नेपाली टोलीलाई अर्को मौका
१२ साउन २०७२
•
७ मिनेट पाठ
नेपाली टोलीलाई अर्को मौका
काठमाडौं-ट्वान्टी–२० विश्वकपमा लगातार दोस्रोपल्ट छनोट भएर भूकम्पको पीडामा मलम लगाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको लक्ष्य आयरल्यान्डमा चकनाचुर भइसकेको छ।९ हजार बढीको ज्यान लिने गरी वैशाख १२ मा गएको विनाशकारी भूकम्प र त्यसपछिका निरन्तर पराकम्पले पीडित नेपालीको मुहारमा विश्वकपमा छानिएर खुसी दिन असफल भएकोटोलीले अर्को मौका पाएको छ।
अघिल्लो वर्ष डिभिजन २ मा गरेको उच्च प्रदर्शनपछि पाएको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने मौकामा नेपालको पहिलो खेल बुधबार स्कटल्यान्डविरुद्ध हुनेछ।

अर्को वर्ष छिमेकी भारतमा हुने ट्वान्टी–२० विश्वकपमा छानिने व्यावहारिक सम्भावनाबाट टाढिँदा निराश नेपाली मनलाई खुसीको अर्को दुर्लभ अवसर दिन स्कटल्यान्डविरुद्धको खेल फलदायी हुनसक्छ। तर, तीनपल्ट एकदिवसीय विश्वकप खेलिसकेको स्कटल्यान्डलाई उसकै भूमिमा हराउनु नेपाली टोलीका लागि सहज भने पक्कै पनि छैन।

ऐरमा हुने खेल नेपालका लागि विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेल हो। आठ टोलीबीच दुई वर्षसम्म चल्ने प्रतियोगितामा यसै वर्ष नामिबियामा सम्पन्न डिभिजन २ मा उच्च प्रदर्शन गर्दै नेपाल छानिएको थियो। यो स्तरमा पहिलो खेल खेल्न लागेको नेपाललाई बेलायतको 'कन्डिसन' त्यति फापेको छैन। आयरल्यान्डमा २० ओभरको विश्वकप छनोटमा नसोचेका हार भोग्दै समूहमा पुछारमा रहेको नेपालको स्कटल्यान्डसँग इतिहास पनि उत्साहजनक छैन।

यसअघि एकपल्ट मात्र दुई टोली आमने–सामने भएका छन्। गत वर्ष न्युजिल्यान्डमा एकदिवसीय विश्वकप छनोटमा भेट हुँदा स्कटल्यान्डले नेपालमाथि ९० रनको प्रभावशाली जित हासिल गरेको थियो। भर्खरै सम्पन्न २० ओभरको विश्वकप छनोट प्रतियोगितामा पनि नेपाल समूहको अन्तिम स्थानमा समेटिँदा स्कटल्यान्डले नेदरल्यान्ड्ससँग संयुक्त रूपमा उपाधि उचालेको थियो। फाइनल खेल वर्षाले बिथोल्दा दुवै टोलीलाई संयुक्त विजेता घोषित गरिएको थियो।

नेपाली टोलीका कप्तान पारस खड्का स्कटल्यान्डलाई बलियो प्रतिद्वन्द्वी मान्छन्। स्कटल्यान्डसँगको खेल जित्न नेपाली टोलीका सबै खेलाडीले आफ्नो पूरा क्षमता लगाउनुका साथै टिमसँग सही योजना पनि हुनुपर्ने पारसको भनाइ छ। 'हामी यहाँको कन्डिसनमा विस्तारै अभ्यस्त हुँदैछौं। कुनै पनि अवस्थामा हामी सुखद नतिजाका लागि प्रयास गर्नेछौं,' पारसलाई उद्धृत गर्दै समाचारहरूमा जनाइएको छ।

विश्वकप छनोटअघि भूकम्पका कारण देशमा अभ्यासको राम्रो वातावरण नपाउँदा नेपाली टोलीले भारत, इङ्ल्यान्ड तथा नेदरल्यान्ड्समा अभ्यास गरेको थियो। भारतमा तीन साता बिताएको टोली इङ्ल्यान्डमा दुई साता तथा नेदरल्यान्ड्समा पाँच दिन बसेको थियो। त्यसक्रममा नेपालले एक दर्जनभन्दा बढी २० ओभरका खेल खेल्यो। सबै खेलमा लामो समयदेखि नेपाली टोलीमा खट्किइरहेको ओपनिङ ब्याटिङको समस्या फेरि देखा पर्यो । जसका कारण प्रशिक्षक पुबुदु दासानायकेले नियमित ओपनर सुवास खकुरेल र सागर पुनको ठाउँमा विनोद भण्डारी, प्रदीप ऐरी, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल मण्डल लगायतलाई पनि प्रयोग गरे। तर, उनका कुनै पनि प्रयोगले सुखद नतिजा दिन नसक्दा नेपाल विश्वकप छनोटमा निराश हुनुपरेको थियो।

लामो स्वरुपको क्रिकेटका लागि तयार हुँदा पनि प्रशिक्षक दासानायकेसामु ओपनिङको समस्या यथावत हुनेछ। उनले विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि पनि टोलीमा केही महŒवपूर्ण परिवर्तन गरेका छन्। विश्वकप छनोटको एक खेलमा मात्र मौका पाएर जम्न नसकेका ओपनिङ ब्याट्सम्यान एवं विकेटकिपर सुवास खकुरेलसहित चोटग्रस्त सागर पुन, विनोद भण्डारी र जितेन्द्र मुखिया बेलायतबाट घर फर्काइएका छन्। उनीहरूको ठाउँमा पृथु बास्कोटा, महेशकुमार क्षेत्री र अविनाश कर्णलाई प्रशिक्षकले बोलाएका छन्।

स्कटल्यान्डका कप्तान प्रिस्टन मोम्सेन भर्खरै सम्पन्न ट्वान्टी–२० विश्वकप छनोटको सफलतालाई लिएर धेरै नै उत्साही छन्। 'हामी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पनि विजय अभियान निरन्तर गर्न चाहन्छौं। नेपाली टोलीमा प्रतिभावान खेलाडी छन्। तर, हामी शीर्ष टोली बन्न आतुर छौं। यसका लागि सबैलाई हराउनुपर्छ,' मोम्सेनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।

नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत बुधबार स्कटल्यान्डसँग पहिलो खेल खेल्नेछ भने शुक्रबार दोस्रो खेल हुनेछ।

नेपाली टोली – पारस खड्का (कप्तान), प्रदीप ऐरी, पृथु बास्कोटा, महेश क्षेत्री (विकेटकिपर), सोमपाल कामी, अविनाश कर्ण, करण केसी, सिद्धान्त लोहनी, राजेश पुलामी मगर, ज्ञानेन्द्र मल्ल (उपकप्तान), अनिलकुमार मण्डल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर।
अर्को समाचार
थाइल्याण्डसँग नेपाललाई मौका
१६ मंसिर २०७३
•
६ मिनेट पाठ
थाइल्याण्डसँग नेपाललाई मौका
काठमाडौं– थाइल्यान्डमा जारी एसिया कप ट्वान्टी–२० प्रतियोगितामा नेपाली  महिला टोलीको निराशाजनक प्रदर्शन गर्ने क्रम रोकिएको छैन । बिहीबार आयोजक थाइल्यान्डविरुद्ध नेपाली टोलीलाई एउटा मौका छ । नेपाल र थाइल्यान्ड मात्र प्रतियोगिताका टेस्ट नखेल्ने टोली हुन् । दुवै टोलीले स्पर्धामा एउटै खेल जित्न सकेका छैनन् ।दुवैले विश्व क्रिकेटका शक्तिशाली देशहरूसँग खेलिसकेको र आफूहरूबीच समान स्तरमा रहेकालेदुवै दबाबमुक्त रहने छन् । प्रतियोगिताहुनुअघि अभ्यास खेलमा भने नेपाल थाइल्यान्डसँग १९ रनले पराजित भएको थियो ।

बिहीबार दुवै टोली निराशाजनक प्रदर्शनरोक्दै टोलीमा थोरै भएपनि आत्मविश्वास बढाउन चाहन्छन् । नेपालले प्रतियोगितामा कुनै पनि पोजिसनमा सन्तोषजनक खेल देखाउन सकेको छैन । आयोजक थाइल्यान्ड पनि घरेलु मैदानमा जितका लागि तड्पिरहेको छ । नेपाललाई हराउँदै घरेलु दर्शकखुसी पार्ने अवसरको पर्खाइमा थाई टोली छ ।

खेलेका तीनै खेल हार्ने क्रममा थाई टोली भारतसँग ९ विकेट, बंगलादेशसँग ३५ रन रश्रीलंका ७५ रनले पराजित भएको थियो । नेपाली टोली भने पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट र बंगलादेशसँग ९२ रनले हारेको हो । अहिलेसम्मको प्रदर्शनहेर्ने हो नेपाल प्रतियोगिताकै कमजोर टोलीकारूपमा दरिएको छ । टेस्ट टोलीसामु नेपाली खेलाडीको प्रदर्शन फिका साबित भएको छ ।

नेपालविरुद्ध मंगलबार बंगलादेशले १ सय ३३ रन बनायो । जुन स्कोर नेपालले तीन खेलमा बनाएको स्कोरभन्दा २२ रनले बढी हो । एसियाली महिला क्रिकेटमा एकसमय इमर्जिङ टोलीको रूपमा उदाएको नेपाली टोलीको प्रदर्शन अहिले त्यो स्तरमाभइरहेको छैन ।कुनै पनि समय विपक्षीसामु सशक्त प्रतिद्वन्द्वीको चुनौतीअसफल भइरहेको छ । माथिल्लो स्तरको प्रतिद्वन्द्वीका कारण नेपालले मैदानमाढुक्कले खेल्न सकेको देखिँदैन ।

यद्यपि बिहीबार आफ्नै स्तरको प्रतिद्वन्द्वी पाएकाले नेपालका लागि जितको एउटा गतिलो अवसर हुनसक्छ । तर थाइल्यान्डसँग खेल्नु अघि टोलीमा निराशाका चाङ छन् । जुन एकपछि अर्को थपिँदैछ । सिनियर खेलाडीको वर्चस्व हुँदा पनि नेपालले स्तरीय प्रदर्शन दिन नसक्दा दबाब थपिएको छ । हरेक खेलमा शून्य र दोहोरो स्कोर बनाउन नसकेरै आउट हुने खेलाडीसंख्या बढ्दो छ ।

एसिया कपको प्रदर्शनले सिनियर खेलाडी टोलीमा भइरहनुको औचित्य प्रस्ट पार्नुपर्ने दबाब बढिरहेको छ । टोलीबाट खेलिरहेकी कप्तान रुबिना क्षेत्री, पूर्व कप्तान नेरी थापा, नीरा राजोपाध्याय, इन्दु बर्मा, सरिता मगर र सीता रानामगरले जुनियर र सिनियरमा गरी नेपाली टोलीबाट झन्दै एक दशकयता खेलिइसकेका छन् । तर अनुभवअनुसार खेलमा उनीहरूको परिपक्वता देखिँदैन । ब्याटिङ, बलिङ, फिल्डिङमा नियन्त्रण गुमिरहँदा प्रशिक्षक राजु बस्न्त्यातमाथि दबाब बढिरहेको छ ।

प्रतियोगिताअघि उनले थाइल्यान्डबाट कम्तीमा एउटा टेस्ट राष्ट्रलाई हराएर फर्कने लक्ष्य सुनाएका थिए । यो प्रदर्शनले टेस्ट राष्ट्रलाई हराउने लक्ष्य पूरा हुने नदेखिए पनि थाइल्यान्डसँग बदला लिने मौका भने छ । गत महिना बैंककमै सम्पन्न विश्वकप महिला छनोट क्रिकेटमा नेपाललाई थाइल्यान्डले दुइ पटक खेल्दा तीन विकेट र एक विकेटले पराजित गरेको थियो ।

थाइल्यान्डपछि नेपालले अन्तिम खेलमा साबिक विजेता भारतसँग खेल्नेछ । ब्याटिङतर्फ तीनै खेलमा नेपालको प्रदर्शन कमजोर छ । श्रीलंकाविरुद्ध२३ रनमात्र बनाउन सक्यो । जुन नेपाली क्रिकेट इतिहासकै न्युन स्कोर थियो । एक खेलमा एक खेलाडीले बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेका छैनन् । पाकिस्तानविरुद्ध कप्तान रुबिनाले ११, श्रीलंकाविरुद्ध ज्योति पाण्डेले १६ र बंगलादेशविरुद्ध सीता रानामगरले१५ रन बनाएका थिए । सबै खेलमा अरु खेलाडी दोहोरो अंक छुन असफल भए । धेरै शून्यमै पवेलियनफर्किए ।

ब्याटिङमा कुनै पनि पोजिसनका खेलाडीले गतिलो स्कोर जोड्न नसक्नु, बलिङ र फिल्डिङमा कमजोर देखिनु, टिम समन्वय, धैर्य, आत्मविश्वासको कमीले महिला खेलाडीहरू जितविहीन बनिरहेका छन् । बिहीबार आयोजकविरुद्ध खेल्दा सबै कमजोरीपन्छाउँदैनयाँ उत्साह ल्याउने अवसर भने छ नेपालसामु ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
नेपालसामु सुनौलो अवसर
नेपालसामु सुनौलो अवसर
नागरिक नागरिक • · १८ फागुन २०६९ · ९ मिनेट पाठ
युवा टोलीलाई अर्को मौका
नागरिक नागरिक • · २१ माघ २०७२ · ८ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस