क्रिकेटर दासलाई कार
२७ साउन २०७२
•
१२ मिनेट पाठ
क्रिकेटर दासलाई कार
काठमाडौं- उमेर समूहको फुच्चे खेलाडीदेखि राष्ट्रिय खेलाडी र कप्तान हुँदै प्रशिक्षकको भूमिकामा नेपाली क्रिकेटको उकाली–ओरालीका सहयात्री विनोद दासको योगदान अन्तर्राष्ट्रिय युवा दिवसको दिन बुधबार सम्मानित भएको छ।नेपाली क्रिकेटका पहिलो सुपरस्टार विनोदलाई योगदानको सम्मानस्वरुप नेपाल सरकार, नेपाल क्रिकेट संघ (क्यान) र सिजी कर्पको संयुक्त प्रयासमा सुजुकी सियाज कार प्रदान गरियो। ३७ लाख ९९ हजार रुपैयाँ बजार मूल्य रहेको कारका लागि सरकारले २० लाख २३ हजार कर छुट गरेको थियो। साथै क्यानले ५ लाख तथा सिजी कर्पले ३ लाख ९९ हजार रुपैयाँ प्रदान गरेका थिए। बाँकी ८ लाख ७७ हजार रुपैयाँ विनोद आफैले राखेको सम्मान कार्यक्रममा जानकारी गराइयो।

कारको साँचो सिजी कर्पका विनोदराज ढुंगेलले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई हस्तान्तरण गरे भने मन्त्री पौडेलले विनोदलाई साँचो दिए।

सम्मानित भइरहँदा विनोदले माता/पिता, श्रीमती, सरकार, क्यान, टिम सहयात्री, प्रशिक्षक तथा समर्थकप्रति कृतज्ञता जनाए। 'म एउटा सामान्य परिवारबाट आएको खेलाडी हुँ। मातापिताले बारा जिल्लाको कलैयामा एउटा सानो खाजा पसल चलाएर बडो दुःखले हामीलाई हुर्काउनुभयो। सानोछँदा नै मैले मातापितालाई समाजबाट सम्मान दिलाउने सपना देखेको थिएँ,' विनोद भावुक भए, 'मलाई लाग्छ, अहिले मैले त्यो पूरा गरेको छु। मैले मातापितालाई उहाँहरूको हकलाग्दो सम्मान दिलाएको छु।'

विनोदले परिवार सम्भि्कइरहँदा सम्मान कार्यक्रम भइरहेको हलको पछिल्लो कुर्सीमा रहेकी उनकी आमा मुन्नीदेवी आँसु रोक्न असमर्थ भइन्। बुहारी करुणा (विनेादकी श्रीमती) को काँधमा टाउको अड्याएर मुन्नीदेवी गर्वका आँसु बगाइरहँदा विनोद अझै भावुक भए, 'म मेरी आमाको आँखामा कुनै पनि कारणले आँसु देख्न सक्दिनँ। त्यसैले धेरै भावुक नबनौं।'

क्रिकेटमा लागेर आफूले सबथोक पाएको बताउँदै विनोदले थपे, 'क्रिकेटबाट मलाई झिक्ने हो भने केही फरक देखिँदैन। तर, मेरो जीवनबाट क्रिकेट निकाल्ने हो भने विनोद दासको अस्तित्व कतै हँुदैन। मलाई यो अवस्थामा पुग्न सहयोग गर्नुहुने सबैप्रति म अहिले आभार प्रकट गर्न चाहन्छु।'

बाराबाटै राजनीति गर्दै मन्त्री बनेका पौडेलले विनोदको बाल्यकाल स्मरण गर्दै एउटा आदर्श खेलाडीलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे।

खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले विनोदको सम्मानले अन्य क्रिकेटरलाई प्रेरणा मिल्ने बताए। क्यानका कार्यवाहक अध्यक्ष दीपक कोइरालाले विनोदको सम्मान गरेर क्रिकेटमा नयाँ संस्कार थालिएको बताए। त्यस्तै राष्ट्रिय टोलीका कप्तान पारस खड्काले खेलाडीलाई सम्मान गर्ने थालनी भएकोमा खुसी जनाउँदै यस अभियानका सबै सहयोगीप्रति धन्यवाद व्यक्त गरे।

सन् १९९७ मा यु–१९ राष्ट्रिय टोलीमार्फत पहिलोपल्ट राष्ट्रिय जर्सी लगाउँदा विनोदले उपकप्तानको जिम्मेवारी पाएका थिए। लगत्तै दुई वर्षपछि यु–१९ एसिसी ट्रफीमा कप्तानको जिम्मेवारी पाएका विनोद २००० बाट सिनियर राष्ट्रिय टोलीमा परे। एसिसी ट्रफीमा युएईसँग खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनी २००५ मा कप्तान चयन भएका थिए। २००९ सम्म उनी करिअरको उत्कर्षमा थिए। तर, त्यही वर्ष मांसपेसीमा लागेको सामान्य चोट विनोदको जीवनमा निकै महँगो साबित भयो। त्यसपछि उनको करिअरले निकै उतारचढाव बेहोर्योी। मांसपेसीको चोटबाट चाँडै मुक्ति पाए पनि लगत्तै ह्यामस्ट्रिङको चोट भएपछि उनले घरमै भएको एसिसी ट्वान्टी–२० का सबै खेल खेल्न सकेनन्।

चोटले केही समय सताए पनि फेरि २०११ मा उनले पुनरागमन जनाए। त्यो समय भएका विश्व क्रिकेट लिग डिभिजन ५ र ४ मा नेपालले जितको स्वाद चाख्दा विनोद टोलीका मुख्य खेलाडी थिए। तर, फर्ममा फर्किए पनि उनले त्यसपछि ट्वान्टी–२० टिममा स्थान पाएनन्। नयाँ प्रशिक्षकका रूपमा भर्खर राष्ट्रिय टोली सम्हालेका पुबुदु दासानायकेले २० ओभरमा युवा खेलाडीलाई प्रोत्साहन गर्ने नीति लिँदा विनोदको स्थान धरापमा परेको थियो। २०१२ मा राष्ट्रिय टोलीले युएई भ्रमण गर्दा टोलीमा भए पनि त्यहाँ पुग्नेबित्तिकै विनोदलाई घुँडाको चोटले फेरि सतायो। पहिलो दिनको अभ्यास सकिएपछि घुँडामा लागेको चोटले उनलाई उच्च स्तरको क्रिकेटमा फर्कने अनुमति दिएन। दुई वर्षपछि चोट निको भएर फर्ममा फर्किए पनि विनोदलाई राष्ट्रिय टोलीमा पर्न जिल्लादेखि सबै चरणका छनोट खेल्न भनियो। जसले गर्दा उनले संन्यासको सोच बनाए। गत चैत २८ मा अस्ट्रेलियाली क्रिकेटर फिलिप ह्युज्सको सम्मानमा कीर्तिपुरमा खेलिएको ६३ ओभरको मैत्री क्रिकेट विनोदका लागि खेलाडीका रूपमा अन्तिम खेल थियो। त्यही खेलपछि उनले संन्यास घोषणा गरेका थिए।

२००४ मा एसिसीको लेभल वान, २०११ मा लेभल २ तथा त्यही वर्ष लेभल ३ कोचिङ कोर्स गरेका उनले २०१२ देखि राष्ट्रिय टोलीको तीब्र गतिको बलिङमा प्रशिक्षकमा सहयोग थालेका थिए। उनी २०१४ यता राष्ट्रिय टोलीमा सहायक प्रशिक्षकका रूपमा निरन्तर छन्।

सरकार–क्यान जुहारी

युवा तथा खेलकुद मन्त्रालयले निर्वाचित क्यानलाई अख्तियारको निर्देशन आधार बनाउँदै गत वर्ष विघटन गरी नयाँ कार्यसमिति बनाएको थियो। तर, अदालतको आदेशले सरकारको निर्णय अवैध ठहर गरेपछि निर्वाचित क्यानले नेपाली क्रिकेटको सर्वोच्च निकायका रूपमा काम गरिरहेको छ। अदालतको आदेशले पुनःस्थापित भए पनि सरकारले भने वर्तमान क्यान कार्यसमितिसँग पानी बाराबार गरिरहेको थियो। तर, बुधबार विनोदको सम्मान कार्यक्रममा मन्त्री पौडेल, सचिव शर्मा र क्यानका कार्यवाहक अध्यक्ष कोइराला लगायतका पदाधिकारी एउटै मञ्चमा देखिए।

क्रिकेटमा लामो समयपछि दुई पक्षलाई एउटै मञ्चमा देखिँदा आश्चर्यमा परेका खेलप्रेमी कार्यक्रम सुरु भएपछि भने स्वाभाविक मान्न थाले। सबैभन्दा पहिला बोल्ने पालो परेका सचिव शर्माले नेपाली क्रिकेटको व्यवस्थापन अत्यन्तै कमजोर भएको बताउँदै सुधार नगरे सरकारले हात बाँधेर नबस्ने चेतावनी दिए। 'नेपालमा क्रिकेटको ठूलो सम्भावना छ। तर, व्यवस्थापन अत्यन्तै कमजोर छ। व्यवस्थापनको उदासिनताका कारण प्रशिक्षकको सम्झौता नवीकरण पनि सरकारले आफै गर्नुपर्ने अवस्था आइसकेको छ,' क्यानप्रति लक्षित गर्दै सचिव शर्माले भने, 'नेपाली क्रिकेट अहिले एउटा उचाइमा छ। तर यही अवस्था रहने हो भने अब तल झर्ने निश्चित छ। व्यवस्थापन अझै दीर्घकालीन योजनासाथ अघि नबढे सरकार हात बाँधेर बस्दैन।'

मन्त्री पौडेलले पनि क्यानप्रति लक्षित गर्दै काम नगरेको आरोप लगाए। 'अहिले क्रिकेट क्रेज धेरै माथि छ। यसलाई जोगाउन यही हालतमा सम्भव हुँदैन। यसका लागि क्यानले काम गर्नुपर्छ। सरकार क्रिकेटप्रति निकै सकारात्मक छ। हामीले काठमाडौंमा कीर्तिपुर र मुलपानी तथा अन्य आठ क्षेत्रमा एक/एक रंगशाला बनाउने भनेर बजेट छुट्याएका छौं,' पौडेलले भने, 'मलाई क्रिकेट मन्त्री भनेर आरोप लाग्न थालिसक्यो। अरु खेललाई पनि आवश्यक रकम छुट्टाएका छौं, तर सरकारको प्राथमिकतामा क्रिकेट धेरै माथि छ।'

अन्तिममा बोल्ने पालो थियो, कार्यक्रमका सभापति एवं क्यानका कार्यवाहक अध्यक्ष कोइरालाको। उनले मन्त्री र सचिवलाई जवाफ दिने क्रममा आफू नेपाली क्रिकेट पुनर्संरचनाका लागि तयार रहेको बताउँदै भने, 'मबाट काम हुँदैन भने मभन्दा राम्रो मान्छे ल्याउनुपर्छ। त्यसका लागि म तयार छु। हामी कात्तिकमा चुनाव गर्दैछौं। क्यानमा नेतृत्व परिवर्तन गर्ने योभन्दा अरु बाटो छैन।'

अघिल्ला वर्ष सरकारले विभिन्न प्रतियोगिताका लागि छुट्याएको रकम पनि क्यानले ताकेता नगरेका कारण फ्रिज भएको मन्त्री पौडेलको भनाइ खण्डन गर्दै कोइरालाले भने, 'सरकारले हामीसँग सहकार्य गर्न रुचाएन। आखिर हुँदोरहेछ त, आज हाम्रै प्रस्तावमा सरकार र क्यान मिलेर विनोद दासको सम्मान कार्यक्रम गर्यौं । एउटै मञ्चमा छौं। सरकारले पनि हाम्रो अनुपस्थितिमै भए पनि क्रिकेटमा गरेको कामको म उच्च सम्मान गर्छु। सरकारले पनि हामीलाई झक्झक्याएको भए हुन्थ्यो।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
९ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस