एनओसी चुनाव अन्योलमा
२० साउन २०७२
•
१३ मिनेट पाठ
एनओसी चुनाव अन्योलमा
काठमाडौं- अदालतको अन्तरिम आदेश, आपसी विवाद र तिब्र प्रतिस्पर्धाका बीच बिहीबारका लागि तय भएकोअन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनावी साधारणसभा अनिश्चित बनको छ।ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको एनओसीले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयनका लागि बिहीबारलाई तय गरेपनि पुनरावेदन अदालत पाटनको आदेश, एनओसी भित्रै रहेका केही संघको विरोधका कारण साधारण सभा अनिश्चित बनेको हो। तथापी एनओसी निर्वाचन गराई छाड्ने पहलमा जुटेको छ। एनओसी निर्वाचनका लागि खटिएका ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) का प्रतिनिधि हैदर फरमानको सहमतिमा निर्वाचन प्रक्रिया बढ्न वा रोकिने सक्ने सम्भावना छ। 'हैदरसँगको छलफलपछि मात्र निर्वाचन गर्ने वा स्थगन गर्ने निर्णयमा पुग्छौं,' हैदरलाई लिन बुधबार राती त्रिभुवन विमानस्थलमा पुगेका एनओसी अध्यक्ष प्रधानले भने, 'छलफलपछि मात्र यसको विषयमा अन्तिम टुंगो लाग्नेछ।'




नेपाल कुस्ती संघको निवेदनका आधारमा न्यायाधिश मोहनबहादुर कार्कीको एकल इजलासले सोमबार निर्वाचन रोक्ने निर्णय गर्दै बुधबार विपक्षीलाई अदालतमा हाजिर हुन आदेश दिएको थियो। कुस्ती संघका अध्यक्ष नारायणदेव राणाले एनओसीलाई विपक्षी बनाई निवेदन गरेका थिए। राणा अध्यक्ष रहेको कुस्ती संघलाई एनओसीको अन्तर्राष्ट्रिय मान्यता छैन।

अदालतको आदेशअनुसार बुधबार एनओसी नेतृत्व अदालतमा हाजिर भएको थियो। दुवै पक्षको कुरा सुनेपछि अदालतले निवेदकहरुलाई सामेल नगराइन निर्वाचन नगर्न आदेश दिएको थियो। पुनरावेदन अदालतले अन्तर्राष्ट्रिय मान्यता नभएका नेपाल कराते महासंघ र नेपाल र्यारफ्िटङ एन्ड क्यानोइङ संघको अपिलमा निर्णय गर्दै एनओसीलाई सम्बन्धित संघलाई सहभागि नगराई चुनाव नगर्न आदेश दिएको छ।

अदालतको आदेशका बावजुद अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थितीमा निर्वाचन हुने एनओसीका पदाधिकारीहरुले जानकारी गराएका छन्। अदालतमा मुद्धा दायर गर्ने तीनवटै संघ एनओसीको सदस्य नभएकाले उनीहरुको विरोधको अर्थ नरहने एनओसीले तर्क गरेको छ।

यसअघि २०६७ असोज १८ मा सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीलाई अवैधानिक ठहर गरिसकेको छ। २०६३ मा पुनरावेदन अदालतको स्टे अर्डरका बाबजुद गरिएको निर्वाचनमा प्रधान अध्यक्ष चुनिएका थिए। अन्तर्राष्ट्रिय प्रतिनिधिद्वय मिचेल फिलाउ र हैदर फरमानको उपस्थितिमा अदालतको स्टे अर्डरलाई चुनौती दिँदै एनओसीको निर्वाचन भएको थियो। पछि निर्वाचन अवैधानिक भएको भन्दै कमल चित्रकार र प्रसन्नमान श्रेष्ठले एक वर्षपछि सर्वोच्चमा दायर गरेको रिटमा अदालतले प्रधान नेतृत्वलाई अवैधानिक ठहर गर्दै रुक्म शम्शेर राणा अध्यक्ष तथा प्रधान महासचिव रहेको पुरानै कमिटी ब्युँताएको थियो।

अदालतले ब्युँताएको राणा अध्यक्ष रहेको कमिटी र प्रधान अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त कमिटीबीच दुई साताअघि मिलेर जाने सहमति भएको थियो। आइतबारमात्र केही राष्ट्रिय खेल संघले एनओसीले अवैधानिक रूपमा निर्वाचन गर्न लागेको भन्दै विरोध जनाएका थिए। फुटबल, भलिबल, कराते, र्यातफ्िटङ एन्ड क्यानोइङ, कुस्ती तथा ब्याड्मिन्टनका केही पदाधिकारीहरु एनओसी निर्वाचनको विरुद्धमा छन्। त्यसबाहेक फुटबल र भलिबल एनओसीका सदस्य संघ हुन्। राष्ट्रिय खेलकुद परिषदको सक्रियतामा बनेका बाँकी संघलाई एनओसीको मान्यता छैन।

ब्याड्मिन्टनका अध्यक्ष रमेश श्रेष्ठले एनओसी निर्वाचनको प्रतिनिधिका रुपमा आफैलाई चुनेका छन्। फुटबलले प्रतिनिधिका रुपमा एनओसी पुगेका उपाध्यक्ष एवं आफ्ना महासचिव धिरेन्द्र प्रधानलाई चुनावको जानकारी नभएको भन्दै विरोध गरेको हो। यसैगरी भलिबलबाट कार्यवाहक अध्यक्षले निवर्तमान अध्यक्ष गंगाबहादुर थापालाई प्रतिनिधि बनाएर पठाएको एनओसीको दावी छ भने अध्यक्ष दानबहादुर तामाङले आफूलाई जानकारी नगराई भलिबलको प्रतिनिधि चयन गरिएको भन्दै विरोध जनाइरहेका छन्।

अदालतले तत्काल निर्वाचन रोक्ने आदेश दिए पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले दिएको मितिमा गर्न लागिएको साधारणसभा नरोकिने बताइएको छ। 'अदालतमा रिट हाल्ने व्यक्तिहरु एनओसीको सदस्य नै होइनन्। आइओसी र ओसिएले दिएको मितिमा हामीले साधारणसभा गर्नैपर्छ,' अन्तर्राष्ट्रिय प्रतिनिधि हैदर फरमानको सल्लाहअनुसार चुनावको मिति नसार्ने निर्णयमा पुगेको जानकारी गराउँदै एनओसीका एक पदाधिकारीले भने।

यसैबीच एनओसी चुनाव विवादमा व्यवस्थापिका संसदको महिला, वालवालिका तथा खेलकुद समितिले पनि विधि विधानविपरित गरिन लागेका सबै प्रक्रिया रोक्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ।समितिमा दिनभर चलेको वहसपछि निर्वाचन केही दिन रोकेर सात दिनभित्र दुवै पक्षलाई बोलाएर सत्य तथ्य बुझ्ने, विधि विधान नमिचिने गरी पछि अर्को चुनाव गर्न लगाउने निर्णय भएको थियो।

'ओलम्पिकमा भइरहेको विवादका विषयमा अहिले भइरहेका काम वैधानिक छैनन भने सबै काम रोक्ने तथा खेल रखेलाडीको हितकाालगि सबै कामहरु विधानअनुरुप हुनुपर्छ भन्ने निर्णय भएको छ,' समितिका सदस्य काग्रेस सभाषद मोहन राईले भने, 'यस विषयमा खेलकुदका संरक्षकप्रधानमन्त्रीलाई पनि जानकारी दिने कुरा भएको छ। जहिले पनि खेलाडी र खेलकर्मीहरु ज्यानको बाजी राखेर खेल्ने अनि उनीहरुकै नाममा गैह्र खेलाडीले एनओसी कव्जा गर्ने, अन्तर्राष्ट्रिय मान्यता र ओलम्पिक चार्टर भनेर देशको कानुन नमान्ने सबै प्रक्रियाले खेलकुद विकासलाई अवरुद्ध गरिरहेको छ। यो विवाद रहेसम्म खेलकुदको विकास हुँदैन। १७ औंएसियाडको कमजोर प्रदर्शन पनि त्यसकै कारण हो।'

वहसमा राप्रपा नेपालका सभाषद तथा अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा, नेपाली काग्रेसका राई, नेकपा एमाओवादीका धनिराम चौधरी, नेकपा एमालेका राजेन्द्र पाण्डेलगायतले बोलेका थिए। समितिमा राजेन्द्र पाण्डेबाहेक सबैले विधि नपुर्याचई गर्न लागिएको निर्वाचन रोक्नुपर्ने विचार राखेका थिए। समितिमा भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ, फुटबलका महासचिव एवं एनओसीका उपाध्यक्ष धिरेन्द्र प्रधान, कुस्तीका नारायणदेव राणा, करातेका अध्यक्ष दावा गुरुङ तथा र्या फ्िटङ एन्ड क्यानोइङका मनबहादुर न्यौपानेलगायतले एनओसी निर्वाचन रोक्ने मागसहित निवेदन दिएका थिए।

को को उठने?

विवादका बीच हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा वर्तमान महासचिव जीवनराम सर्वसम्मत हुने सम्भावना बलियो छ। उनको विरुद्धमा अन्य कोहीको उम्मेदवारी नपर्ने बताइएको छ। अध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ सहमहासचिव,१ कोषाध्यक्ष र ९ केन्द्रिय सदस्यका लागि निर्वाचन हुनेछ।

अध्यक्षमा सर्वसम्मत हुने सम्भावना रहे पनि महासचिवमा भने चार उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको एनओसी स्रोतले जानकारी गराएको छ। महासचिवमा वर्तमान उपाध्यक्ष एवं नेपाल हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठ, सहमहासचिव एवं बास्केटबल संघका अध्यक्ष लामा टेण्डी शेर्पा, सदस्य एवं नेपाल साइक्लिङ संघका अध्यक्ष छिमी उर्केन गुरुङ र नेपाल तेक्वान्दो संघको महासचिवदीपराज गुरुङको उम्मेदवारी परेको छ। यसैगरी कोषाध्यक्षमा नेपाल भारोत्तोलन संघका अध्यक्षरतन टण्डनको एक्लो उम्मेदवारी पर्ने सम्भावा छ।

सहमहासचिवमा बक्सिङका अध्यक्ष राजीव श्रेष्ठ र टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द बैद्यबीच प्रतिस्पर्धा हुने सम्भावना बलियो रहेको स्रोतले जानकारी गरायो।बैद्यको उम्मेदवारी कोषाध्यक्षमा पनि हुन सक्ने बताइएको छ। यसैगरी रुक्म सम्शेर राणासँग गरेको सहमति अनुसार राणा पक्षबाट पनि कार्यसमितिमा एक उपाध्यक्षसहित चार वा पाँच सदस्य आउने बताइएको छ। उपाध्यक्षमा गंगा थापा, पुरेन्द्रविक्रम लाखे, ज्योति राणाको चर्चा छ।

सदस्यमा केही नयाँ अनुहारले प्रवेश पाउने सम्भावना छ। एथलेटिक्सका उपाध्यक्ष सञ्जिव तुलाधर, ट्राथोलनका महासचिव निलेन्द्रराज श्रेष्ठ, फेन्सिङका अध्यक्ष सुनिल श्रेष्ठ, ह्यान्डबलका अध्यक्ष तेज गुरुङ, पौडीका अध्यक्ष अशोक बज्राचार्य, जुडोका अध्यक्ष दीपकहर्ष बज्राचार्य सदस्य बन्न सक्छन्। एनओसीले अन्तिम समयसम्म पनि सर्वसम्मतिको लागि प्रयास जारे राख्ने बुझिएको छ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
९ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस