काठमाडौं- हार आफैमा अत्यन्तै अप्रिय हुन्छ। अझ एउटा ठूलो लक्ष्यमा निस्कँदा भोगेको हारले झनै झस्काउँछ। त्यो पनि लज्जाजनक रूपमा भयो भने पीडा थप असह्य हुन्छ। लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा छनोट भएर भूकम्पले सारा नेपालीलाई दिएको घाउमा मलम लगाउने लक्ष्य बोकेर आयरल्यान्ड पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार यस्तै पीडादायी नतिजा स्विकारेको छ।आयरल्यान्डको बेल्फास्टस्थित स्टोरमोन्टमा रहेको सिभिल सर्भिस क्रिकेट क्लब मैदानमा नेपालले घरेलु टोलीलाई ८ विकेटले नतिजा सुम्पँदा प्रदर्शनमा चित्त बुझाउने ठाउँ थिएन। टस हारेर ब्याटिङ गर्न निम्त्याइएको नेपाली ब्याट्सम्यानहरू आफ्नो ट्वान्टी–२० अन्तर्राष्ट्रियको इतिहासमा सबैभन्दा कम स्कोरमा पवेलियन फर्किए।
४ रनका लागि पछिल्लो ५ विकेट गुमाएको नेपाल १४.३ ओभरभन्दा बढी क्रिजमा टिक्न नसक्दा ५३ रनमा समेटिएको थियो। यसै प्रतियोगिताअघि एम्सटेल्भिनमा नेदरल्यान्ड्सविरुद्ध खेलिएको चार ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत जुलाई १ मा भएको दोस्रो खेलमा १ सय ७२ रनको लक्ष्य पछ्याउँदा १७.४ ओभरमा अलआउट हुँदै बनाएको ६९ रन यो स्वरुपमा नेपालको सानो स्कोर थियो।
प्रशिक्षक पुबुदु दासानायकेले महŒवपूर्ण खेलमा ब्याटिङक्रम परिवर्तन गर्दै मोलेको जुवालाई सानो स्कोरले सफल दर्जा दिएन।
तेस्रो नम्बरमा आउने गरेका उपकप्तान ज्ञानेन्द्र मल्ललाई पाँचौं नम्बरमा पठाएर उनको पोजिसनमा प्रदीप ऐरीलाई मौका दिइएको थियो। तर चार बल सामना गरेका प्रदीप खाता खोल्न नपाउँदै पवेलियन फर्किए। प्रतियोगितामा पहिलोपल्ट मौका पाएका राजेश पुलामी मगर ६ रनमा आउट भए। नेपाली टोलीमा ब्याटिङका भर ज्ञानेन्द्रको योगदान सोमबार २ रनमा सीमित हुँदा चार खेलाडी खाता खोल्न पनि सफल भएनन्। प्रदीपसँगै विनोद भण्डारी र पुछारका शक्ति गौचन र सोमपाल कामीको नाममा सोमबार रन थिएन। वसन्त रेग्मीले २ रन बनाए भने अमेरिकामाथि विजय हासिल गर्दा २९ रन बनाएका ओपनर अनिलकुमार मण्डल पनि २ रनमै पवेलियन फर्किएका थिए। शरद भेषावकरको खातामा ६ रन थियो। नेपालको इनिङमा ओपनर सागर पुनले सर्वाधिक २० रन बनाए भने कप्तान पारस खड्का दोहोरो अंकमा स्कोर गर्ने अर्का एकमात्र खेलाडी थिए। पारसले १० रन बनाए।
आक्रामक रूपमा प्रस्तुत भएका सागरले १८ बलमा ३ चौका प्रहार गरेका थिए भने १६ बल सामना गरेका पारसले १ चौका प्रहार गरे।
तेस्रो ओभरको अन्तिम बलमा अनिल आउट भएपछि नेपालको पतनक्रम सुरु भयो। पहिलो विकेटका लागि सागरसँग १८ रनको साझेदारी गरेका अनिल एलेक्स कुसकको बलमा जोन मुनीबाट समातिए। नेपालले अर्को एक रन थप्दा प्रदीपको विकेट पनि गुमायो। प्रदीपलाई मुनीले एलबिडब्लु धरापमा पारेका थिए।
त्यसपछि कप्तान पारससँग ९ रनको साझेदारी गर्दै सागरले पनि पवेलियनको बाटो तताए। मुनीको बलमा स्टुवार्ट थोम्सनलाई क्याच दिँदै सागर आउट हुँदा ५.४ ओभरमा नेपालको स्कोर ३–२८ थियो। त्यसपछि चौथो विकेटका लागि पारस र ज्ञानेन्द्रले १० रनको साझेदारी गरे पनि त्यसपछि तीन बलबीचमा दुवै खेलाडी आउट भए। आयरल्यान्डका लागि तीन विकेट लिएका केभिन ओ'ब्रायनले ज्ञानेन्द्रलाई नेपालको स्कोर ३८ रन हुँदा आठौं ओभरको अन्तिम बलमा सिकार बनाए। नवौं ओभरको दोस्रो बलमा पारस पनि क्राएग योङको बलमा बोल्ड हुँदै आउट भए।
नेपालले चार रनका लागि मात्र १८ बलमा पछिल्ला ५ विकेटका रूपमा शरद, विनोद, राजेश, वसन्त र शक्तिलाई गुमाएको थियो।
एसोसिएट्स राष्ट्रमध्ये सबैभन्दा प्रभावशाली क्रिकेट खेल्दै आएको आयरल्यान्डका लागि घरेलु 'कन्डिसन' मा ५४ रनको लक्ष्य कुनै पहाड थिएन। टोलीले ८ ओभरमै लक्ष्य हासिल गर्ने क्रममा नेपाली बलरलाई खास मौका दिएन। सोमपाल कामीले दुई विकेट लिए पनि आइरिस ब्याट्सम्यानलाई जितबाट रोक्न त्यो पर्याप्त थिएन।
वर्षाका कारण दोस्रो इनिङ केहीबेर ढिलो गरी सुरु भएको खेलमा ओपनर नेइल ओ'ब्राइनलाई सोमपालले दोस्रो ओभरको तेस्रो बलमै बोल्ड गर्दा नेपालको आशा केही पलाएजस्तो भए पनि त्यो धेरैबेर टिक्न सकेन। आयरल्यान्डले पहिलो विकेट गुमाउँदा टोलीको स्कोर ४ रनमात्र थियो। तर अर्का ओपनर पाउल स्टर्लिङले व्यक्तिगत २९ रन जोड्दै दोस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेर आयरल्यान्डलाई जितको बाटोमा डोर्यारइसकेका थिए। सोमपालले स्टर्लिङलाई पनि आठौं ओभरको पाँचौं बलमा बोल्ड गरेका थिए।
स्टर्लिङ आउट हुँदा आयरल्यान्डले स्कोर बराबरी गरिसकेको थियो। जहाँ लगत्तैको बलमा केभिन ओ'ब्रायनले एक रन लिएर घरेलु टोलीको सतप्रतिशत नतिजा यात्रालाई निरन्तरता दिए। टोलीका लागि विलियम पोर्टरफिल्डले १८ रनको योगदान गरेका थिए।
प्रतियोगितामा आयरल्यान्डले अहिलेसम्म खेलेका सबै तीन खेल जितेर ६ अंकसाथ समूह 'ए' को शीर्ष स्थानमा कब्जा जमाएको छ। तीन खेलमा एकमात्र जित पाएको नेपाल भने ३ अंकसाथ चौथो स्थानमा झरेको छ। पहिलो खेलमा अमेरिकालाई हराएको नेपालले नामिबियाविरुद्ध शनिबारको खेल वर्षाले बिथोलेपछि अंक बाँडेको थियो। आयरल्यान्डले भने अघिल्ला दुई खेलमा नामिबिया र अमेरिकालाई हराएको थियो।
अर्को वर्ष भारतमा हुने ट्वान्टी–२० विश्वकपमा जारी प्रतियोगिताको दुई समूहमा विभाजित भएर प्रतिस्पर्धारत १४ मध्ये ६ टोली छनोट हुनेछन्। दुवै समूहका शीर्ष टोली सोझै भारत भ्रमणका लागि छानिन्छन् भने बाँकी टोलीबीच पुनः वरीयता निर्धारणका खेलहरू हुनेछन्। त्यसबाट बाँकी चार शीर्ष टोली विश्वकपलाई छानिन्छन्।