विश्वकप बाटोमा हङकङसँग भेट
२९ असार २०७२
•
८ मिनेट पाठ
विश्वकप बाटोमा हङकङसँग भेट
काठमाडौं-नेपाली क्रिकेट महत्वपूर्ण मोडमा छ। जारी ट्वान्टी–२० विश्वकप छनोटमा धर्मराएको नेपाली अभियानसामु बाटोमा हङकङ भेटिएको छ। नेपालले तीन वर्षअघि त्यही हङकङलाई २८ रनले हराउँदै ट्वान्टी–२० विश्वकप छनोटमा यात्रा सुरु गरेको थियो।संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न त्यो संस्करणमा हङकङविरुद्धको पहिलो खेल सहजै जिते पनि नेपाललाई सफलता मिल्न सकेन। तर, लगत्तै अर्को वर्ष फेरि प्रतियोगिता युएईमै हुँदा नेपाल पहिलोपल्ट ट्वान्टी–२० विश्वकपमा छनोट भयो। जहाँ हङकङविरुद्धकै खेलमा अन्तिम बलसम्म संघर्ष गर्दै ५ विकेटको रोमाञ्चक जित पाएपछि नेपालले बंगलादेशमा गत वर्ष सम्पन्न विश्वकपमा स्थान सुरक्षित गरेको थियो। अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा शरद भेषावकरको ब्याटले नेपाललाई ऐतिहासिक जित दिलाएको थियो।

अहिले आयरल्यान्ड र स्कटल्यान्डमा जारी प्रतियोगितामा अमेरिकालाई हराउँदै सुखद सुरुआत गरेको नेपाली टोलीले दोस्रो खेलमा वर्षा बाधक बन्दा नामिबियासँग अंक बाँडनुपर्योक। तेस्रो खेलमा सोमबार आयोजक आयरल्यान्डसँग लज्जाजनक पराजय भोगेपछि नेपालको लगातार दोस्रोपल्ट विश्वकप छानिने लक्ष्य कमजोर बनेको छ।

समूह 'ए' मा आयरल्यान्डसँगको हारपछि नेपाल चौथो स्थानमा छ। १४ टोली सहभागी प्रतियोगिताको दुवै समूहका शीर्ष टोली स्वतः भारतमा अर्को वर्ष हुने विश्वकपलाई छानिन्छन्। दोस्रो हुनेले अर्को समूहको तेस्रो हुने टोलीसँग प्लेअफ खेल्नुपर्नेछ। प्लेअफमा जित्ने विश्वकप छनोट हुन्छन् भने पराजित हुने दुई टोलीले समूहमा चौथो स्थान हासिल गर्ने टोलीसँग अर्को एक प्लेअफको मौका पाउँछ।

समूहको शीर्ष स्थानमा रहेर भारत यात्रा पक्का गर्ने सम्भावना नेपालका लागि व्यावहारिक छैन। त्यसैले दोस्रो वा तेस्रो स्थान हासिल गरेर प्लेअफमा दुईपटक मौका लिन सके पनि त्यो नेपालका लागि फलदायी हुनेछ। त्यसका लागि फेरि बाटोमा आएको हङकङलाई बुधबार हुने खेलमा पन्छाउन सक्नुपर्नेछ।

नेपालका प्रशिक्षक पुबुदु दासानायके हङकङलाई 'एक/दुई राम्रा खेलाडी भएको टोली' भन्न रुचाउँछन्। तर हङकङसाग पनि ढुक्क भएर नबस्ने उनले बताए। 'उनीहरूको टोलीमा इरफान अहमद एक जनामात्र अलि खतरनाक खेलाडी हुन्। हामी पनि आरामदायी अवस्थामा छैनौं,' पुबुदुले भने, 'तर, हाम्रो टोलीमा पनि यस्तो अवस्थासँग जुध्न पर्याप्त प्रतिभा र क्षमता छ। हामी प्रतियोगिताका बाँकी खेलमा कडा मिहिनेतसाथ राम्रो प्रदर्शनको प्रयास गर्नेछौं।'

त्यसो त हङकङ नेपालका लागि अत्यन्तै चिरपरिचित प्रतिद्वन्द्वी हो। ट्वान्टी–२० क्रिकेटको प्रतिस्पर्धात्मक खेलमा त हङकङमाथि नेपालको विगत राम्रो पनि छ। गत वर्ष बंगलादेशमा सम्पन्न विश्वकपमा पहिलोपल्ट छनोट भएको नेपालले चित्तागोङमा पहिलो खेल हङकङविरुद्ध नै खेलेको थियो। त्यो खेलमा पाएको ८० रनको जित ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा प्रभावशालीमध्ये एक हो। त्यही वर्ष श्रीलंकामा सम्पन्न हङकङविरुद्धको चार अन्तर्राष्ट्रिय खेलको शृंखला वर्षाका कारण बिथोलियो। एकमात्र खेल सम्भव हुँदा त्यसमा भने हङकङले २ विकेटको विजय पाएको थियो।

काठमाडौंमा भएको एसिसी ट्वान्टी–२० कप २०११ को समूह चरणमा नेपालले २ विकेटको विजय हासिल गरेको थियो भने दुई वर्षपछि काठमाडौंमै भएको प्रतियोगिताको अर्को संस्करणमा हङकङ ६ विकेटले विजयी भएको थियो। २०१३ को संस्करणमा फाइनल पुगेको नेपाल उपाधि भिडन्तमा अफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

भारतमा तीन साताको अभ्यास भ्रमण गरेर नेपाल फर्किएलगत्तै नेपाली राष्ट्रिय टोली इङ्ल्यान्ड र नेदरल्यान्ड्स हुँदै आयरल्यान्ड पुगेको थियो। इङ्ल्यान्डमा त्यहाँका स्थानीय क्लबसँग चार अभ्यास खेल खेलेपछि नेपालले नेदरल्यान्ड्समा डच राष्ट्रिय टोलीसँग चार ट्वान्टी–२० अन्तर्राष्ट्रियको दुईदेसीय शृंखला खेलेको थियो। इङ्ल्यान्डमा दुई जित तथा दुई हारको नतिजा निकालेको नेपालले नेदरल्यान्ड्ससँगका तीन खेलमा पराजय स्विकारेको थियो। अन्तिम खेल जिते पनि शृंखला विपक्षीलाई ३–१ ले सुम्पँदै नेपाल आयरल्यान्ड लागेको थियो। आयरल्यान्डमा पनि दुई अभ्यास खेलमध्ये ओमानसँगको खेल वर्षाले बिथोलेपछि युएईसँगको अर्को खेलमा नेपाल पराजित भयो।

यसबीचमा नेपाली टिम व्यवस्थापनले सफलताको भोकमा थुपै्र परिवर्तन गरेको छ। खासगरी ब्याटिङक्रममा उल्लेख्य परिवर्तन गरेर प्रशिक्षक पुबुदु दासानायकेले ठूलै जुवा मोलेका छन्। नियमित ओपनर एवं विकेटकिपर सुवास खकुरेल आयरल्यान्डमा बेन्च हिटरमै सीमित भएका छन्। उनको ठाउँमा अनिल मण्डललाई ओपनिङमा फर्काइएको छ। यसैगरी भरपर्दा ब्याट्सम्यान एवं टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई पनि तेस्रो नम्बरबाट हटाएर आयरल्यान्डविरुद्ध पाँचौं नम्बरमा पठाएर प्रशिक्षकले अर्को जोखिम मोले।

टिममा पुनरागमन जनाएका प्रदीप ऐरीबाट प्रशिक्षकले चाहेजस्तो प्रदर्शन पाउन सकेका छैनन्। ओपनिङको समस्या पनि तमाम परिवर्तनका बाबजुद टर्न सकेको छैन।

वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका लगातार पराकम्पले पूरै देश कामेका बेला देशबासीलाई विश्वकपमा छानिएको खुसी दिने जिम्मेवारीका साथ नेपाली टोली यसै महिनाको पूर्वार्द्धमा युरोप भ्रमणमा निस्किएको थियो। 'भग्नावशेषबाट उदाउने' नेपालको अभियानमा अझै मौका छ। तर, त्यसका लागि टिम व्यवस्थापनले सही रणनीति अपनाउन सक्नुपर्छ। टिमले परिपक्वता प्रमाणित गर्न सक्नुपर्छ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
९ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस