काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान) ले यही असार ४ मा सुटुक्क साधारणसभा गर्ने तयारी गरेको छ। क्यानका कार्यवाहक अध्यक्ष दीपक कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार आर्थिक नियमावली र कर्मचारी प्रशासन नियमावली पास गर्नेलगायतका विषयमा निर्णय गर्न साधारणसभा गर्नुपरेको बताएका छन्।
‘हाम्रो विधानमा प्रमुख कार्यकारी अधिकृत र फाइनान्स म्यानेजरको विधानमा कुनै व्यवस्था छैन। तर एसिसी र आइसिसीको निर्देशनअनुसार हामीले दुवै पोस्टमा कर्मचारी नियुक्त गरिसकेका छौं। यसलाई विधानमा व्यवस्था गर्न पनि साधारणसभा आवश्यक छ,' कोइरालाले नागरिकसँग भने, ‘अख्तियारको निर्देशन पनि पालना गर्नुपर्ने छ। यसबीचका काम र कार्यसमितिका निर्णयपनि अनुमोदन गर्नुछ।'
विगतमा दुईपटक साधारणसभातयारी गरेर पनि गर्न नसकेको प्रसंग कोट्याउँदै कोइरालाले यसै वर्षको भदौ वा असोजमा निर्वाचन गर्ने निर्णय पनि गराउन प्रयास गर्ने बताए। क्यानको चारवर्षे कार्यकाल कात्तिकमा सकिँदैछ। पछिल्लो पटक वैशाख ३१ का लागि घोषित साधारणसभा भूकम्पका कारण स्थगित भएको थियो।
‘पहिलो पटक मुद्दाका कारण साधारणसभा गर्ने भनेर सकिएन। वैशाखमा पनि भूकम्पका कारण गर्न सकिएन। दुई वर्षदेखि रोकिएको साधारणसभा हो यो,' कोइरालाले भने, ‘प्रशासनिक रूपमा चुस्त रहन र अन्तर्राष्ट्रिय क्षेत्रमा सन्देश दिन पनि साधारणसभा आवश्यक छ।'
यसैबीच एसिसीले विकास बजेटअन्तर्गत नेपाललाई दिन रोकेको ७ करोड रुपैयाँ दिन एसिसीका विकास व्यवस्थापक र फाइनान्स म्यानेजर सहमत भएको कोइरालाले बताए। गतसाता नेपाल आएका एसिसीका डेभलपमेन्ट अफिसर बन्दुला वार्नापुरा र फाइनान्स म्यानेजर कुसित परेराले आउँदा दिनमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको नाममा विकास कार्यक्रमका लागि छुट्टै खाता खोले पैसा पठाउने सहमति जनाएको कोइरालाले बताए।
‘कीर्तिपुरको मैदान पुनर्निर्माण हुँदैछ। आउँदो ६ महिनाभित्र मुलपानी मैदान पनि खेल्न लायक बनाए अन्तर्राष्ट्रिय स्पर्धा नेपाललाई दिन आइसिसीसँग लविङ गर्ने बताउनुभएको छ,' कोइरालाले भने।
क्यानका असन्तुष्ट पदाधिकारीले भने वर्तमान नेतृत्वले रातारात इमेल र फोनको भरमा गोप्य रूपमा साधारणसभा गर्न खोजेको आरोप लगाएका छन्। ‘सकेसम्म सबै क्षेत्रबाट गोप्य रुपमा आफ्ना मानिस छानिएको छ। यसले वर्तमान नेतृत्व आफूअनुकूल निर्णय गरेर क्यान कब्जा गर्न उद्धत भएको देखिन्छ,' क्यानका एक वरिष्ठ अधिकारीले भने, ‘उनीहरूराष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव युवराज लामाले बनाएको क्रिकेट बोर्डको अवधारणा पारित गर्ने प्रयासमा पनि छन्।'