काठमाडौं– व्यक्तिगत प्रदर्शनमा सुधार गर्ने लक्ष्यसहित नेपाली जुडो टोली विश्व जुडो च्याम्पियनसिप खेल्न शुक्रबार काजकिस्तानका अस्ताना जाँदैछ। प्रतियोगितामा नेपालबाट फुपुल्हामु खत्री र राजन जोशीले प्रतिस्पर्धा गर्नेछन्।
भदौ ८ देखि १२ सम्म चल्ने प्रतियोगितामा फुपुले महिला ६३ केजी र राजनले पुरुष १ सय केजीमाथि तौल समूहमा भाग लिनेछन्। फुपु रियो ओलम्पिकका लागि अन्तर्राष्ट्रिय ओलम्पिक महासंघले उपलब्ध गराएको एकवर्षे प्रशिक्षण छात्रवृत्ति पाउने खेलाडी हुन्। दोस्रोपल्ट विश्व च्याम्पिनसिपमा भाग लिएकी फुपुले फ्रान्समा सन् २०१० को विश्व च्याम्पियनसिप खेलेकी थिइन्।
उनले यसै वर्ष हङकङमा र मकाउमा भएको जेयुए क्याडेट तथा जुनियर जुडोमा रजत र कांस्य जितेकी थिइन्। उनले सन् २०१० माथाइल्यान्डमा एसियन युथ तथा जुनियर जुडो प्रतियोगितामा कांस्य जितेकी थिइन्।
सन् २०१० मा भारतमा भएको राजीव गान्धी जुडो च्याम्पियनसिपमा जितेको कांस्य फुपुको पहिलो अन्तर्राष्ट्रिय पदक हो। पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा फुपुलाई विश्व च्याम्पिनसिपका लागि छनोट गरिएको नेपाल जुडो संघले जनाएको छ।
दोस्रोपटक विश्व च्याम्पिनसिप खेल्ने अवसर पाउँदा आत्मविश्वास बढेको फुपुले बताइन्। उनले भनिन्, 'पहिलोपल्ट च्याम्पियनसिप खेल्दा थोरै अन्तर्राष्ट्रिय अनुभव थियो। त्यतिबेला मैले दुई मिनेट बुल्गेरियनसँग प्रतिस्पर्धा गरेको थियो। यसपल्ट थप राम्रो नतिजा निकाल्ने प्रयास गर्छु।'प्रतियोगिताबाट फर्किएपछि उनले रियो ओलम्पिकका लागि १ वर्ष रोमानियामा गएर प्रशिक्षण गर्नेछिन्।
प्रतियोगिता खेल्ने नेपाली टोलीलाई मंगलबार राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव केशव विष्टले बिदाइ गरे।
त्यस्तै दुई एसियाली खेलकुदको अनुभव बटुलेका राजनले पहिलोपल्ट विश्व च्याम्पियनसिप खेल्दैछन्। राजनले पनि प्रतियोगिताको अनुभवले सागमा पदक जित्न सहयोग हुने विश्वास लिएका छन्। राजन बंगलादेशमा भएको ११औं सागमा कांस्य जित्ने खेलाडी हुन्। उनले चीनको ग्वाङझाउ र दक्षिण कोरियाको इन्चोनमा भएको एसियन खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका थिए। इन्चोन एसियाडमा विपक्षीसँग ४ मिनेट भिडेका कारण राजनलाई विश्व च्याम्पिनसिपका लागि छनोट गरिएको संघले जनायो।
विश्व च्याम्पिनसिपका लागि फुपु र राजनले एक महिना बन्द प्रशिक्षण गरेका थिए। उनीहरूसँगै प्रशिक्षक खड्गबहादुर दाहाल त्यसतर्फ जाने छन्। जुडो संघका उपाध्यक्ष दाहालले विश्व च्याम्पियनसिपमा पदकभन्दा अनुभव बटुल्ने अवसर हुने बताए। उनले भने, 'हामीले विश्व च्याम्पिनसिपमा अहिले पदक जित्न सक्दैनौं। पदक जित्न हाम्रो स्तरले पुग्दैन। तर, भविष्यमा राम्रो नतिजा निकाल्न प्रतियोगिताले सहयोग गर्नेछ।'
जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले नेपाली खेलाडी र अफिसियललाई प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खर्च अन्तर्राष्ट्रिय जुडो महासंघले उपलब्ध गराएको बताए।
उनले भने, 'अहिले जुडोको अन्तर्राष्ट्रिय गतिविधि बढेको छ। पहिले दुई वर्षको अन्तरमा विश्व च्याम्पियनसिप हुन्थ्यो। अहिले एक वर्षमै हुन्छ। हरेक वर्ष कम्तीमा १५ विश्वस्तरका जुडो प्रतियोगिता हुन्छन्।'
उनले थपे, 'विश्व च्याम्पियनसिपले ओलम्पिकमा राम्रो नतिजा निकाल्न सहयोग गर्न सक्छ। त्यसका लागि दुवै खेलाडीले मिहिनेत गरेर राम्रो नतिजा निकाल्ने विश्वास छ।'
अध्यक्ष वज्राचार्यले विश्व च्याम्पिनसिपमा करिब १ सय १८ राष्ट्रले भाग लिने बताए। वज्राचार्य प्रतियोगिताका क्रममा हुने अन्तर्राष्ट्रिय जुडो महासंघको कंग्रेसमा सहभागी हुनेछन्। कंग्रेसमा जुडो फर पिस कार्यक्रमअन्तर्गत भूकम्पले क्षति पुर्यानएको नुवाकोट र रसुवामा जुडो डोजो पुनर्निर्माण तथा खानेपानी योजनालाई सहगोग गर्न प्रस्ताव राख्ने अध्यक्ष वज्राचार्यले बताए।