नेपालको दोस्रोपटक विश्वकप पुग्ने अभियान
२४ असार २०७२
•
१० मिनेट पाठ
नेपालको दोस्रोपटक विश्वकप पुग्ने अभियान
काठमाडौं- ट्वान्टी-२० विश्व क्रिकेटको सबैभन्दा कान्छो स्वरुप हो। एक टोलीले बढीमा २० ओभर खेल्न पाउने यो स्वरुपलाई ब्याट्सम्यानको खेलका रूपमा लिइन्छ। नयाँ नयाँ सट खेल्ने, जोखिमपूर्ण शैलीमा ब्याट घुमाउने र ठूलो स्कोरतर्फ लम्किने ट्वान्टी–२० क्रिकेटको विशेषता हो।पाँचदिने टेस्ट, एकदिवसीयलाई छोट्याउँदै रोमाञ्चक बनाउने क्रममा अन्तर्राष्ट्रिय क्रिकेट जगतले पछिल्लो दशकमा २० ओभरको खेल स्थापित गर्दा यसको निकै आलोचना भएको थियो। ट्वान्टी–२० ले क्रिकेटको वास्तविक भावना मार्छ भन्ने क्रिकेट पण्डितको बाहुल्य थियो, त्यो बेला। सँगै विश्व क्रिकेटको कान्छो सन्तानले यो खेलको लोकप्रियता थप बढाउन योगदान गर्छ भन्नेको पनि कमी थिएन। पक्कै पनि पछिल्लो समय २० ओभरको क्रिकेटले लोकप्रियताको सगरमाथा चढिसकेको छ।

ब्याट्सम्यानको खेलका रूपमा बयान गरिँदा सुरुआती दिनमा ट्वान्टी–२० नेपालका लागि होइन भन्ने पण्डित पनि धेरै थिए। नेपाल यो स्वरुपमा जम्न सक्दैन भन्नुमा उनीहरूसँग पर्याप्त दमदार तर्क पनि थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा भर्खरै उदाउँदै गरेको नेपालले जति पनि सफलता पाएको थियो, ती सबमा बलिङ मुख्य आधार थिए। नेपालले ब्याटमा सधँै संघर्ष गरिरहेका कारण ट्वान्टी–२० नेपालका लागि उपयुक्त खेल होइन भन्दै त्यतिखेर गरिएका तर्क अहिले एक दशक पनि नबित्दै गलत साबित भइसकेको छ। नेपाललाई कुनै पनि टिम खेलको विश्वकप खेलाउने पहिलो खेलका रूपमा क्रिकेटले नाम लेखाउँदा ट्वान्टी–२० स्वरुप नै फलदायी साबित भयो। दुई वर्षअघि बंगलादेशमा सम्पन्न ट्वान्टी–२० विश्वकप कुनै पनि टिम खेलमा नेपालले सहभागिता जनाएको पहिलो विश्वकप थियो।

बंगलादेशमा गरेको सनसनीपूर्ण प्रदर्शनका कारण नेपालले ५० ओभर वा त्योभन्दा लामो स्वरुपमा संघर्ष गर्नुपरे पनि ट्वान्टी–२० मा भने अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छ। भलै नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) ले त्यसको उपयोग गर्न नसकोस। तथापि नेपाल लगातार दोस्रोपल्ट ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाउने लक्ष्यसाथ युरोप भ्रमणमा निस्केपछि मात्र नेपालले २० ओभरको क्रिकेटमा आठ अन्तर्राष्ट्रिय खेल पूरा गर्योज। ९ महिनामा आठ खेलको कोटा पूरा गरेपछि नेपालले आइसिसीबाट औपचारिक रूपमा वरीयता पाएको छ।

स्कटल्यान्ड र आयरल्यान्डमा संयुक्त रुपमा बुधबार सुरु ट्वान्टी–२० विश्वकप छनोटलाई नेपाली टोली असार ५ मा इङ्ल्यान्ड गएको थियो। विशेष तयारीलाई त्यहाँ गएको नेपाली टोलीले स्थानीय क्लबसँग चार खेलको अनुभव पनि बटुल्यो। दुई जित तथा दुई हारको नतिजा भोगेको टोलीले त्यसपछि नेदरल्यान्ड््समा डच राष्ट्रिय टोलीसँग चार खेलको दुईदेसीय ट्वान्टी–२० शृंखला खेल्यो। पहिलो तीन खेलमा लगातार हार बेहोरेपछि चौथो खेलमा नेपालले सान्त्वना जित पाएको थियो।

नेदरल्यान्ड्ससँगको शृंखलापछि आइतबार आयरल्यान्ड पुगेको नेपालले आधिकारिक दुई अभ्यास खेल खेल्यो। ओमान र संयुक्त अरब इमिरेट्सविरुद्ध खेलेका दुवै अभ्यास खेलमा नेपालले सुखद प्रदर्शन गर्न सकेन। ओमानविरुद्धको पहिलो खेल वर्षाका कारण नतिजारहित टुंगिँदा युएईसँग मंगलबार वर्षाले दुईपटक खेल बिथोल्दा नेपाल डकवर्थ लुइस पद्धतिअनुसार २० रनले पराजित भयो। नतिजाभन्दा पनि दोस्रो खेलमा नेपालले गरेको ब्याटिङ सबैभन्दा चिन्ताको विषय थियो।

युरोप भ्रमणमा निस्कनुअघि यही छनोट प्रतियोगितालाई नेपालले भारतमा तीन साताको अभ्यास भ्रमण गरेको थियो। भारत भ्रमणमा हिमाञ्चल प्रदेशको टोलीविरुद्ध नेपालले चार अभ्यास खेल खेल्दा शृंखला २–२ को बराबरीमा टुंग्याएको थियो।

शुक्रबार अमेरिकासँग खेलेर नेपालले लगातार दोस्रोपटक ट्वान्टी–२० विश्वकपमा सहभागिताको प्रयास थाल्नेछ। नेपाल रहेको समूह 'ए' मा सहआयोजक आयरल्यान्ड, हङकङ, पपुवा न्युगिनी, नामिबिया र जर्सी छन्। समूह 'बी' मा अर्को सहआयोजक स्कटल्यान्ड, अफगानिस्तान, युएई, नेदरल्यान्ड्स, क्यानडा, केन्या र ओमान छन्। छनोट प्रतियोगिताबाट ६ टोली अर्को वर्ष भारतमा हुने ट्वान्टी–२० विश्वकपलाई छानिन्छन्।

नेपाली खेलकुदका लागि आउँदो दुई साता अत्यन्तै महŒवपूर्ण छ। क्रिकेट टोलीले लगातार दोस्रोपटक विश्वकपमा स्थान सुरक्षित गर्न सके विनाशकारी भुइँचालोले क्षतविक्षत पारेको देश र देशबासीको मुहारमा दुर्लभ खुसी दिन सक्नेछ। राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल भारत भ्रमणको टिकट काट्न सके भुइँचालोले दग्द पारेको नेपालीको मनोबल उच्च हुने विश्वास व्यक्त गर्छन्।

'हामी प्रतियोगिताको शीर्ष दुईमा रहेर आउँदो वर्ष हुने विश्वकपमा छानिन चाहन्छौं,' ज्ञानेन्द्रले क्रिकेट अनलाइन क्रिकइन्फोसँग भनेका छन्, 'हामी आफ्नो देशका लागि लगातार दोस्रोपल्ट विश्वकपमा स्थान सुरक्षित गर्न चाहन्छौं। हामीले त्यो सफलता हासिल गरे नेपाली नागरिकको मुहारमा मुस्कान फर्काउन सक्नेछौं।'

दुई वर्षअघि युएईमा सम्पन्न अघिल्लो संस्करणको छनोटमा नेपाल आयरल्यान्ड र अफगानिस्तानभन्दा पछि तेस्रो स्थानमा रहेर बंगलादेशका लागि छानिएको थियो। छनोट प्रतियोगिताका क्रममा हङकङसँगको खेलको अन्तिम बलमा शरद भेषावकरले छक्का प्रहार गरेपछि नेपाल पहिलोपटक विश्वकपको लायक भएको थियो। बंगलादेशमा नेपालले हङकङ र अफगानिस्तानलाई हराउनुका साथै डेढ दशकदेखि टेस्ट खेलिरहेको आयोजक बंगलादेशलाई कडा टक्कर दिएको थियो।

लगातार दोस्रोपटक विश्वकप खेल्ने अभियान सफल पार्न अभ्यासक्रम टोलीले ब्याटिङमा थुप्रै प्रयोग थालेको छ। ओपनिङमा सागर पुनको सट्टा नेदरल्यान्ड्सविरुद्धका दुई खेलमा ज्ञानेन्द्रलाई खेलाउने नेपालको प्रयोग खास सफल देखिएन।

आयरल्यान्डको अवस्थासँग भिज्नका लागि तीन साताअघि नै युरोप गएको टोलीमा सात वर्षअघि जर्सीमा विश्व क्रिकेट लिग डिभिजन ५ खेल्दाको दाँजोमा थुप्रै नयाँ खेलाडी छन्। ब्याटिङमा त्यति बेला जर्सीको भ्रमण गरेका खेलाडीकै बाहुल्य भए पनि बलिङ लाइनअप भने विल्कुल फरक छ। त्यतिखेर मोजाम्बिकविरुद्धका सबै १० सहित सर्वाधिक १९ विकेट लिएका महबुब आलम, अमृत भट्टराई र पूर्वकप्तान विनोद दास यसपालि टोलीमा छैनन्। विनोद टोलीमा बलिङ प्रशिक्षक छन्। यिनको ठाउँमा कम अनुभव भए पनि प्रतिभावान सोमपाल कामी र करण केसीले नेपाली बलिङ आक्रमणको जिम्मा लिनुपर्छ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
९ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस