काठमाडौं- दुई महिनाको विश्रामपछि सुरु भएको रेडबुल राष्ट्रिय लिगमा आइतबार शीर्ष स्थानको रुस्लान थ्री स्टार क्लबले विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्दै छ। सेनाको टोलीलाई घरेलु टोलीको सदावहार दाबेदारका रुपमा हेरिएपनि टोलीले अहिले सम्म ए डिभिजन लिगको उपाधि जित्न सकेको छैन।२०६३ को लिगमा दोस्रो हुनु आर्मीको अहिले सम्मको सफल नतिजा हो। थ्री स्टारले भने तीन पटक ए डिभिजन लिग जित्दै दुई पटक एएफसी प्रेसिडेन्ट्स कपमा नेपालको प्रतिनिधित्व गरिसकेको छ।
थ्री स्टारले यसपटक पनि सबैभन्दा बलियो रुपमा राष्ट्रिय लिगको सुरुआत गरिसकेको छ। सुरुआती दुवै खेल जित्दै टोली अग्रस्थानमा छ। आर्मी अपराजित रहेपनि अर्को विभागिय टोली एपिएफसँग बराबरीमा रोकिएको छ।
थ्रीस्टारमा सधै जसो राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहने गर्छ। राष्ट्रिय टोलीका कप्तान सागर थापा, रक्षक सन्दिप राई गोलकिपर किरण चेम्जोङदेखि यु–२३ टोलीको कप्तान जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, अमर ढंगोल र एलेन न्यौपाने थ्रीस्टारबाट खेल्छन्।
पहिलो पटक राष्ट्रिय लिगमा उत्रिएका सुदूरपश्चिमाञ्चल र मोरङ फुटबल क्लब दुवैलाई समान ३–० ले हराएर अघि बढेको थ्री स्टारले यो लिगमा पहिलो पटक ए डिभिजन क्लबको सामना गर्दै छ।
एपिएफसँग १–१ को बराबरी खेलेको आर्मीले अर्को खेलमा झापामाथि १–० को साँघुरो जित हासिल गरेको थियो। लिगको विश्रामका बीचमा दुवै टोली मोसफलका नकआउटमा व्यस्त रहे। नकआउटमा भने थ्री स्टार भन्दा आर्मी सफल रह्यो। सेनाले मेघराज केसीको प्रशिक्षणमा चार नकआउट उपाधि जित्दा थ्री स्टारले पोखराको आहा गोल्कडकप कपमा चित्त बुझाउनु परेको थियो।
कसीले सम्हालेयता आर्मी घरेलु फुटबलमा शसक्तरुपमा प्रस्तुत भइरहेको छ। थ्री स्टारका पूर्व प्रशिक्षक रहेका केसीले आर्मीलाई यो सिजन विराटनगरमा गणेशमान स्मृति, इटहरीमा पथरी गोल्ड कप, सिमरा गोल्ड कप र इलाममा माईभ्याली कप फुटबलको उपाधि दिलाएका थिए।
केसीले थ्री स्टार सम्हालेपछि पहिलो पटकमै ब्रिटिश गोर्खा कप जितका थिए।
आर्मीका प्रशिक्षक मेघराज राष्ट्रिय लिगको उपाधि जित्नको लागि थ्रीस्टार विरुद्धको नतिजा महत्वपूर्ण हुने बताउँछन्।
'आर्मी पनि लिगको दाबेदार हो। लिगको तयारी हामीले सबैभन्दा अगाडीबाट गरेका थियौं,' उनले भने,' त्यसका लागि थ्रीस्टार, लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी जस्ता बलियो टोलीलाई हराउनु सक्नु पर्छ।'
आर्मी लिगको दाबेदारका रुपमा रहनुमा केसी मुख्यत दुईवटा कारण देख्छन्। 'आर्मी विगत जस्तो फिजिकल फुटबलमात्र खेल्ने टोली अब रहने। अहिले टोलीको खेमलमा परिवर्तन आइसकेको छ,' उनले थपे,' अर्को हामीसँग बैकल्पिक खेलाडी भरपर्दा छन्। हामी ९० मिनेट राम्रो खेल्न सक्छौं।'
रुस्लानसँग मुख्य प्रायोजन सम्झौता गरेपछि थ्री स्टार पहिलो पटक मैदानमा उत्रदैछ। थ्री स्टार 'अल स्टार' छवि भएको अनुभवी टोली हो।
टोलीका युवा प्रशिक्षक अन्जन केसी क्लबकै पूर्व खेलाडी हुन्। पटक पटकको चोटपछि खेल जीवनलाई विश्राम लगाएर प्रशिक्षणमा हामफालेका उनले थ्री स्टार जस्तो टोलीको जिम्मेवारी सम्हालेको पनि दुई बर्ष भइसकेको छ। उनका समकालिन खेलाडी कप्तान सागर , सन्दीप, सन्तोष अहिले पनि थ्री स्टारका पहिलो रोजाइमा छन्।
अन्जन केसीले आर्मी माथि विजय हासिल गर्न अनुभवी र युवा खेलाडीले क्षमता अनुसारको प्रदर्शन गर्नुपर्ने बताउँछन्। ' थ्रीस्टारले सहजै लिग जित्छ भन्ने धेरै छन्। तर, खेलाडीले सतप्रतिशत प्रर्दशन गर्दै सफल नतिजा निकालेमात्र लिग जितिन्छन्,' उनले भने, 'त्यसको लागि मुख्य भुमिका खेलाडीकै हुन्छ। '
टोलीमा अनभुवी खेलाडीको बाहुल्यता रहेका कारण आर्मीविरुद्धको खेलमा त्यसको अर्थ रहने बताउँछन्। 'आर्मी पहिलो जस्तो टोली छैन। लिगको तयारी राम्रो गरेको छ ,' उनले भने,' हामीसँग अनुभव खेलाडी छन्। हामीले त्यहि अनुभवलाई प्रयोग गर्दै आर्मी विरुद्ध जित हासिल गर्नुपर्छ।
टोलीमा पूर्व सहकर्मी भएकै कारण काम गर्न थप सहज भएको केसीको अनुवभ छ। एउटा मात्र उपाधि जितेको थ्री स्टार पोखराको मनकामना केवलकार पोखरा कप र माइभ्यालीकप फुटबल प्रतियोगिताको फाइनल पुगेको थियो। यो सिजन नकआउट थ्री स्टार दुई पटक आर्मीसँग पराजित भइसकेको छ।
माइभ्यालीको फाइनलमा आर्मीले थ्रीस्टारलाई टाइब्रेकरमा हराएको थियो। सिमरा भने थ्रीस्टार पहिलो चरणमै आर्मीसँग ५–० ले पराजित भएको थियो। आर्मीले नकआउटकै नतिजालाई निरन्तरता दिने छ वा थ्री स्टारले बदला लिनेछ त्यसका लागि आइतबारको खेल कुर्नुपर्नेछ।
आर्मीसँग खेल्दा थ्रीस्टारका मुख्य गोलकिपर किरण चेम्जोङ भने मैदानमा हुनेछैनन। ब्यक्तिगत भ्रमणमा मलेसियामा रहँदा विरामी परेका किरणको मलेसियामा उपचार भैरहेको छ।
केसीले आर्मीसँग सन्तोष खेल्ने सम्भावना रहेको बताए। सन्तोष जापानबाट शनिबार बेलुका आइपुग्ने उनले जनाए।