिन खेलका कारण थकित छन्। यसैगरी मिडफिल्डर जगजित श्रेष्ठको पनि बायाँ खुट्टामा लागेको चोट निको भइसकेको छैन।

तर, नेपाली टोलीका प्रशिक्षक ध्रुव केसी चिन्तित छैनन्। पूरा फिट नभए पनि खेलाडीहरूको चोट गम्भीर नभएको बताउँदै भन्छन्, 'हामीसँग वैकल्पिक खेलाडी पनि उत्तिकै स्तरका छन्। चिन्ता गर्नुपर्ने अवस्था छैन।'

जितप्रति विश्वस्त देखिएका प्रशिक्षक केसीले थपे, 'हामीले यसपालि खेल्ने शैली फेरेका छौं। लामो समयदेखि गोल गर्न नसकेका बेला बढीभन्दा बढी फरवार्ड खेलाउने रणनीतिअनुसार अभ्यास गरेका छौं। अभ्यासमा सफल भइरहेको छ। अभ्यासमा जस्तै गर्न सके यसपालि गोल गर्ने र जित्नेमा म विश्वस्त छु।'

हाल भारतीय टोली सम्हालिरहेका नेपालका पूर्वप्रशिक्षक स्टेफन कन्सन्टाइनले नेपाल बलियो प्रतिद्वन्द्वी भएको बताएका छन्। भारतले लामो समयपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेकाले टिमको राम्रो र कमजोर दुवै पक्ष यही खेलबाट थाहा हुने बताए। 'इरानसँग खेल्नुअघि नेपालविरुद्धको खेलले हामीलाई धेरै सहयोग पुग्नेछ। नेपालजस्तो बलियो टिमसँग खेल्दा हामीले आफ्नो बलियो र कमजोर पक्ष थाहा पाउन सक्छौं,' कन्सन्टाइनलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सन्दीप र विराजको ५० औं खेल

राष्ट्रिय टोलीका रक्षकद्वय सन्दीप राई र विराज महर्जनले सोमबार भारतसँगको मैत्रीपूर्ण खेलबाट खेलजीवनको एउटा कोसेढुंगा पूरा गर्दै छन्। दुवैले भारतविरुद्ध खेलबाट अन्तर्राष्ट्रिय खेलसंख्या ५० पुर्याउउने छन्। दुवैले सन् २००८ मा पोखरामा पाकिस्तानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट 'डेब्यु' गरेका थिए। चोटका कारण सन्दीप खेल्नेमा शंका भए पनि विराज भने पहिलो रोजाइमै पर्ने सम्भावना छ। दुवै भारतजस्तो चिरप्रतिद्वन्द्वीलाई हराएर कोसेढुंगालाई यादगार बनाउन चाहन्छन्। 'हामी यो खेल जसरी पनि जित्न चाहन्छौं,' विराजले भने, 'व्यक्तिगत रूपमा मेरो खेलजीवनका लागि ५०औं खेल महत्वपूर्ण हुन्छ। त्योभन्दा बढी देशको गौरवका लागि पनि हामीले जित्न आवश्यक छ।' सन्दीपले चोटले केही तनाब भए पनि जित्न सक्दो प्रयास गर्ने बताए।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
९ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस