काठमाडौं-राष्ट्रिय खेलकुद परिषदमा चारवर्षे कार्यकाल सम्पन्न गर्नेक्रममा सदस्यसचिव युवराज लामाले आइतबार नेपाल हकी संघको निर्वाचनका लागि समिति बनाएका छन्।लामाले नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष समेत रहेका उमेशलाल श्रेष्ठ अध्यक्ष रहेको संघको कार्यसमिति विघटन गर्दै परिषदका पूर्वप्रमुख प्रशिक्षक अशोक पाण्डेको संयोजकत्वमा हक्कीका ९ प्राविधिक प्रशिक्षक समेटेर निर्वाचन समिति बनाएका हुन्। समितिलाई दुई महिनाभित्र निर्वाचन गर्ने म्यान्डेट दिइएको छ।
पाण्डेले औपचारिक रूपमा चिठी नपाइसके पनि सदस्यसचिव लामाबाट मौखिक जानकारी पाएको बताए। ‘सदस्यसचिव आज सातदोबाटो आउनुभएको थियो। उहाँले २० औं वर्षमा पनि वर्तमान संघले हकी खेल विकासमा माखो नमारेकाले प्राविधिकलाई नै जिम्मा दिएको बताउनुभयो,' पाण्डेले सोमबार नागरिकसँग भने, ‘हामीलाई निर्वाचित संघ गठन गर्नेसम्मको म्यान्डेट हो। परिषदबाट पत्र आयो भने हक्कीलाई गति दिन सक्ने नेतृत्व ल्याउन हाम्रो प्रयास रहन्छ।'
सदस्यसचिवले गठन गरेको निर्वाचन कमिटीमा हक्कीका सबै ९ प्रशिक्षक समावेश छन्। कमिटीका सदस्यमा पूर्वप्रमुख प्रशिक्षक बाबुराम नेपाल, प्रमुख प्रशिक्षक अश्विनीकुमार अधिकारी, प्रशिक्षक विजेन्त शर्मा तथा सहायक प्रशिक्षकहरू रञ्जन थापा (राखेप कर्मचारी संघ अध्यक्ष), नरबहादुर चन्द, राजेन्द्र पाठक, रवीन्द्रककुमार सिंह र ज्ञानेन्द्र खड्का सदस्य छन्।
संघका महासचिव अनिल शर्माले आफूलाई यसबारे कुनै जानकारी नभएको बताए। ‘निर्वाचन कमिटी बनाइयो रे भन्नेसम्म सुनेको छु। आधिकारिक केही थाहा छैन,' शर्माले भने।
सदस्यसचिव लामाले परिषदबाट थुप्रैपल्ट निर्वाचन गर्न निर्देशन दिँदा पनि अटेर गरेका कारण चुनावी समिति बनाउनुपरेको प्रतिक्रिया दिए। ‘हामीले धेरैचोटि चुनाव गर भन्दा रेस्पोन्स नै गरेन। प्रशिक्षक र हकीप्रेमीबाट परिषदमा धेरै गुनासो आयो,' लामाले भने, ‘त्यही भएर हामीले तदर्थ समिति नबनाएर परिषदका हकी प्रशिक्षकलाई ६० दिनभित्र निर्वाचन गर्ने निर्देशनसहित सिधै चुनावी समिति बनाएका हौं।'
विधानअनुसार प्रशिक्षकहरू संघमा बस्न नपाउने भएकाले उनीहरूलाई राखेर बनाएको कमिटीले स्वतन्त्र रूपमा चुनाव गराउने लामाले दाबी गरे। ‘प्रशिक्षकबाट एक जना प्रतिनिधिका रूपमा मात्र संघमा बस्न पाउने हो। त्यसैले संघको चुनावमा उनीहरूको स्वार्थ हुँदैन र स्वतन्त्र हुन्छ,' कार्यकाल सकिने बेलामा निर्णय गर्नुको औचित्य पुष्टि गर्ने प्रयासमा लामाले तर्क गरे, ‘अहिले हकीलाई हस्तक्षेप नगरेको भए विरोधीहरू युवराज लामाले सबै संघको चुनाव गरायो, हकीलाई मात्र छोड्यो भनेर आलोचना गर्ने योजनामा थिए। उनीहरूले यही तर्क गरेर अख्तियारमा मुद्दा पनि हाल्न सक्थे।'
यसैबीच नेकपा एमालेको कोटाबाट परिषदमा नियुक्ति पाएका उपाध्यक्ष लामा टेन्डी शेर्पाले लामालाई ‘कार्यकाल सकिन लागेका बेला खेलकुदलाई भताभुंग बनाउन खोजेको' आरोप लगाउँदै संघ विघटनको अधिकार सदस्यसचिवमा नरहेको दाबी गरेका छन्।
‘संघ विघटन गर्ने अधिकार सदस्यसचिवमा नरहेकाले तत्काल त्यो निर्णय फिर्ता लिन आग्रह गर्दछु,' नेपाल ओलम्पिक कमिटीका सहमहासचिव एवं बास्केटबल संघका अध्यक्ष शेर्पाले सोमबार विज्ञप्ति जारी गर्दै चेतावनी दिएका छन्, ‘यसरी कानुनविपरीत गरेका क्रियाकलापलाई भोलि आउने टिमले सुक्ष्म ढंगले अध्ययन गरिरहेको छ। त्यसबाट कोही भाग्न सक्ने छैन कारबाही भागीदार हुनुपर्ने कुरामा समेत सचेत हुन म सदस्यसचिव लामालाई आग्रह गर्दछु।'
कार्यकाल सकिनलाग्दा सदस्यसचिवले जथाभावी आर्थिक कारोबार गरेर अपचलन गरेको शेर्पाको आरोप थियो। गाडी दुर्घटना भएको र बनाउनुपर्ने भन्दै लामाले १२ लाख रुपैयाँ हिनामिना गर्न लागेको शेर्पाको आरोप थियो।
एनेकपा माओवादी कोटामा सदस्यसचिवमा नियुक्त भएका लामाको चारवर्षे कार्यकाल यही जेठ २९ मा सकिँदैछ। युवा तथा खेलकुद मन्त्रालय एमालेको भागमा परेपछि लामा र मन्त्री पुरुषोत्तम पौडेलबीच शक्तिसंघर्ष चल्दै आएको छ। मन्त्री पौडेलले कार्यभार सम्हाल्नेबित्तिकै गत वर्ष लामालाई पदमुक्त गर्ने प्रयास गरे पनि लामा लगायतको टोली सर्वोच्च अदालतको स्टे अर्डर लिएर पदमा कायम भएको हो।
लामाको कार्यकाल सकिएपछि एमालेको भागमा परेको मन्त्रालयको सिफारिसमा नियुक्ति लिन एमालेका खेलकर्मी दौडधूपमा छन्।