काठमाडौं- दक्षिण कोरियाको इन्चोनमा गत वर्ष १७ औं एसियाली खेलकुद (एसियाड) हुँदा नेपालबाट २५ खेलका २ सय ४ खेलाडीको सहभागिता थियो। पाँच खेलाडी वैदेशिक रोजगारीका लागि उतै सुइँकुच्चा ठोके, बाँकी हारको शृंखला जोड्दै निराशाजनक रूपमा घर फर्र्किए। २ सय ४ खेलाडीबाट नेपाल एक कांस्य पदकमै सीमित भयो। नेपाललाई त्यो अमूल्य पदक जिताउने श्रेय करातेले लिएको थियो।
राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको विवादमा पिसिँदै इन्चोन पुगेकी विमला तामाङले कातामा कांस्य जित्दा करातेको मात्र शान उँचो भएको थिएन, देश पदकविहीन हुनबाट जोगिएको थियो। त्यसो त नेपाली खेलकुदमा करातेको ठाउँ अत्यन्तै अहम् छ। दक्षिण एसियाली खेलकुद (साग), एसियाड तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा देशलाई नियमित पदक जिताउने खेलमध्ये कराते अग्रपंक्तिमै छ। तर दुर्भाग्य भारतमा अर्को वर्ष हुने १२ औं दक्षिण एसियाली खेलकुदमा कराते समावेश नहुने सम्भावना बढेको छ।
फागुन दोस्रो साता हुने सम्भावना रहेको प्रतियोगिताका लागि बुधबार नयाँ दिल्लीमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा आयोजकको हैसियतमा भारतले २२ खेल प्रस्ताव गर्दा कराते थिएन। त्यसो त भारतले दक्षिण एसियाकै लोकप्रिय क्रिकेट हटाउनुका साथै बास्केटबल, साइक्लिङ, फुटबल, तेक्वान्दो, भलिबल, भारोत्तोलन र उसुबाट महिला इभेन्ट हटाउने प्रस्ताव गरेको थियो।
पदककीय दृष्टिमा नेपालका लागि कराते तथा बाँकी खेलका महिला इभेन्टबाट आश गरिएको थियो। बैठकमा सहभागिता जनाएका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले नेपाल लगायत अन्य राष्ट्रले कराते अनिवार्य समावेश गर्नुपर्ने अडान राखेपछि भारत लचिलो भएको बताएका छन्।
'करातेबिना सागमा नेपालको सहभागिता सम्भव हुँदैन। यो हाम्रो राष्ट्रिय खेलजस्तै हो भन्ने कुरा बैठकमा राख्यौं,' प्रधानले भने, 'त्यसमा अन्य राष्ट्रले पनि साथ दिएपछि कराते राख्ने लगभग निश्चित भएको छ। अन्तिम टुंगो भने केही दिनपछि प्राविधिक समितिले गर्नेछ।'
भारतले प्रस्ताव गरेका २२ मध्ये ७ खेलमा महिलाको इभेन्ट हटाइएकोमा पनि नेपालसहित केही राष्ट्रले कडा आपत्ति जनाएका थिए। नेपाली प्रतिनिधिले लैंगिक समानताका लागि पनि सबै खेलमा महिलाको इभेन्ट्स समावेश गर्नुपर्ने माग राखेपछि अरु देश पनि सकारात्मक भएको बताइएको छ। तर भारतले सरकारसँग अनुमति लिएपछि मात्र अन्तिम निर्णय गर्न सकिने बताएबाट नेपालको पदक सम्भावना भएका खेलहरू समावेश हुने पक्का भने भइसकेको छैन।
भारतले १२ औं साग गुहाटी र सिलोङमा गर्न भनी ६० करोड भारतीय रुपैयाँ छुट््याइसकेको बैठकमा जानकारी गराएको थियो। बजेट लगायतका सबै तयारी पूरा भइसकेकाले खेल थप्न भारतीय ओलम्पिक संघले पुनः सरकारको स्वीकृति लिनुपर्ने भएको हो।
दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठूलो खेलमेला (तत्कालीन साफ हाल साग) १९९९ मा काठमाडौंमा हुँदादेखि कराते समावेश गरिएको थियो। आठौं साफमा नेपालले ऐतिहासिक सफलताका साथ दोस्रो स्थान हासिल गर्दा करातेको भूमिका अहम् थियो। नेपालले जितका कुल ३१ स्वर्णमध्ये १४ स्वर्ण करातेले मात्र जितेको थियो। तेक्वान्दोले १४ तथा बक्सिङले दुई र पौडीले एक स्वर्ण पदक जित्दा नेपाल ऐतिहासिक रूपमा दोस्रो भयो। करातेमा कुल १६ इभेन्ट समावेश हुँदा नेपालले १४ स्वर्ण तथा १ रजत र १ कांस्य पदक जितेको थियो।
सन् २००४ मा पाकिस्तानको इस्लामाबादमा भएको नवौं साफमा नेपालले करातेबाट १ स्वर्ण, २ रजत र १ कांस्य जितेको थियो। सन् २००६ मा श्रीलंकामा सम्पन्न १० औं सागमा करातेले नेपाललाई २ स्वर्ण ३ रजत र ४ कांस्य पदक जिताएको थियो। यही संस्करणदेखि दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को नाम परिवर्तन गरेर दक्षिण एसियाली खेलकुद (साग) बनाइएको थियो। कुनै पनि संस्करणमा खालि हात हुनुनपरेको करातेले बंगलादेशमा २०१० मा सम्पन्न ११ औं सागमा देशका लागि सर्वाधिक ३ स्वर्ण, २ रजत र २ कांस्य जितेको थियो।
एसियाली खेलकुदमा पनि करातेले १२, १३ र १७ औं संस्करणमा कांस्य पदक जितेको इतिहास छ। तर नेपाली खेलकुदलाई गौरवको बाटोमा अघि बढाउने कराते खेलाडी अहिले अन्योलको भुमरीमा रुमल्लिइरहेका छन्। सागकै लागि राष्ट्रिय टोलीमा रहेर तीन वर्षदेखि निरन्तर अभ्यास गरिरहेका खेलाडीलाई कराते समावेश नगरिएको खबरले मर्माहत बनाएको छ।
'नेपाली खेलाडीले पदक जित्ने व्यावहारिक सम्भावना भएको साग नै हो। यो हाम्रा लागि ओलम्पिकसरह हो। त्यसैका लागि खेलाडीहरू तमाम समस्याका बाबजुद वर्षौसम्म निरन्तर मिहिनेत गरिरहेका हुन्छन्,' राष्ट्रिय कराते टोलीका प्रशिक्षक एवं सागका दोहोरो स्वर्णधारी दीपक श्रेष्ठले भने, 'तर अहिले कराते छैन भन्ने खबर आएपछि खेलाडीहरू अत्यन्तै निराश भएका छन्। मैले आज बिहान प्रशिक्षणमा खेलाडीलाई नेपाल ओलम्पिक कमिटीले करातेको पक्षमा लबिङ गरिरहेको र कराते समावेश हुनेमा आश्वस्त पार्ने प्रयास गरेको छु। तर कोही ढुक्क हुन सकेका छैनन्।'
एनओसी अध्यक्ष प्रधानले कराते नेपालको राष्ट्रिय खेल जत्तिकै महत्वपूर्ण भएकाले यो खेल नराखे सहभागी नहुने भन्दै लिएको अडानको प्रशंसा गर्दै दीपकले भने, 'हामी खेलाडी र प्रशिक्षकको तर्फबाट उहाँ र ओलम्पिक कमिटीलाई धन्यवाद दिन चाहन्छौं। कराते समावेश नभएसम्म खेलाडीको भावनाअनुसार यो अडान राख्न हामी उहाँलाई अनुरोध गर्न चाहन्छौं।'
यसैबीच अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल कराते महासंघका महासचिव केदारबाबु सिवाकोटीले सबै देशका कराते महासंघसँग खेल समावेश गर्ने विषयमा कुराकानी भइसकेको बताउँदै १२ औं सागमा कराते हुनेमा आश्वस्त पार्न खोजे। 'हामीले सबै देशका महासंघसँग कुरा गरिसकेका छौं। अब सबै देशका कराते महासंघले आ–आफ्नो ओलम्पिक कमिटीमार्फत आयोजक र दक्षिण एसियाली ओलम्पिक काउन्सिललाई दबाब दिन्छ। कराते समावेश हुने पक्काजस्तै भइसक्यो,' सिवाकोटीले भने।
देशभित्र राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त संघको विवाद, राष्ट्रिय खेलकुद परिषद र ओलम्पिक कमिटीको हानथाप तथा अन्य थुप्रै समस्याबाट गुजि्रइरहेका कराते खेलाडीको सागमा पदक जित्ने सपनामा अर्को तगारो बनेको छ, भारतको प्रस्ताव। तथापि कराते टोलीले नेपाली खेल प्रशासनबाट समस्या समाधानको आश गरेको छ। प्रशिक्षक श्रेष्ठ भन्छन्, 'खेल समावेश गराउने कुरामा ओलम्पिक कमिटीले अडान लिएको छ। आवश्यक परे नेपाल सरकारले पनि सहयोग गर्ने आशा गरेका छौं। खेलाडीले वर्षौदेखि गरेको मिहिनेत खेर नजाओस्।'